• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : मसाल


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि हमला भइरहेको बताएको छ ।

    Advertisement

    गणतन्त्र दिवसका अवसरमा मंगलबार (२०८१ जेठ १५ गते) एक वत्तव्य प्रकाशित गरी मसालले गणतन्त्रलाई समाप्त पार्न राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेल भइरहेको बताएको छ ।

    मसालले धर्म सापेक्ष मुलुक घोषणा भएमा त्यसको आडमा राजतन्त्र फर्कने निष्कर्ष निकालेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्र रक्षाका लागि जनता सचेत हुनुपर्ने बताउनुभएको छ ।

    यस्तो छ, वक्तव्य
    आज गणतन्त्र दिवस हो । २०६५ सालमा आजकै दिनमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणाम स्वरूप नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको थियो र गणतन्त्रको स्थापना भएको १५ वर्षको अवधिमा देशमा जति विकास र सुशासन कायम हुनुपर्दथ्यो, त्यो हुन सकेको छैन । गणतन्त्रको यस प्रकारको असफलताबाट फाइदा उठाएर प्रतिगामी शक्तिहरूले गणतन्त्र नेपालका लागि उपयुक्त नभएको दाबी गर्दै राजतन्त्रको पुनःस्थापनाका लागि अभियान चलाइरहेका छन् ।

    नेपालमा निरङ्कुश शासनको लामो इतिहास र राजाको प्रत्यक्ष नेतृत्वमा कायम भएको पञ्चायती तानाशाही व्यवस्थाको पृष्ठपोषणको इतिहासमाथि विचार गर्दा राजतन्त्रको पुनःस्थापनापछि देशको विकास, जनहित र सुशासनमा कुनै मदत नपुग्ने, तर देश झन् प्रतिगमन वा बर्बादीमा नै जाने कुरा अवश्यम्भावी छ । त्यो अवस्थामा एकातिर, अहिले गणतन्त्रअन्तर्गत देखा परेका सबै कमजोरीहरूका विरुद्ध सङ्घर्ष गर्दै देशको विकास र सुशासन कायम गर्न सङ्घर्ष गर्ने र अर्कातिर, देशमा राजतन्त्रको पुनस्र्थापनाका लागि गरिने सबै प्रयत्नहरूका विरुद्ध सङ्घर्ष गर्ने हाम्रो जिम्मेवारी हुनुपर्दछ ।

    राजावादीहरूले राजतन्त्रको पुनःस्थापनाका लागि मुख्य हतियार हिन्दु धर्मलाई नै बनाएका छन् । धर्म व्यक्तिगत आस्थाको विषय हो र जनताले कुनै पनि धर्मलाई अपनाउने स्वतन्त्रतालाई हामीले सम्मान गर्दछौँ । तर कुनै पनि धर्मलाई कुनै पनि प्रतिगामी उद्देश्यको पूर्तिको लागि उपयोग गर्ने कार्यलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । धर्मलाई विभिन्न प्रतिगामी राजनीतिक उद्देश्यहरूका लागि उपयोग गर्ने कार्य विश्वव्यापी रूपमा नै भइरहेका छन् र त्यो कार्य नेपालमा पनि भइरहेको छ ।

    हाम्रो देशमा खास गरेर इसाई धर्मलाई पश्चिमी साम्राज्यवादी उद्देश्य पूरा गर्न तथा हिन्दु धर्मलाई राजतन्त्रको पुनःस्थापनाका लागि प्रयोग गर्ने प्रयत्न व्यापक र सुनियोजित प्रकारले भइरहेको छ । भारतका कट्टर हिन्दुवादीहरूले नेपालमा हिन्दु र मुस्लिमहरूका बीचमा वैमनस्यता फैलाएर साम्प्रदायिक स्थिति पैदा गर्ने काम पनि गरिरहेका छन् । नेपालमा सबै धर्मालम्बीहरूका बीचमा सद्भावना र मैत्री सम्बन्ध रहने गरेको छ । तर भारतीय कट्टरपन्थी हिन्दुवादीहरूले नेपालमा धार्मिक सम्प्रदायिक वातावरणको स्थिति निर्माण गर्ने प्रयत्न गरिरहेका छन् । त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    नेपाल विभिन्न जातजाति, धर्म र संस्कृति भएको देश हो । त्यस प्रकारको स्थितिमा धर्मनिरपेक्षताले नै सबैका बीचमा शान्ति र सद्भावना कायम हुन सक्दछ । तर राजावादीहरूले धर्मनिरपेक्षताको अन्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाइरहेका छन् । देशमा एकपटक हिन्दु राष्ट्र कायम भयो भने त्यसको रक्षाको लागि हिन्दु राजा चाहिन्छ भनेर राजतन्त्रको पुनःस्थापना गर्ने रणनीतिअन्तर्गत नै उनीहरूले नेपालमा धर्मनिरपेक्षतालाई समाप्त गर्न तथा हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाइरहेका छन् ।

    उनीहरूको त्यो अभियान सफल भयो भने नेपाली जनताको लामो सङ्घर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त गणतन्त्रमा खतरा पुग्ने छ र देश प्रतिगमनतिर जानेछ । त्यस्तो हुन नदिनका लागि सम्पूर्ण नेपाली जनता गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि कटिबद्ध हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    २०८१ जेष्ठ १५ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.