• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

राजनीतिमा वैज्ञानिक प्रयोग


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    राजनीति गर्ने भनेको वर्गसङ्घर्षको वैज्ञानिक प्रयोग गर्ने हो ।

    वर्गको उत्पत्ति भएको सुरुअवस्थादेखि नै वर्गसङ्घर्ष सुरु भएको थियो । जतिखेरदेखि व्यक्तिगत सम्पत्तिको सुरुआत भयो, त्यतिखेरदेखि नै आफ्नो व्यक्तिगत सम्पत्तिका मालिकलाई सम्पत्तिबाट उत्पादन लिन आफूहरूको मात्र श्रमले सम्भव भएन, अतिरिक्त कामको आवश्यकता पर्‍यो । त्यो समस्या समाधान गर्न आफ्नो क्षेत्रको सीमा सुरक्षा गर्ने लडाइँमा हार्नेलाई मार्नेको सट्टा दास बनाउने काम सुरु भएको थियो । त्यतिखेर त्यो काम प्रगतिशील काम थियो । उत्पादन बढेको थियो । सबैका आवश्यकता पूरा भएका थिए र समाजलाई नियमन गरिएको थियो । अराजकताको समस्या समाधान भएको थियो । त्यस्तो हुनुको कारण त्यतिखेर दास व्यवस्थाभन्दा उच्च किसिमको राजनीतिक व्यवस्थाको आविष्कार भएको थिएन । समाजमा विकास भएको सांस्कृतिक स्तर निम्न स्तरको थियो । दासले आफूहरू मारिने मान्छे बाँच्न पाएकोमा गौरव मानेर दासत्व स्वीकार गरेका थिए । दासमालिक र दास दुवैको सङ्गठन प्रारम्भिक स्तरमा थियो । मालिकले उत्पादनको व्यवस्थापनमा आफ्नो योग्यता पूरा उपयोग गर्दथे भने दासले हिच्किचाहटविना निर्देशनको पूरा पालना गर्दथे । विरोधी स्वार्थका कारण वर्गसङ्घर्ष सुशुप्त अवस्थाबाट गतिशील अवस्थामा अघि बढ्दै गरेको थियो । आफ्नो मालिकत्वको रक्षा गर्न आफूहरू मात्र सक्षम हुन नसकेका कारण मालिकले दासलाई बलप्रयोग गरेर दमनसहित उत्पादन गतिशील बनाइराख्न सशस्त्र जत्थाको गठन गरेर राज्यसत्ताको सुरुआत गरेका थिए । मालिकको राज्यसत्ता र उत्पादक शक्ति दासबिच वर्गसङ्घर्ष गतिशील भइरहन्थ्यो । राज्यसत्ता सशक्त बनाएर दमन बढाउने तथा सङ्गठित सङ्घर्षको उठान गरेर प्रतिरोध गर्ने काम अघि बढ्दै गयो । वर्गसङ्घर्ष उच्चस्तरमा विकसित हुँदै गयो । राज्यसत्ताका अधिकारीले अन्याय र दमन बढाउँदै जाँदा दासले उत्पादन कार्यलाई भन्दा बढी महत्त्व मालिक विरोधी सङ्घर्षलाई दिएका कारणले दासव्यवस्था गएको हो ।

    दासव्यवस्थाको अन्त्य कुनै विद्यमान घोषणापत्र उच्च दर्शन र राजनीतिको आधारमा भएको सङ्गठित आन्दोलनबाट भएको थिएन । दासव्यवस्थाको दमनको प्रतिरोध गर्ने सिलसिलामा सङ्गठित विद्रोहका कारणले व्यवस्था थाम्न नसकेर व्यवस्था परिवर्तन गरिएको हो । समाजलाई नियमन गर्न नसकेको अवस्थाको स्वाभाविक परिणाम सामन्ती व्यवस्था स्थापना भएको हो । सामन्त जग्गाको मालिक बनेर किसानबाट उत्पादन गराउने प्रगतिशील व्यवस्था सुरु गरिएको थियो । दासमालिक र दास दुवैको अस्तित्व समाप्त भएको थियो । सामन्त र किसान भएर समाज नियमन भएको थियो । उत्पादन बढेको थियो । सबैका आवश्यकता पूरा भएका थिए र सांस्कृतिक स्तर उच्च हुँदै अगाडि बढेको थियो । राज्यसत्ता अझ बढी व्यवस्थित भएको थियो । सामन्त शासक भएका थिए र किसानहरू शासित वर्गको रूपमा उत्पादनमा लागिरहेका थिए । सामन्तले ठाँटबाँठ, धाकरवाफको जिन्दगी जिएर सुन्दरीसित प्रेम गर्ने र विरोधीसित लडाइँ लड्ने उद्देश्यसहित समाज गतिशील भएको थियो ।

    समाजमा सामन्ती व्यवस्था विकल्पविहीन प्रगतिशील व्यवस्थाको रूपमा सञ्चालन भइरह्यो । सामन्ती व्यवस्थाको गर्भमा हुर्नेको व्यापारव्यवसाय र उद्योगधन्दाको विकासले पुँजीपति वर्गलाई जन्माएर हुर्कायो । पुँजीपति वर्ग प्रगतिशील वर्गको रूपमा विकास भएर मजदुरलाई सहुलियत र सुविधासहित आफ्नो कार्यकर्ता बनाएर सामन्त वर्गको प्रतिस्पर्धी वर्गको रूपमा विकसित भयो । पुँजीपति नेता र मजदुर कार्यकर्ता भएर नयाँ राजनैतिक शक्तिको रूपमा अस्तित्वमा आए । सामन्तसँग सशस्त्र युद्धमा विजयी नभएसम्म पुँजीपति वर्ग शासक बन्न पाएन । पुँजीपति वर्ग निश्चित विधान, घोषणापत्रसहितको पहिलो र व्यवस्था सञ्चालकको हिसाबले तेस्रो शासक वर्ग हो । यो पहिलेका दुइटै शासक वर्गभन्दा प्रगतिशील शासक वर्ग हो ।

    पुँजीपति वर्गले धेरै प्रगतिशील काम गरेको छ । गाउँगाउँमा छितरिएर रहेका जनसङ्ख्यालाई ठुला ठुला सहरमा केन्द्रीकरण गरेको छ । एक्लाएक्लै काम गरिरहेका किसान र निम्नपुँजीपति वर्गका जनसङ्ख्यालाई ठुलाठुला उद्योगमा केन्द्रीकरण गरेको छ । सामूहिक काममा आपसमा मिलेर काम पूरा गर्ने अनुशासनको पाठशाला बनाएको छ । त्यसको साथै बौद्धिक प्रतिष्ठा जमाएर बसेका डाक्टर, वकिल, इन्जिनियर, शिक्षक, प्राध्यापक, वैज्ञानिक सबै सबैलाई आफ्नो वेतनभोगी जागिरे आफ्नो साँचोमा ढाले पनि दिनदिनै सयौँको सङ्ख्यामा सर्वहारा वर्ग उत्पादन गरिरहेको छ । आधुनिक सर्वहारा वर्गसँग आफ्नो सम्पत्ति सबै गुमिसकेको छ । सम्पत्तिको ठुलो हिस्सा पुँजीपति वर्गसँग केन्द्रीकरण भइरहेको छ । काम सामाजिक बनाएको छ तर स्वामित्व व्यक्तिगत भएको छ ।

    सर्वहारा वर्ग वर्गीय रूपमा सङ्गठित भएर राजनैतिक आन्दोलनबाट शक्ति केन्द्रीकरण गर्दै राज्यसत्ता कब्जा गर्ने र सामूहिक स्वामित्वमा रूपान्तरण गर्ने काम पनि अब त्यही सर्वहारा वर्गको जिम्मामा गएको छ । राजनीतिमा पुँजीपति वर्गले आफ्नो अधिनायकत्व स्थापित गरेको छ । नियमकानुनमा पुँजीपति वर्ग र सर्वहारा वर्ग समान अधिकार र कर्तव्यअन्तर्गत परिभाषित गरेको छ । खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार हुने सबै क्षेत्रमा पाएको नाफा कमाउने छुटका कारणले वर्गीय उत्पीडन चर्को छ । दल खोल्न, सभासङ्गठन गर्न पाउने, आवधिक चुनाव गर्ने, विजयी हुने राजनैतिक दलले शासन सञ्चालन गर्ने, कानुन सबैका लागि समान हुने, मतदानबाट भएको विजय–पराजय सबैले स्वीकार गर्नुपर्ने र राज्यले व्यक्तिगत सम्पत्तिको रक्षा गर्ने, सबैले निर्वाध रूपमा नाफा कमाउन पाउने सबै पुँजीपति वर्ग शासक बन्ने नियम कानुन हुन् ।

    वर्तमान अवस्थाको मूल प्रवाह पुँजीवादी व्यवस्था हो । पुँजीपति वर्गको शक्ति बढी नाफा कमाएर पुँजी केन्द्रीकरण गर्नेमा छ तर बहुमत श्रमजीवी जनताको शक्ति सङ्गठनमा छ र व्यक्तिगत अर्थतन्त्रमा होइन, सम्पत्तिको सामूहिक स्वामित्वमा छ । त्यही कामको बाधक राज्यसत्ता छ । राज्यसत्ताको बलप्रयोग गरेर पुँजीवादी व्यक्तिगत सम्पत्तिको रक्षा भइरहेको छ ।

    पुँजीवादी राजनीति जतिसुकै प्रगतीशिल र वैज्ञानिक भए पनि त्यो सन् १४९२ देखि १८४८ सम्मको प्रगतिशील व्यवस्था हो । त्यो अवधिभित्रको विकल्पविहीन प्रगतिशील व्यवस्था हो । यो व्यवस्थाको वैज्ञानिकता त्यहीसम्म मात्र सीमित छ । पुँजीवादी व्यवस्था मजदुरले स्थापना, सञ्चालन र अस्तित्व स्थापित गरेको व्यवस्था हो । मजदुरको साथसहयोग र योगदानविना यो व्यवस्था हो । मजदुरको साथसहयोग र योगदानविना यो व्यवस्था चल्न सक्दैन । त्यति मात्र होइन, मजदुरको शोषणमा अडेको व्यवस्था हो । शोषणमा परेका मजदुरले आफ्नो र पुँजीपति वर्गको यथार्थ हैसियत नबुझेको अवस्थासम्म मात्र यो व्यवस्था यस्तै रूपमा सञ्चालन हुनेछ । यस व्यवस्थाको वैधानिकता मजदुरको राजनैतिक चेतनास्तर निम्न हुँदासम्म मात्र सुरक्षित रहनेछ ।

    कार्ल माक्र्सले १८४८ फेब्रुअरीमा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेर भने कि संसारका मान्छे भाइभाइ होइनौँ । संसारका मान्छेमध्ये पुँजीपति शोषक हुन् र मजदुर शोषित हुन् । शोषकप्रति शोषितको व्यवहार मित्रतापूर्ण होइन, शत्रुतापूर्ण सम्बन्ध रहनुपर्छ । त्यसकारण विरोधी वर्गको राज्यसत्तालाई राजनैतिक सङ्घर्षको माध्यमबाट हराएर राज्यसत्ता कब्जा गर्नुपर्छ । सङ्घर्षबाट नै सम्पूर्ण व्यक्तिगत स्वामित्वमा रहेका उत्पादनका साधन सामूहिक स्वामित्वमा बनाइसकेपछि वर्गउन्मूलन हुनेछ, तब मात्रै संसारका सबै मान्छे भाइभाइ हुनेछौँ । कुनै पनि एउटा मान्छेले अर्को मान्छेलाई शोषण गर्ने अवस्था रहने छैन । सबै मान्छे श्रमजीवी हुनेछन् । पुँजीजीवी कोही पनि बाँकी रहने छैनन् । त्यसैका लागि संसारका मजदुर एक होऔँ । त्यही शीर्ष वाक्यसहितको कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि वैज्ञानिक समाजवादको सिद्धान्त मानव समाजमा समानताको सैद्धान्तिक हतियार प्राप्त भयो । त्यसपछि त्यसलाई व्यवहारमा प्रयोग गर्ने काम मात्र बाँधी बस्यो । पुँजीवादी सिद्धान्त प्रतिगामी सिद्धान्त भयो । समाजवादी सिद्धान्त र समाजवादी व्यवस्था प्रगतिशील व्यवस्था भयो । त्यो व्यवस्थालाई समाजमा प्रयोग गर्ने काम मात्र बाँकी भयो ।

    द्वन्द्वात्मक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, ऐतिहासिक भौतिकवाद र समाजवादको सिद्धान्तसँगै काल्पनिक समाजवाद वैज्ञानिक समाजवादमा परिणत भएको हो । इतिहासमा बलप्रयोगको महत्त्व भएको हुनाले सर्वहारा वर्गको नेतृत्वमा सङ्गठन निर्माण गरेर सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दा मात्र समाजवादको स्थापना र सञ्चालन हुनेछ भन्ने माक्र्सको निष्कर्ष थियो । माक्र्सभन्दा पहिलेका विद्वान्ले व्याख्या गर्नको लागि अध्ययन गर्दथे तर माक्र्सले व्यवहारको महत्त्वसहित बदलका लागि अध्ययन गर्नुपर्ने वास्तविकता उद्घोष गरे । बदल्ने भनेको शासकलाई शासितमा र शासितलाई शासकमा स्थापित गराउने पनि हो ।

    मानव इतिहासमा दश हजार वर्ष पहिलेदेखि यो वा त्यो रूपमा व्यक्तिगत सम्पत्तिका मालिक नै शासक भएर आफ्नो व्यवस्था सञ्चालन गर्दै आएका छन् । समाजवादी व्यवस्था त्यसको ठिक विपरीत किसिमले अगाडि बढ्ने हो । त्यो भनेको व्यक्तिगत स्वामित्वमा उत्पादनका कुनै साधन नभएका सर्वहारा वर्गको नेतृत्वमा राजनैतिक व्यवस्था स्थापना र सञ्चालन गर्ने वैज्ञानिक समाजवादी व्यवस्था हो । यो व्यवस्था सञ्चालनमा आएपछि राज्यसत्ता उपयोगविहीन अवस्थामा पुग्छ । व्यक्तिगत स्वामित्वको सम्पत्ति जोगाउन बलप्रयोग गर्ने उद्देश्यसहित राज्यसत्ता सुरु गरिएको थियो । व्यक्तिगत सम्पत्ति जोगाउने उद्देश्य समाप्त भएपछि स्वाभाविक रूपमा राज्यसत्ता उपयोगविहीन हुनेछ । औचित्य समाप्त भएर बिलाउँदै जाने हुनाले राज्यसत्तालाई इतिहासको अध्ययन गर्ने वस्तु बनाइनेछ । बलप्रयोग गर्ने शक्तिलाई बलप्रयोगबाट नै हराउनुपर्ने भएको हुनाले अहिलको राज्यसत्तालाई जनताको सशस्त्र शक्ति अनिवार्य चाहिन्छ । विरोधी वर्ग रहँदासम्म विरोधको सामना गर्न पनि राज्यसत्ताको अनिवार्य आवश्यकता पर्दछ । सर्वहारा वर्गको हातमा राज्यसत्ता प्राप्त भएपछि जनताको राजनैतिक चेतनास्तर उच्च हुँदै जान्छ । बलप्रयोगको औचित्य समाप्त हुन्छ । जनतालाई बलप्रयोगले काम पनि गर्दैन, उनीहरूलाई सत्य तथ्य बुझाउँदै जानुपर्छ ।

    वैज्ञानिकद्वारा प्रमाणित गरेको विषय उच्च बौद्धिकस्तरको हुन्छ । सर्वसाधारण जनतालाई दैनिक समस्या समाधान गर्न धौ धौ भएको हुन्छ । उनीहरूको दैनिकीमा धर्म र परम्परा सबैभन्दा पहिले आउँछन् । समाजमा परस्पर विरोधी वर्गको उपस्थिति छ । वर्गीय स्वार्थरक्षा हुने भएकाले सत्तासिन सम्पन्न वर्गले धर्म र परम्परालाई प्राथकितासहित शोषणको औजारको रूपमा प्रयोग गर्छन् । उनीहरूले त्यसको प्रचारप्रसारमा जोडबल लगाउँछन् । सर्वसाधारण जनताले त्यो वास्तविकता सजिलै र छिट्टै बुझ्न सक्दैनन् । स्वतन्त्र चिन्तन र अध्ययनको आवश्यकता पर्दछ । अध्ययन र स्वतन्त्र चिन्तन र सङ्घर्षमा निरन्तरताको लागि सङ्गठित र अनुशासित हुन धेरै समय लाग्छ । त्यो काम सामाजिक अस्तित्वको विरोधी हुन्छ । त्यही कारण हो, सर्वसाधारण जनतालाई राजनैतिक कार्यकर्ताको सम्पर्क उच्च महत्त्वको हुन्छ । राजनैतिक कार्यकर्ताको सम्पर्क उच्च महत्त्वको हुन्छ ।

    राजनैतिक क्षेत्रमा जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन प्रयत्न गर्नेभन्दा जनताको पिछडिएको राजनैतिक चेतनास्तरबाट फाइदा उठाउने धेरै हुन्छन् । तिनीहरूमध्ये त्यही थोरै हुने कार्यकर्ताको उच्च महत्त्व हुन्छ तर पनि जनता आफूहरू झुक्किएको र धोका पाएको बुझ्दै जान्छन् र क्रान्तिकारी कार्यकर्ताको सम्पर्कमा पुग्दै गर्छन् किनभने तिनीहरूले राजनीतिमा वैज्ञानिक अनुसन्धान र प्रयोग भएका विषयबाट जनतालाई प्रशिक्षित गर्छन् । अवश्य पनि परम्परागत वैचारिक स्तर भएका व्यक्तिलाई उन्नत वैज्ञानिक राजनीतिक विषय बुझाउन अप्ठेरो हुन्छ तर पनि त्यसमा सत्यता र वास्तविकता रहेको हुन्छ । जति बढी बुझ्दै जान्छन्, उति महत्त्व बढी भएको महसुस गर्दै जान्छन् । त्यसैले कम्युनिस्ट कार्यकर्ता जनताको सम्पर्कमा रहँदा दुवैलाई फाइदा हुन्छ । जनतालाई सत्य र वास्तविकताको जानकारी हुन्छ भने कार्यकर्तालाई जनताको साथ र सहयोग प्राप्त हुन्छ । माक्र्सले समाजवादको वैज्ञानिकता पुष्टि गरेपछि पहिलो पेरिस कम्युन, दोस्रो सोभियत रुसमा र तेस्रो चीनमा प्रयोग भएको र उच्च अनुभवसमेत प्राप्त भइसकेको छ । अबको सफलता झन् उच्च स्तरको हुनेछ ।

    पेरिस कम्युन जम्मा ७२ दिन अस्तित्वमा रह्यो । त्यसका कमीकमजोरी हटाएर रुसमा स्थापना भएको दोस्रो समाजवादी सत्ता ४० वर्ष अथवा झन्डै दुई पुस्तासम्म सञ्चालन भयो । रुसमा समाजवादी सत्ता सञ्चालन भएकै समयमा नयाँ जनवादी सत्ता चीनमा स्थापना भएर २७ वर्षसम्म समाजवादको अभ्यास भयो । नयाँ जनवादी सत्ता पनि समावादी सत्ताको एकाइ थियो । त्यसको उद्देश्य पुँजीवादको विकास गर्नु थियो तर पार्टीले पुँजीवादी बाटो लिन खोज्दा दश वर्षसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेर पनि प्रतिगमन रोक्न सकेन । यी तीनओटै देशका समाजवादी सत्ता उच्च स्तरको समाजवादी सत्ताका वैज्ञानिक प्रयोग हुन् ।

    अहिले संसारका कुनै पनि देशमा समाजवादी राज्यसत्तामा ती तीनओटै राज्यसत्ताका अनुभव र उपलब्धिको संरक्षण त गर्नैैपर्छ । त्यत्तिलै मात्रै पुग्ने छैन, नयाँ परिस्थितिको ठोस अवस्थाको ठोस विश्लेषण पनि आवश्यक पर्नेछ । नेपाली समाजमा राजनैतिक चेतनास्तर निम्न छ । जहानिया राणाशासन, निर्दलीय पञ्चायती सामन्ती शासन ब्यहोरेको र निरङ्कुश राजतन्त्र ब्यहोरेको नेपाली समाज विकासको हिसाबले पनि धेरै पिछडिएको अवस्थामा छ । दुई दशकपहिले राजतन्त्र हटाएर गणतन्त्र स्थापना भएको भए पनि प्रतिगमन भई राजतन्त्र पुनस्र्थापना हुने सम्भावना अझै बलियो छ ।

    समाजवादजस्तो उच्च विकसित समाजमा लागु हुने वैज्ञानिक किसिमको राजनीतिक व्यवस्था छिटै र सजिलै लागु हुने अवस्था नेपालमा छैन । त्यो भनेको समाजवाद लागु गर्न सक्ने राजनैतिक पार्टीको अझै विकास हुन सकेको छैन । माक्र्सवादले आन्तरिक पक्षलाई मुख्य मान्दछ । पुँजीवादलाई निषेध गरेर मात्र लागु हुन सक्ने समाजवादी व्यवस्था हो । निषेध गर्ने र लागु गर्ने उत्पादक शक्तिले हो । उत्पादक शक्ति मजदुर–किसानको राजनैतिक चेतनास्तर निम्न छ । त्यसलाई उच्च स्तरमा विकास गरेर मात्र त्यही शक्तिले समाजवाद लागु गर्ने हो ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.