गणेश आचार्य
देशमा कम्युनिस्ट नामको सरकार छ
मजदुर सडकमा बेघरबार छ
भोका पेट तड्पिँदैछ्न् बस्तीमा
शासक डकार्दै हिँड्छ्न गस्तीमा
त्यसैले म लज्जित छु
लोकतन्त्र ल्याउँदा गर्व थियोे मनमा
आज कतै खोज्न खोज्छु भेटिँदैन तनमा
गणतन्त्र पनि ल्यायो बलिदानको तेजले
त्यही पनि बाधक भयो शासकको हेजले
जनता सधैँ रैती भए जे जे ल्यायो भनेपनी
शासक किन अन्धो हुन्छ शक्तिमाथी चढेपछी
त्यसैले त लज्जित हुन्छु यो सबै देखेपछी
शब्द धेरै बाड्यौं तिमी समानता र समृद्धिको
जनता अझै पाउने भएनन् अधिकार गरीबिको
कति गर्छौ गरीबिमा जनतामाथि रजाइँ
जनता सधैँ मान्ने छैनन् शासकको कजाइँ
जनता नाममा आसिन हुन्छौ पाकेट भर्छौ आफ्नो
धाक धम्की दिँदै हिँड्छौ के पीर तिमिलाई देशको
त्यसैले त लज्जित हुन्छु तिम्रो नाम देखि
नाम पनि फेर तिमी त्यतै हित होला
यस्तै हालत भयो भने जनबल गिर्ला
जनघात राष्ट्रघात के के गर्छौ तिमी
अति भयो अब यहाँ मान्ने छैनौं हामी