• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकाले रोक्यो एमसीसीको रकम


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गतको सहायता रकम रोकेको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेश अनुसार हाललाई तीन महिनाको लागि एमसीसी फन्ड रोकिएको एमसीसी नेपालले जनाएको छ ।

    मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी एमसीसीले भनेको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले मिति २०८१/११/२ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।’

    सन् २०१७ सेप्टेम्बरमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालसँग सम्झौता गरेको थियो। जतिबेला ट्रम्पको पहिलो कार्यकाल सुरु भएको थियो। तर कार्यान्वयन भने सन् २०२३ अगस्ट ३० बाट राष्ट्रपति जो बाइडेनको पालामा थालिएको थियो।

    एमसीसीले नुवाकोटको रातामाटेदेखि नवलपरासीको बर्दघाटसम्म ४०० केभीको प्रसारणलाइन निर्माण गर्दै छ। एमसीसी बोर्डले सुरुमा ५०० मिलियन डलर सहायता दिएकोमा अहिले थप ५० मिलियन दिने निर्णय गरेको छ। यूएसएडले नेपालमा २०८ परियोजनामा काम गरेको छ।

    यसअन्तर्गत २०८ मध्ये सबैभन्दा बढी योजना स्वास्थ्य क्षेत्रमा ६८, कृषि क्षेत्रमा ४६, निर्माण र उत्पादनतर्फ २१, शिक्षा क्षेत्रमा १६, आर्थिक क्षेत्रमा ११, सामाजिक सुरक्षामा ११, परिवार र शिशु कल्याणमा ९, ऊर्जामा ९, वातावरणमा ९ र अन्य सामुदायिक विकाससम्बन्धी कार्यक्रम रहेका छन्। २०२२ भदौमा अर्थ मन्त्रालयसँग यूएसएडले ६९८ मिलियन डलर खर्च गर्ने सम्झौता गरेको थियो। उक्त कार्यक्रम सञ्चालनमै छ।

    त्यसबाहेक फिड द फ्युचर्स कार्यक्रम अन्तर्गत ५६ लाख डलर प्रतिबद्धता गरेकोमा २० मिलियन खर्च भएको छ। त्यसबाहेक यूएसएडले सहयोग गरेका विश्व स्वास्थ्य संगठन, विश्व बाल संगठन लगायतले नेपालमा गरिरहेका कार्यक्रम समेत प्रभावित हुने देखिएका छन्।

    यूएसएडले २०२४ मा नेपालमा सबैभन्दा बढी पोषण कार्यक्रममा खर्च गरेको छ। २२.९७ मिलियन डलर खर्च गरेको उसले कृषिमा १९.९९ मिलियन, एजुकेसन स्वाप ७.८४ मिलियन, रेड बुक सपोर्ट प्रोग्राममा ७.८२ मिलियन, ऊर्जा नेपालमा ७.५५ मिलियन अमेरिकी डलर खर्च गरेको छ।

    यूएसएडले विभिन्न एजेन्सीमार्फत १९ करोड २६ लाख डलर खर्च गरेको थियो। नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएसँगै अमेरिकाको स्टेट डिपार्टमेन्टले विश्वभर दिइरहेका सबै आर्थिक सहयोग पुनर्विचार गर्ने भन्दै ९० दिनका लागि ‘होल्ड’ गरेको हो। सोसँगै यूएसएड नेपालले यसको जानकारी अर्थ मन्त्रालयलाई दिइसकेको छ।

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.