• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कथाः रोटीको टुक्रा चपाए पछि बल्ल घाटिबाट पानी छिरेको त्यो दिन


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • #विनबहादुर रेग्मी, प्यूठानी

    Advertisement

    त्यतिबेला गाउँमा ठूलो अनिकाल परेको थियो । मान्छेहरू बाच्नकै लागि वनमा कन्दमुल तरूल गिठा खोज्न जान्थे । शिकार खेल्न जान्थे । अनिकालको महामारीमा काउलोको बोक्रा समेत बाँकी रहेनन् । चिल्लेपाटा रोपाई निमेकमा गा’को बेला अर्निमा मिलेको पातला दुईटा रोटीमा पनि एउटा रोटी पटुकीमा च्यापेर घर ल्याई छोराको मुखमा राखिदिएको भरखर जस्तै लाग्छ । त्यो रोटीको टुक्रा चपाए पछि बल्ल घाटिबाट पानी छिरेको थियो । त्यो अनिकालमा भोक धेरै लाग्ने, भोको पेटमा पानी पनि मिठो नहुने, रातभरि निद पनि नलाग्ने, कटू अनुभवले आज पनि झस्काउँछ घरि–घरि अनिकाल दुःख पिडामा हुर्किएको विना बाउको टुहुरो जुठेलाई मौजमस्ती सुखको अनुभूति सुदुर पुर्वको क्षितिजमा समेत अत्तोपत्तो थिएन ।
    विधुवा बुढिआमाको पुलपुले मायामा जुठे हर्लक्कै बढेर हरिलन्ठु भैसक्यो । गाउँलेले कुरा काटन थाले पछि स्कूल जान थाल्यो । स्कूलमा किन जान्छन् बुझ्न सकेन । पढन जानेन क ख ग…. मा मात्रा लगाउनै जानेन । लारिवियो, घुच्ची, ढुसमा मजा मान्थ्यो । एक दिन स्कूलको मध्यान्नमा भागेर उ जस्तै तीन–चार जना केटा ओढार ओत भित्र बसेर तास खेलिरहेका थिए । सधंै जसो पौडी खेल्ने, माछा–गंगटा मार्ने, चरा मार्नेमा मजा मान्थ्यो । दिनप्रतिदिन उसको स्वभावमा अस्वभाविक ढंगले बदलाव आइरहेको थियो । एक दिन किताबको झोलामा रक्सीको बोतल र देउराली पाकेट चुरोट मास्टरले देखेपछि दिनभरी मुर्गा बनाएर तातोघाममा सजाय दिइएको थियो ।

    मेरो छोरालाई किन मुर्गा बनाएको भनेर बुढिआमा मास्टरसँग धुनधान झगडा गरेकि थिइन, तिनलाई के थाहा स्कूलमा ज्ञानगुनका कुरा सिक्न गइन्छ । उनको छोरालाई कसैले केही भन्न हुँदैनथ्यो झगडा गर्न उत्रिहाल्थीन् । गाउँमा ति बुढिलाई यो झगडालु बानीले कसैले मन पराउँदैनथे । छिमेकी ता दिनदिनैको कचकचले हैरान परेसान वाक्कैदिक्कै भइसकेका थिए । छोरो पनि ठूलो हुँदै गयो, स्कूलमा झगडा लडाई नगरेको दिन हुँदैनथ्यो । बर्षाको समय उनीहरू होमपाइपमा लुकेर मस्त तास खेल्दैथिए, एकाएक आकाशमा कालोनिलो वादल मडारिएर ठूलो पानी पर्‍यो । पहिरो भेल ह्वात्तै पसेर तिनीहरूलाई होमपाइपबाट बाहिर हुत्ताईदियो, किताव झोला बगाईदियो । बल्ल तल्ल ज्यान जोगाएर ओढारमा लुक्न गए । त्यही ओढारमा पलाएको बुद्धिले भागेर लाहुर (प्रदेश) जाने योजना बन्यो । बुढिआमाले लुकाएर राखेको पैसा चोरेर राती नै भाग्ने सल्लाह भयो । पातीहाल्ने डाडामा विहानै झिसमिसेमा चारैजना भेट हुने निधो भयो । पहिला–पहिला लाहुर जादा बसस्टपसम्म जान दिनभरी पैदल हिडनुपर्थ्यो ।

    आमा विहानै उठ्दा छोरो छैन, लुकाएर राखेको पैसा पनि छैन । त्यसैपनि बुढिको कराउने बानी, छोरो हरायो पैसा पनि हरायो भन्दै देवी देउता भकल गर्दै चावलका अक्षता र कपासका बनौरा छित्राउन थालिन् । रून कराउन थालिन् । दिन बिते, रात बिते, हप्ता बिते, महिना, बर्ष बिते तर छोरो भेटिएन….। उता गाउँले छिमेकी खुशीले गदगद थिए, भन्न मिलिरहेको मात्र थिएन । स्कूल गाउँघर शान्त थियो ।

    घरदेखि भागेर हिडेका जुठेहरू कहा जाने अत्तोपत्तो थिएन । बोर्डर काटे पछि भित्तामा लेखिएका नेपाली विज्ञापन देउराली चुरोट देखिन छाडेको थियो । हिन्दीमा लेखिएका गुप्तरोग र डाक्टरका विज्ञापनले कताकता लाहुर पुगेको भान हुँदै थियो । स्कूल गाउँघरमा जस्तो मनपरी गर्न मिलेकै थिएन । मानांै गाउँका सिदासादा ठिटाहरू देखिन्थे, मुहारमा थोरै डर, थोरै नयाँपन र थोरै सोझोपन झल्किन्थ्यो । त्यही मौकाको फाइदा उठाएर चोर लुटेराहरूले उनीहरूसँग भएको सबै पैसा, सरसमान लगिसकेका थिए, उनीहरू भोकै थिए । रोइरहेका थिए, केराको बोक्रा खान्थे, जुठोपुरो चाटथे, कता जाने गन्तव्यको ठेगान थिएन । रेल आउँथ्यो जान्थ्यो तर तिनीहरूलाई लैजाँदैनथ्यो ।

    एकाएक तिनीहरू एकजना धनाढ्य बाबुको नजरमा परे । दया देखाउँदै ति धनाढ्य बाबुले आफ्‌नो घर लगे र पेटभरि खाना खुवाए । काममा लगाईदिएको कता काम गर्छन् थाहै थिएन । जुठे जुन बाबुको घरमा काम गर्थ्यो, सुरूसुरूमा घर सम्झेर धुरूधुरू रुन्थ्यो । बुढिआमालाई सम्झिन्थ्यो । विस्तारै विस्तारै त्यहाँको रमझम, झिलिमिली उज्यालो टिलिभिजन सिरियल फिल्मी गितले त्यतै भुल्दै गयो । नेपाली भाषा बिर्सेर हिन्दी भाषा मात्रै बोल्ने भयो । केवल खान लाउन मात्र मिल्थ्यो । घरको सबै काम गर्नुपर्थ्यो । सण्डेको दिन घुुम्न फिलिम हेर्न जान पाउँथ्यो ।

    एकदिन गार्डेनमा घुम्न गएको रहेछ । चौरमा गोल घेरा लगाएर मिटिंग गरिरहेका नेपाली जस्ता देखिने एउटा समुह टाढैबाट देखेछ । यतिका बर्ष पछि नेपाल र नेपाली भाषा, आमा बिर्सिसकेको जुठेलाई एकाएक चासो लागेछ र नजिक पुगेछ । त्यसरी नजिकबाट धेरै बेरदेखि घोरिएर हेरेको देखेर एकजनाले सोधेछन्‌– तपाईको घर कहाँ हो ? आउनुस बस्नुस, यो त नेपाली एकता समाजको भेला हो भनेर सम्झाए छन् । जुठेलाई ‘के खोज्छस काना– आँखो’ भने जस्तै भएछ । जुठेले पनि आफ्‌नो परिचय र आफूमाथि परेका आविती बेलीविस्तारपूर्वक सुनाएछ ।

    एकता समाजले यो प्रवासी नेपालीहरूको आम समस्या हो । तपाई हामीसँग एकतावद्ध हुनुस भन्दै विधान र सदस्यता दिएछन् । जुठेले मलाई पढन लेखन आउँदैन भनेछ । त्यसरी दिनदिनैको हेलमेल छलफल र पढाईले जुठे एक संगठनकर्ता बनेछ । कसैले सोचेका थिएनन् मुर्ख जुठे जुठालाल बन्नु हुनेछ । समाजसेवा देशभक्तिले ओतप्रोत लौह अनुशासित जुठालालले पहिलो चोटी आमालाई “म एकता समाजमा लागेको र दशैमा आउँदैछु…” भन्दै चिठि लेख्नु भएछ । त्यतिबेला मोबाईल थिएन । गाउँमा चिठी पुगेको खबरले बुढिआमाको जिउमा बाँच्ने उर्जा पलाएछ । चिठी पढिदिनेलाई एक बोतल दिएर पढन लगाको ता चिठी उल्टो पढिदिएछ । म एकता समाजमा लागे भनेको ता जुठेलाई एकता समाज लागेछ भन्दिएछ । आमा रिसले मर्मुरिदै एकता समाजलाई गाली गर्न थालिछन् । उनलाई लागेछ एकता समाज कुनै आत्मा भुतप्रेत होला, एकता समाजले चत्रक्कै छोडुस भनेर काच्रेखोला देवतालाई भाले मन्साई छिन् र छोरो आउने दशैं पर्खिन थालिछिन् ।

    आफ्‌नो नोकरी काम धन्दाबाट समय निकालेर प्रवासी जमिनमा सामाजिक गतिविधीमा क्रियाशिल हुनु, नेपाली एकताको महान अभियानमा खटनु चानचुने कुरो हुँदै होइन । सम्पुर्ण दुःखी गरिबको हितमा सर्वहारावर्गको लागि नयाँ राजनैतिक परिवर्तनको क्रान्तिकारी सोंच बोकेर जब जुठेलाल गाउँ पुगे । आमाको दर्शन ढोग गरे । आमालाई खुशीको सिमा रहेन । ‘कठै त्त् मेरो छोरोलाई एकता समाजले झण्डै….भाले उठाएर देवी देउताले रक्षा गरे दुब्लाएर लख्रक्कै भारैछ मेरो बाबु’ यस्तै गुनगुनाउँदै माया साटासाट हुँदैथियो । द्वन्दात्मक भौतिकवादी साेंचमा परिपक्क छोरो आमाको कुरा सुनेर मुसुमुसु हाँसी मात्रै रहेको थियो ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.