• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • मस्को । युक्रेनबारे अमेरिकाको मियामीमा युक्रेन र पश्चिमा मुलुकका नेतासहित अमेरिकी प्रतिनिधिसँग हुने वार्तामा रुस सहभागी हुने मस्कोले जनाएको छ ।

    Advertisement

    युक्रेन युद्धको समाधानका लागि अर्को चरणको वार्तामा रुसी वार्ता टोलीका नेता किरिल दिमित्रीएभले शनिबार आफू मियामी जान लागेको बताउनुभएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपतिका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुने वार्ताका लागि युक्रेनी र युरोपेली टोली पनि अमेरिकी शहर मियामीमा रहनुहुनेछ ।

    वार्ताका लागि ट्रम्पका दूतहरूले एक योजना अघि बढाएका छन् जसमा संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने तर किएभले सम्भवतः केही क्षेत्र गुमाउने अपेक्षा गरिएको छ । यो योजनाप्रति युक्रेनीहरूबीच असन्तुष्टी देखिएको छ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शुक्रबार युक्रेनलाई कुनै पनि सम्झौतामा बाध्य नपार्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “युक्रेन यसमा सहमत नभएसम्म कुनै शान्ति सम्झौता हुँदैन। आफ्नो गृहनगर मियामीमा शनिबार हुने वार्तामा उहाँले सहभागी हुन सक्ने बताउनुभयो ।”

    दिमित्रिएभले बिहानको सूर्य र समुद्र तटको हरियाली समेटेको छोटो भिडियोसहितको एक पोस्टमा सामाजिक सञ्जाल एक्समा आफु ‘मियामीको यात्रामा’ रहेको लेख्नुभएको छ ।

    अमेरिकीहरूले विभिन्न स्थानहरूमा प्रत्येक पक्षसँग छुट्टाछुट्टै वार्ता गर्दै आएको अवस्थामा वार्तामा रूसी र युरोपेली संलग्नताले पहिलेको चरणबाट वार्ता प्रक्रिया एक कदम अगाडि बढेको सङ्केत हुन्छ ।

    दिमित्रिएभले युक्रेनी र युरोपेली वार्ताकारहरूसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना छैन किनकि दुई पक्षहरू बीचको सम्बन्ध अत्यन्त तनावपूर्ण छ।

    सन् २०२२ को फेब्रुअरीमा युक्रेन आक्रमणका लागि सेना पठाएको मस्कोले वार्तामा युरोपको संलग्नताले प्रक्रियामा बाधा पुर्याउने तर्क गरेको छ।

    –रुसको दबाब –

    राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार वार्षिकरूपमा हुने एक पत्रकार सम्मेलनमा युक्रेनमा आफ्नो सैन्य आक्रमणलाई अगाडि बढाउने वाचा गरेपछि सप्ताहन्तमा वार्ता भएको हो ।

    रुसले शनिबार युक्रेनको सुमी र डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको छ ।

    यसैबीच, युक्रेनको ‘ब्ल्याक सी’ ओडेसा बन्दरगाह क्षेत्रको पूर्वाधारमा रातभर रुसी ब्यालिस्टिक मिसाइल आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ भने आक्रमणमा परी करिब तीन दर्जन घाइते भएका छन् ।

    युक्रेनी सुरक्षा बल (एसबियु) ले युक्रेनले कब्जा गरेको क्रिमियाको हवाई क्षेत्रमा दुई रूसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ।

    नेता पुटिनले युक्रेनलाई विसैन्यीकरण गर्न र नेटोको विस्तार रोक्नको लागि ‘विशेष सैन्य अभियान’ को रूपमा वर्णन गरिएको युक्रेनमाथिको आक्रमण गर्न सन् २०२२ फेब्रुअरीमा आदेश दिनुभएको थियो ।

    किएभ र उसका युरोपेली सहयोगीहरूले भने दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा सबैभन्दा ठूलो र घातक युद्ध एक अकारण र अवैध भूमि कब्जा भएको बताउँदै आएका छन् । युद्धका कारण युक्रेनमा व्यापक विनाशको अवस्था आएको छ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.