• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासी श्रमजीवी नेपालीप्रतिको जिम्मेवारी पूरा गर्न साइप्रस नेपाली एकता समाजको माग


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । साइप्रस नेपाली एकता समाजले प्रवासी श्रमजीवी नेपालीप्रतिको जिम्मेवारी पूरा गर्न नेपाल सरकारसित माग गरेको छ । समाजको प्रथम भेला आयोजक समितिका संयोजक देवेन थापाको हस्ताक्षरमा जुन १६, २०२० दिन प्रसारित प्रेस वक्तव्यमा सो माग गरिएको हो ।

    Advertisement

    वक्तव्यमा साइप्रसस्थित नेपालीहरूको समस्या, साइप्रसस्थित नेपालीहरूका लागि कोरोना सङ्क्रमणमा बचाउ तथा अलपत्र नेपालीहरूको नेपाल फिर्तीलगायतका विषयमा प्रकाश पारिएको छ ।

    यस्तो छ वक्तव्य
    “अहिले विश्वभर सर्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट विश्व मानवजाति नै आतङ्कित र त्रसित छ । त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव विश्वभर फैलिएर रहेका प्रवासी नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा पनि परेको छ, जसको एक अंश साइप्रस पनि हो, जहाँ हामी विभिन्न उद्देश्य बोकेर आएका श्रमजीवी मजदुर वर्ग विभिन्न कार्यमा क्रियाशील छौँ । त्यससँगसँगै कैयाँै विषयमा प्रकाश हाल्नुपर्ने आवश्यकता देखिएकाले साइप्रस नेपाली एकता समाजको धारणा सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    साइप्रसमा घरेलु कामदार, कुक भिसा, पोल्ट्री फार्म, कृषिपेशासँगै ठुलो सङ्ख्यामा पढ्ने र सुनौलो भविष्य निर्माणको सपना बोकेर आएको विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरू हामी नेपाली साइप्रसमा छौँ । कोभिड–१९ बाट उत्पन्न भएको नकारात्मक परिस्थितिको परिणामले गर्दा नेपाली श्रमिकको अवस्था अत्यन्तै कठिन र जटिल बन्दै गइरहेको छ । साइप्रसमा नेपाली विद्यार्थीहरूका लागि अत्यन्तै सामान्य नोकरीपेशाको ग्यारेन्टी गरिएको हुँदैन । काम गर्नका लागि अनुकूल वातावरण छैन । खान र बस्नसम्म गाह्रो भएको अवस्था छ । इमानदारिता, सोझोपन र नेपालबाट साइप्रस आउँदा लागेको ऋणको कारण पिल्सिएका घरेलु कामदारका रूपमा आउनुभएका महिला श्रमिक पनि विभिन्न शोषणमा परेको देखिन्छ ।

    नेपालमा नेपाली म्यानपावर दलालसँग गरिएको सम्झौतापत्रानुसारको काम यहाँ आएर नपाउने, तलब समयमा नमिल्ने, सम्झौतापत्रमा उल्लेखित गरिएको समयभन्दा धेरै काम गर्नुपर्ने, यहाँसम्म कि कैयौँ महिलालाई बिहानको ६ बजेदेखि दिनमा १ घण्टा विश्रामको समय दिने गरी रातीको ११ बजेसम्म काम गराउने गरेका कैयौँ उदाहरण भेटिएका छन् । साइप्रस सरकारले निर्धारित गरेबमोजिम राष्ट्रिय छुट्टीमा श्रमिकले काम गरेबापत् रोजगारदाताले छुट्टै पैसा दिनुपर्ने प्रावधान छ तर दिइँदैन । उल्टै छुट्टीको दिनमा पनि दुई घण्टा थप काम गराउने, दुई÷चार दिनको खाना दिने गरेका कैयौँ केस छन् ।

    घरेलु काममा आएका महिलालाई यौनशोषणसम्मको प्रयास हुने गरेका घटना पनि सुनिन्छ । यदि महिलाबाट अस्वीकार भएमा विभिन्न खालका मानसिक यातना दिने, कामको कदर नहुने, कतै गल्तीले भाँडाबर्तन टुटफुट भएमा तलबबाटै पैसा कटौती गर्ने, जटिल बिमारी हुँदासम्म “प्यानाडोल” एन्टिबायोटिक क्याप्सुल दिएर काम लगाउनेलगायतका तमाम प्रकारका समस्यासँग साइप्रसस्थित नेपालीले झेल्नुपरेका समस्या हुन् । साइप्रसमा श्रमिकलाई देश प्रवेशबित्तिकै सम्बन्धित व्यक्तिले राहदानी आफै राख्न पाउने व्यवस्था छ, तर राहदानी त छोडौँ, नेपालमा एजेन्ट मार्फत् गरिएको सम्झौतापत्रसँगै भिसा कार्डसम्म नदिने, कैयौँ महिलालाई त घरमा आफ्नो परिवारसँग बोल्नसम्म गाह्रो अवस्था छ । काम सकेर विश्रामको समय र राती सुत्ने बेलामा पनि वाइफाई बन्द गरिदिनेजस्ता निन्दनीय घटना पनि छन् ।

    नेपालमा सम्झौता भएअनुसार काम नमिल्दा काम परिवर्तन गर्न खोज्दा सुनियोजित तरिकाले टर्चर गर्ने, सके चोरीको झुटा आरोप लगाएर एजेन्ट कहाँ पु¥याउँछु भनी धम्की दिने, रिलिज पेपरसम्म दिने छैन, तँलाई सिधै नेपाल रिपोर्ट गरिदिन्छु भन्ने, नेपाली पुरुष श्रमिकलाई पनि महिलालाई जस्तो तनाव नभए पनि रिलिज दिएर बिना सूचना निकालिदिने गरिएका कैयौँ घटना छन् । यी विविध कारणले गर्दा नेपाली युवायुवती डिप्रेसनका शिकार भएका छन्, बिमारी भएका छन् । कतिपयले त आत्महत्या नै गरेको पनि पाइन्छ । सम्बन्धित कूटनीतिक नियोगले नेपाली श्रमिकको समस्या समाधानप्रति खासै पहल गरेको देखिँदैन । अतः हामी साइप्रस नेपाली एकता समाजको तर्फदेखि नेपाल सरकारको निम्न विषयमा तत्काल समाधानका लागि माग गर्दछौँ ।

    १. अहिले साइप्रसमा रोजीरोटी गुमाएका महिला, पुरुष, शरणार्थी, विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेश फर्काउने र उनीहरूको पुनस्र्थापना गर्ने सन्दर्भमा सरकारको काँधमा अपूर्व जिम्मेवारी थपिएको छ । सर्वहारा श्रमजीवी वर्गको सर्वाेपरि हकहित र अधिकारको नारा दिएर सत्तारोहण गरेको वर्तमान सरकारले यो जिम्मेवारीलाई गहन रूपमा लिएर आफ्नो जिम्मेवारीलाई पूरा गर्न हामी जोडदार माग गर्दछौँ ।

    २. नेपाल सरकारले तेस्रो मुलुकबाट नेपालीलाई नेपाल फिर्ता ल्याउन भनी खर्चको हकमा हवाइ दोहोरो भाडा, स्थानीय यातायात खर्च तथा होटेल क्वारेन्टाइन निश्चित गरेको छ । त्यसले गर्दा विपन्न तप्काका तथा अलपत्र परेका श्रमजीवी नेपालीलाई अत्यन्तै महङ्गो भुक्तानी गर्न परेको हुँदा उनीहरूबाट यो महङ्गो खर्च उठाउन सक्ने अवस्थामा पक्कै छैन । लामो समय रोजगार गुमाएर अलपत्र अवस्थामा रहेका पीडित श्रमजीवी कामदारलाई जहाज भाडा एकतर्फी प्रचलित दररेट कायम गर्ने गरी सरकारी सहुलियतमा स्वदेश भित्राउन माग गर्दछौँ ।
    ३. लामो समयदेखि नोकरी छुटेर वा सम्बन्धित देशको कानुनअनुसार अवैधानिक भई अलपत्र परेका श्रमजीवी नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोष वा सम्बन्धित म्यानपावर एजेन्सीको खर्चमा निःशुल्क स्वदेश फिर्ता गरिनुपर्दछ ।

    ४. तेस्रो देशका लाखौँ नेपाली भित्राउँदा सरकारले निर्धारण गरेको प्राथमिकता क्रमलाई हामी स्वागत गर्दछौँ । तर सोही प्राथमिकतानुसार बिरामी, चार महिनाभन्दा बढी समयका गर्भवती, आफन्त गुमाएका शोकसन्तप्त र गम्भीर रोगका बिरामीलाई पहिला ल्याउनु उचित हुने हुँदा त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न माग गर्दछौँ ।

    ५. आफ्ना नागरिकलाई फर्काउनुपूर्व पिसिआर टेस्टको प्रावधानलाई कडाइपूर्वक लागु गर्न अनुरोध गर्दछौँ । त्यसका लागि सम्बन्धित देशसित कूटनीतिक पहलकदमी गरेर वा सरकार आफैले पिसिआर टेस्टको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्दछौँ । साथै नेपाल आइसकेपछि स्थानीय निकायको क्वारेन्टाइनसम्म पुग्न यातायातको व्यवस्था पनि निःशुल्क गर्न हामी अनुरोध गर्दछौँ । त्यसका साथै क्वारेन्टाइनको गुणस्तर सुधार गर्न हामी सरकारसँग अनुरोध गर्दछौँ ।

    अन्तमाः सम्पूर्ण विश्व कोरोना भाइरसको महामारीमा छ । यस्तो अवस्थामा उच्च मनोबल कायम राख्दै आवश्यक सतर्कता र सरसफाइप्रति उचित ध्यान दिन साइप्रस नेपाली एकता समाज विभिन्न पेशामा कार्यरत श्रमजीवी नेपाली मजदुरसँग हार्दिक आग्रह गर्दछौँ ।”

    साइप्रसमा नेपाली एकता समाज गठन

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.