जगत प्रसाद रेग्मी
आमा ! ए आमा
खै आज किन हजुरको याद आयो
आज बिहनै हजुर को त्यो हसिलो मुहार सम्झे
अलि बर्ष भैसक्यो है आमा
हजुरको मुहार देख्न नपाको
आज धेरै याद आएको छ
स्वछन्दताको प्रकाश संगै
निस्पट निस्कलन्कित तिम्रो छाया
बाहिर निक्लिदा
खेतको गर्हामा लहलहै
फलेको त्यो गहुँको बालामा देखे
अनि अलि बाहिर जादै गर्दा
कलकल गर्ने त्यो खोलाको पानी
ती सुनौला हरियाली डाडा
त्यो पारी परेवाको प्वाँख जस्तै
सेतासेता हिमाल
अनि त्यो बेसि
तप्तप खस्ने शितका थोपा
आमा आज सबै त्यस्तै रहेन
हिजु तपाइँको पिउने पानी दुर्घन्दित भएको छ
तपाईं हिड्ने त्यो गोरेटो
छियाछिया भैसकेको छ
घासदाउरा गर्ने त्यो बन त्यो जङ्गल
आज उजाड छ
नाङ्गो डाडामा परिणत भैसक्यो
त्यतिमात्र हो र आमा
हजुरले हिजु हाटबजार गर्ने त्यो गाउँ
कयौं दिन पैतालामा फोका निक्ल्ने गरि
छिचोलेका ती हरियाली फाट
त्यो सबै बिदेशिको कब्जामा छ
बैरिले पहरा दियेका छन
हजुर भन्नू हुन्थ्यो
जन्म दिने आमा
जन्मेको माटो
सबैभन्दा प्यारो हुन्छ
त्यो माटो जोगाउन
हाम्रा बाजे बराजु
भोकै नाङ्गै पानी पिउनै नपाई
ढुङ्गा खुकुरी को भर मा
सत्रुलाई प्रहार गरि
आर्जेको भुमी हो हाम्रो
खै आमा
आज त
लाचारी ढोगी लुच्चालफङा
त्यति मात्र हैन आमा
पुर्खाको रगत बगाएर बचाएको यो भुमी
भुमी बेची जन्तालाई रैती बनाई
देशमाथी लुट मच्चाइ रहेका छन आमा
आमा मेरो हजुरलाई एउटा मात्र बिन्ती छ
एक चोटि मान्नुहोस है एक चोटि
फेरि त्यस्तै बिरभद्र
अमरसिङ भक्ती थापा
जस्तै सपुत्को जन्म देउ आमा
ताकी
अहिले का लेन्दुपहरुलाई
पराजित गर्न सकुन
इमन्दार देशभक्त चाहिएको छ आमा
म त्यो लडाइँमा जाँदै छु
हजुरलाइ त जिबित राख्न सकिन
यो धर्ती मातालाई बचाउने छु आमा
आज आमा हजुर सङ मेरो यहि प्रण छ ।
आमा प्रती सर्दासुमन !