• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रधानमन्त्रीले बोलाएको बैठकमा बिआरआईबारे कसले के भने ?


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै छन् ।

    Advertisement

    चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सोमबार पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा परराष्ट्रसम्बद्ध अधिकारीसँग छलफल गरे ।

    छलफलमा चीनसँगको चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौता कार्यान्वयनको विषयमै सबै केन्द्रित थिए ।

    कतिपयले चीनसँग ऋण लिनै नहुने भनेर बिआरआईको घुमाउरो तरिकाले विरोध गरे भने केही दलका नेताहरूले बिआरआई अघि बढाउनुपर्नेमा जोड दिए ।

    ऋण सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री ओलीले आफ्नो यसपटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारे । छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको जिकिर गरे।

    ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ’ ओलीले भने– ‘ऋणको पासोमा पार्न ऋण लिइँदै छ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’

    ‘चिनियाँ कार्ड’ बारे प्रचण्डको स्पष्टीकरण

    बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणलाई कसैले पनि कार्डको रूपमा हेर्न नहुने भन्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालतर्फ व्यङ्ग्य गरे ।

    दाहालले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे ।

    उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

    ऋण होइन, अनुदान लिने हो : देउवा

    नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

    जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा काङ्ग्रेसको रहेको स्पष्ट पारेका हुन् ।

    उनले चीन नेपालको मित्रराष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए ।

    उनले भने– ‘लोन नलिने, ऋण नलिने तर अरू अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्रराष्ट्र हो । किन नजाने त्यहाँ ?’

    बिआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल

    यता, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।

    बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताए । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाइ थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वाभाविक रूपमा अघि बढाउनुपर्ने बताए ।

    त्यस अवसरमा अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशङ्का उत्पन्न नहुने गरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

    झलनाथ भन्छन् : प्रधानमन्त्री दबाबमा पर्नुभयो

    पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीन भ्रमणका विषयलाई लिएर प्रधानमन्त्री कपी शर्मा ओली दबाबमा देखिएको बताएका छन् ।

    खनालले बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सत्तारूढ काङ्ग्रेस तयार नभएपछि दबाबमा देखिएको बताए ।
    काङ्ग्रेसले ऋणमा कुनै पनि सहयोग नलिने बताएको छ ।

    ‘काङ्ग्रेसको दबाबले लोन लिँदै नलिने भन्ने ठाउँमा पुग्नुभएको छ’ खनालले भने– ॅअहिले यस्तो खालको टेन्सन बोकेर जाने मान्छेलाई चाइनाले कसरी लिन्छ होला ?’

    चीनसँग ऋण लिनै हुँदैन भन्ने छैन : लोहनी

    पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चिनियाँ विकास परियोजनाअन्तर्गतका आयोजनामा ऋण लिनै हुन्न भन्ने विषयलाई सिद्धान्त नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

    ‘बिआरआईमा ऋण लिने वा नलिने भन्ने कुरा सरकारको निर्णयको कुरा हो तर बिआरआईमा ऋण लिनै हुन्न भन्ने कुरालाई सिद्धान्त नै बनाउनु भने हुँदैन’ छलफलमा आफूले दिएको सुझावबारे डा. लोहनीले भने– ॅबिआरआईमा ऋण लिनै हुन्न भन्ने विषयलाई सिद्धान्त बनाउनुभयो भने त्यो ठुलो गल्ती हुने छ ।’

    देउवा र बाबुराम अनुपस्थित

    सोमबार प्रधानमन्त्रीले बोलाएको बैठकमा काङ्ग्रेसका सभापतिसमेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अनुपस्थित थिए । देउवा जनकपुर र भट्टाराई गोरखा गएका कारण बैठकमा अनुपस्थित भएका हुन् ।

    बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उपस्थित थिए ।

    त्यस्तै, पूर्व परराष्ट्रमन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याललगायत सहभागी थिए ।

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.