• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता


  •   शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
  • जेनेभा । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ ।

    Advertisement

    जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।

    वार्ताको मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले उल्लेखनीय प्रगति भएको बताए तर कुनै ठोस सहमति सार्वजनिक भएन ।

    वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्‍याएको थियो ।

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिए । सम्भावित कुनै पनि सहमतिमा आइएइएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ ।

    इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी पक्षसँगको संवादलाई सबैभन्दा गहन र लामो चरणको वार्ता बताए । उनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा सम्भावित युद्ध विनाशकारी हुने चेतावनी दिँदै अमेरिकाले आक्रमण गरे क्षेत्रभर फैलिने जोखिम औँल्याए ।
    इरानले अमेरिकी सैन्य अड्डा र इजरायललाई समेत सम्भावित लक्ष्य मान्ने चेतावनी दिँदै आएको छ ।

    इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक अली वेजले वार्तापछि अमेरिकी टोली तुरुन्तै नहट्नु सकारात्मक सङ्केत भएको टिप्पणी गरे । उनका अनुसार दुवै पक्षबिच अझै केही साझा आधार बाँकी रहेको देखिन्छ ।

    गत वर्ष इजरायलले इरान विरुद्ध १२ दिने युद्ध सुरु गरेपछि र अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि रोकिएको वार्ता यसपटक पुन: सुरु भएको थियो । करिब तीन घण्टा चलेको छलफलपछि छोटो विराम लिएर पुन: बैठक बसेको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आणविक मुद्दा र प्रतिबन्ध राहतमा रचनात्मक प्रस्ताव राखिएको बताए ।

    यदि वार्ता पूर्ण रूपमा असफल भयो भने सम्भावित सैन्य कारबाहीको आकार र उद्देश्य अस्पष्ट छ । सीमित आक्रमणले इरानलाई झुकाउने कि दीर्घकालीन युद्धतर्फ धकेल्ने भन्ने अन्योल कायमै छ । यस्तो कदमले पर्सियन खाडी र इजरायलसम्म तनाव फैलिन सक्ने आकलन गरिएको छ ।

    तनावकै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बेन्चमार्क ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब ७० डलरमा कारोबार भइरहेको छ ।

    इरानले अघिल्लो चरणको तनावका बेला होर्मुज जलडमरुमध्यमा अस्थायी अवरोध सिर्जना गरेको जनाएको थियो । होर्मुज जलडमरुमध्यबाट विश्वको झन्डै पाँचौँ भाग व्यापारिक तेल आपूर्ति हुने गर्छ । (रासस/एपी)

    शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • २.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ३.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ४.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ५.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ६.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ७.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ८.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.