• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

समाप्त भइसकेको राजनीतिक दलको उपयोगिता


  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    भारतको प्रत्यक्ष सहयोगमा २०४६ सालमा बहुदल आयो । राजाका अधिकार कटौती गर्‍यो । राजा कमजोर भए । खाँटी कम्युनिस्ट भएर बाँच्न सकिन्न भन्ने बुझेका मदन भण्डारीले बहुदलीय जनवादको व्याख्या गरे तर पनि कसैले जोगाउन सकेन । राजनीतिक गडबडीका नायक गिरिजाप्रसाद कोराला भारतकै नजिक थिए । जति बेला भारत पनि भारतीय कङ्ग्रेसको नेतृत्वमै थियो ।

    नेपाल पनि एक स्वतन्त्र राष्ट्र हो भनेर विश्व मञ्चमा पहिलो पक्षधरता देखाएको अब दूरको मित्र अमेरिकाले पनि आफ्नो मान्छे खोज्यो र यता कङ्ग्रेसमा विद्रोह । कङ्ग्रेसभित्रै बाट शेरबहादुर देउवाको नेतृत्व खोजियो । उति बेला नै भनिथ्यो, शेरबहादुर देउवा अमेरिकाका मान्छे हुन् । शेरबहादुर देउवा कङ्ग्रेसमा शक्तिशाली हुँदै गए । कम्युनिस्टबाट पनि बेग्लै प्रयोग हुँदै थियो ।

    २०५२ सालमा प्र्रत्यक्ष/प्र्र्रत्यक्ष भारतकै सहयोगमा देउवालाई मागपात्र बुझाउँदै जनयुद्धको उद्घोष भयो । देश घरेलु युद्धमा फस्यो । युद्धको भुमरीमा शेरबहादुर रक्षात्मक बन्न पुगे । शेरबहादुर देउवाबाट पश्चिमा उद्देश्य पूरा हुने सम्भावना कमजोर हुँदै गयो । अब युद्ध नै आफ्नो पोल्टामा लैजाने रणनीतिमा उनीहरू लागे । कुनै बेला श्रीलङ्कामा पनि यस्तै समस्यामा भारत परेको थियो । युद्ध लम्बिँदै गयो । जनयुद्ध भारतको पोल्टाबाट युरोपियन युनियन र अमेरिकाको पोल्टामा पुग्यो । राजदरबार हत्याकाण्ड हुँदै यसको प्रभाव संविधान लेखन र घोषणासम्म आइपुग्दा सतहमै देखिन थाल्यो । यहीबिचमा देउवाकै विकल्पमा गगन थापालाई तयार गरियो । २०६२–६३ सम्म पुग्दा कङ्ग्रेस संवैधानिक राजतन्त्रको मान्यतालाई छोडेर गणतन्त्रमा पुगेकै हो । यसको अग्रभागमा तिनै गगन थापा थिए ।

    २०७२ वैशाखमा भूकम्प गयो । यसले घर र मन मात्रै उदाङ्गो बनाएन, देशकै वास्तविक अवस्था छर्लङ्ग बनाइदियो । बिपत् व्यवस्थापनको लागि न एक दाना औषधी, न एक दाना चामल, राज्यविहीनताको अवस्था प्रष्ट देखियो । यही मौकामा विभिन्न सहयोगको माध्यमबाट अमेरिका र युरोपलाई कुनाकुना पुग्ने अवसर जुर्‍यो ।

    गणतन्त्रवादीसँगै अन्तरघुलित भएर २०७२ सालको संविधानमा युरोपको प्रभाव बढी देखियो । देश गणतन्त्र, धर्मनिरपेक्ष, र सङ्घीयतामा गयो । यही संविधानको घोषणासँगै भारतको असन्तुष्टि छताछुल्ल भएर पोखियो, जसले गर्दा नाकाबन्दीसम्मको अवस्था बन्यो । जति बेला भारतमा कङ्ग्रेस कमजोर हुँदै बिजेपीको सत्तारोहण भइसकेको थियो । भारत मैदान बाहिरबाट ढुङ्गा हान्ने अवस्थामा पुग्यो ।

    यही खाली ठाउँ अमेरिकाले र युरोपले पूरा गर्ने मौका मिल्यो । माओवादीकै नेतृत्वकालमै यसैको परिणाम भनौँ, नेपाल एमसिसीको माग गर्ने तहमा पुग्यो । केही समयको अन्तरालमा पास पनि भयो । यसको अग्रभागमा पनि तिनै गगन थापा थिए । एमसिसी सँगसँगै अब गगनको विकल्पको आधार निर्माणको कार्य पनि सुरु भइसकेको थियो, त्यो पनि वैकल्पिक शक्तिको नाममा । नारा थियो, पुराना दलबाट केही हुँदैन । विचारविहीन, सिद्धान्तविहीन र स्पष्ट नेतृत्वविहीन वैकल्पिक शक्तिको निर्माण हुँदै थियो । अमेरिकन युथ काउन्सिल यसको सुरुआती बिन्दु थियो । यहीँबाट सुरु भएको हो, विद्यालय र कलेजमा राजनीतिक दलका भ्रातृ सङ्गठनलाई प्रवेश निषेधको यात्रा । त्यसको अर्को कार्य भार थियो । दलका विरुद्ध नकारात्मक धारणाको विकास गर्ने र दलका कमजोरी छरपस्ट पार्ने । दल र दलको नेतृत्वलाई रक्षात्मक अवस्थामा पुर्‍याएर दबाबमा एसपिपी पास गर्ने । यो सूत्र यति बेलै प्रयोगमा आउन सकेन ।

    यसका लागि देउवा–केपी तयार देखिएनन् । यसैको परिणाम यही एमसिसीको विकसित रूप भदौ २३ र २४ मा रौद्र रूपमा देखियो । यसपछि बालेन्द्र र सुदन गुरुङ नेपाली राजनीतिको अग्रभागमा देखिए । गगनलाई लाग्यो, पालो मिचियो । थाहै पाएनन् । उनीबाट जे लिनु थियो, लिइसकियो तर पनि महामन्त्रीले दोष जति सभापतिको जिम्मा लाएर घाइते शेरबहादुरलाई त्यही अवस्थामै छोडेर सभापति हत्याउने बाटोमा लागे । अमरेश पनि नयाँ भएर रास्वपा पसेको सायद आँकलन गर्नै सकेनन् । पछि मात्रै थाहा पाए होलान्, उनलाई अनुमोदन गर्न कसैले मानेनन् । उनले एकतामा हैन, विभाजनमा देखेको सम्भावनाको परिणाम कमजोर देखिएको छ । चाहे त्यो पार्टीमा होस् या चुनावमा, छेउमै बसेर च्याँखेदाउ हेरेर बसेका प्रचण्ड पनि हेरेकोहेर्‍यै हुन पुगे । जेनजी आन्दोलन हाम्रो पनि थियो भन्न भ्याइसकेका प्रचण्डले बुझ्नै सकेनन् । उनको उपयोगिता सकिएको छ । “विधाता” को नियति बेग्लै थियो । हुन त सत्ताबाहिर रहेका उनले देउवाको नियति भोग्नुपरेन ।

    आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.