• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रवासको आँसु र मातृत्वको काख


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • — सन्तोष कार्की “मौसुफ”

    Advertisement

    रातको सुनसान अँध्यारोमा एउटा सन्नाटा छाएको थियो। काँधमा बन्दुक, हातमा टर्चलाइट, र मनमा जङ्गली सिकारको हुटहुटी लिएर म र भाइ दिलीप थापा मगर जङ्गलको झाडीभित्र पस्यौँ। उद्देश्य एउटै थियो— आज राति ‘भाले कालिज’ सिकार गरेर ल्याउने।

    झाडीहरू पन्छाउँदै, पातहरूको सुसाहट पछ्याउँदै हाम्रो टर्चको उज्यालो एउटा रुखको हाँगामा पुगेर टक्क रोकियो। सोचेका थियौँ, त्यहाँ कुनै मोटोघाटो भाले कालिज आफ्नो प्वाँख फिजाएर बसेको होला। तर, टर्चको त्यो पहेँलो उज्यालोले जे देखायो, त्यसले हाम्रा आँखामात्र होइन, मनसमेत स्तब्ध बनाइदियो।

    त्यहाँ भाले कालिज थिएन। त्यहाँ त एउटी पोथी कालिज थिई, जसलाई कतिपयले “बन्दुकको एउटा निशाना” मात्र देख्न सक्थे। तर, त्यो रात हामीले उसलाई एउटा निशानाका रूपमा होइन, एउटी आमाका रूपमा देख्यौँ।

    उनका स–साना चल्लाहरू स्याउँस्याउँ गर्दै आमाको न्यानो पखेटामुनि कस्सिएर सुतेका थिए। कोही उनको छातीमा टाँसिएका थिए भने कोही पखेटाको ओतभित्र लुकेर निदाइरहेका थिए। आमा कालिजले आफ्ना ती कलिला बच्चाहरूलाई संसारको सारा जाडो र डरबाट जोगाउन आफ्ना साना पखेटा फैलाएर मायाको न्यानो ओत दिइरहेकी थिई। टर्चको कडा उज्यालो पर्दासमेत ऊ आफ्ना बच्चाहरू तर्सिएलान् कि भनेर हलचल नगरी उनीहरूलाई जोगाइरहेझैँ देखिन्थी।

    त्यो दृश्य देख्नेबित्तिकै बन्दुक समातेको मेरो हात अचानक भारी भयो। ट्रिगर थिच्न ठिक्क परेको औँला काँप्यो। दिमागमा एउटा गहिरो झट्का लाग्यो र मनले सोच्यो— “यसको भाले कहाँ होला त ?”

    अचानक एउटा कारुणिक भावना मनमा पलायो। लाग्यो— यसको भाले पनि बिचरा हामीजस्तै कतै टाढा, परदेशमा पसिना बगाउन गएको होला। आफ्ना यी कलिला बच्चाहरू र न्यास्रो मान्ने श्रीमतीको सुनौलो भविष्यका लागि ऊ पनि कतै विदेशी भूमिमा रगत–पसिना बगाइरहेको होला। यहाँ भने यो आमा एक्लै ती बच्चाहरूलाई स्याहारसुसार गर्दै, शत्रुहरूको आँखाबाट जोगाएर रात कटाइरहेकी छे।

    हामी पनि त मान्छे हौँ। घर–परिवार, लालाबाला र श्रीमतीलाई देशकै एउटा कुनामा छाडेर आएका नवयुवक हौँ। हामीले भोगिरहेको विछोड र यो कालिज परिवारले भोगिरहेको अवस्था कताकता उस्तै लाग्यो।

    यदि आज हामीले यो आमालाई मारिदियौँ भने, भोलि बिहान उज्यालो हुँदा यी स–साना बच्चाहरूले कसको काख खोज्लान् ? कसको पखेटामुनि लुक्लान् ? अनि टाढा गएको त्यो भाले कालिज जब फर्किएर गुँडमा आउनेछ, त्यहाँ आफ्नी जीवनसङ्गिनी र भोकभोकै मरेका बच्चाहरू देख्दा उसको मुटु कति क्षतविक्षत होला ?

    “होइन यार, यसलाई मार्नु हुँदैन,” साथीले मधुरो स्वरमा भन्यो।

    हाम्रो भित्र लुकेको मानवता जाग्यो। स्वार्थ र जिब्रोको स्वादका लागि एउटा हाँस्दै–खेल्दै गरेको परिवार उजाड बनाउनु भनेको आफ्नै आत्मालाई सराप्नुजस्तै थियो। त्यो “गिद्धे आत्मा” लाई हामीले मनभित्रै दबाउने निर्णय गर्‍यौँ। बन्दुकको नाल तल झर्‍यो। टर्चको उज्यालो निभ्यो।

    हामी बिस्तारै पाइला पछाडि सार्दै त्यहाँबाट फर्कियौँ। कोठातिर फर्कंदा हाम्रो हात रित्तो थियो, तर मन भने असीम शान्ति र आत्मसन्तुष्टिले भरिएको थियो। आज हामीले एउटा सिकार गुमाएका थियौँ, तर एउटी आमाको सिन्दूर, बच्चाहरूको छहारी र एउटा सुन्दर परिवारको संसार जोगाएका थियौँ।

    परदेशिएको त्यो भाले कालिज र घरमा बसेकी यो आमाको प्रेम कति पवित्र हुँदो रहेछ, त्यो हामीले त्यस रात बुझेका थियौँ।

    (हामीले यो रचना  Rautamai Network बाट लिएका हौँ ।)

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.