जगतप्रसाद रेग्मी
पर्छ भने म बलि दिन तयार छु
कालापानी, लिपुलेख, लिम्पियाधुरा दिन्नँ
कसैले लुट्न खोज्छ भने मेरो भूमि
प्राण आहुती दिन तयार छु
पशुपतिनगर, तिलाठी, सुस्ता दिन्नँ
दिन्नँ म मेरो मानेभञ्ज्याङ
चाहे छातीमा गोली थाप्न किन नपरोस्
मेरो एक इन्च भूमि माथि कसैलाई टेक्न दिन्नँ
थियो मेरो ईतिहास
टिस्टा काँकडाको मेरो भूमि
गुम्यो, बच्यो मेची अनि महाकाली
छेउकुना माथि नजर लाँउदै छ अझै
म निकम्मा छैन अनि पाखन्डि पनि
सबै धर्तिपुत्रहरु लेन्डुप हुँदैनन्
होशियार
होशियार मेरो सीमा माथि नजर नलगा
अरिङालको गोलामा ढुंगा हाने गल्ती नगर
हामी नेपाली वीर हामी नेपाली
बैरिका सामु घुँडा टेक्न जानेनौं
बरु मृत्यु स्वीकार छ तर गुलाम होइन
त्यसैले
त्यसैले इतिहास कायम छ
पराधिनतामा नबसेको हाम्रो देश
अहिले पराईको नजर लागेको छ
हामी मर्न सक्छौं त दुस्मन सामु गल्दैनौं
त्यसले
पूर्व मेचीबाट उठ पश्चिम् कालिबाट उठ
उठ अनि उठ
कुटि नाभि र गुन्जिबाट उठ
सगरमाथाको शिरबाट उद्घोष गर्दै
बैरिलाई निस्तेज पार्न
उठ बिउँझ नेपाली देशभक्त हो
देशको सीमा बचाउन, माटो बचाउन
उठ बिउँझ नेपाली देशभक्त हो
त्यसैले म उद्घोष गर्छु
पर्छ भने बलि दिन तयार छु
कालापानी, लिपुलेख, लिम्पियाधुरा दिन्न

