महेश रिजाल, भालुबाङ ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको प्रतिनिधि मण्डलले प्रदेश मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।
राजमो प्रदेश अध्यक्ष वोमबहादुर खत्रीको नेतृत्वमा २०८१ जेठ १४ गते सोमबार गएको प्रतिनिधि मण्डलले ज्ञापन बुझाएको हो ।
प्रतिनिधि मण्डलमा राजमो कार्यकारी अध्यक्ष तथा पूर्व सभासद रश्मीराज नेपाली, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सदस्य तथा प्युठान मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री र प्रगतिशील पत्रकार सङ्घका सचिवालय सदस्य महेश रिजाल सहभागी हुनुहुन्थ्यो ।
ज्ञापनपत्रमा लुम्बिनी प्रदेशका १२ ओटै राजमोका जिल्ला समितिले अध्ययन गरी पठाएका योजनालाई आगामी आवको बजेटमा समावेश गर्न माग गरिएको छ ।
बजेटमा माग भएका योजना शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, सिँचाइ कुलो, सहिद प्रतिष्ठान, वन, वातारणसित सम्बन्धित रहेको प्रदेश अध्यक्ष वोमबहादुर खत्रीले जानकारी दिनुभयो ।