• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सदाचारको दिव्यचक्षुलाई फुट्न दिनुहुन्न


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    एउटा यस्तो ठाउँ रहेछ, जहाँ आँखाबिनाका मान्छे बस्दा रहेछन् । एक दिन त्यो ठाउँमा बाहिरबाट आँखा भएको मान्छे पुगेछ । उसले आँखा भएका मान्छे नदेखेपछि भनेछ, कि तिमीहरूको आँखा छैन ? कसरी हेर्छौ ? कसरी काम गर्छौ ? तर उनीहरू आँखाबिना नै सबै काम गर्न अभ्यस्त भइसकेका हुँदा रहेछन् । त्यो आँखा देख्ने मान्छेले तिमीहरूको आँखा छैन भन्नु त्यो ठाउँमा अपराध मानिँदो रहेछ । त्यो नयाँ मान्छेले आँखा छैन तिमीहरूको ? कसरी काम गर्छौ ? कसरी हेर्छौ भन्न नमिल्ने रहेछ ।

    त्यहाँका मान्छेले यो यस्तो भन्दै छ भनेर उसलाई पक्रेर पुलिसकोमा लगेछ । पुलिसको पनि आँखा रहेनछ । पुलिसलाई पनि त्यही भनेछ त्यो मान्छेले, तिम्रो आँखा छैन ? किन पक्रेको मलाई ? मैले त देखिराछु त । किन पक्रेको मलाई ? त्यसैलाई आधार र प्रणाम बनाएर पुलिसले अदालत सामुन्ने लगेछ । अदालतको अगाडि पनि त्यही भनेछ त्यो मान्छेले– श्रीमान मैले त आँखा देखिरहेको छु त, किन मलाई पक्रेका हुन् यिनीहरूले ? किन मुद्दा चलाइयो ? तपाईंहरू सबै आँखा नभएका नै रहेछौ । के नै अपराध गरेर मैले र, पक्राउ गरेर यसरी अदालतमा पेस गर्दै छौ ?

    अदालतसामु पनि त्यही बयान गरेपछि अदालतले उसलाई १० वर्ष कैद हुने सजाय सुनाएछ किनकि त्यो ठाउँमा आँखा नभएका मान्छेले सबै काम गर्दा रहेछन् र आँखा छैन भन्यो भने सजाय हुने कानुनी व्यवस्था रहेछ ।

    त्यो समाजमा आँखा हुनु अपराध भए झैँ हाम्रो समाजमा सदाचार र नैतिकवान् हुनु कतै अपराधी हुनु जस्तै त होइन ? आज नैतिकता र इमान बोकेका मानिसहरूले समाजमा टाउको लुकाएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । जहाँसुकै काम गर्ने भए पनि जीवननिर्वाह गर्न आवश्यक ज्याला कसैले पाइरहेको अवस्था छैन । चाहे डाक्टर, इन्जिनियर, प्रशासक, प्राध्यापक, कर्मचारी वा श्रमिक जो सुकै भए पनि जीवननिर्वाह गर्न सक्ने ज्याला पाइँदैन । म नेपालमा बसेर ढुक्कले आफ्नो मिहिनेतको कमाइले सन्तुष्ट छु र मेरो खर्च चलेको छ । अलि अलि बचत पनि हुन्छ भन्ने मानिस विरलै भेटिन्छन् । यो अवस्था काम पाएका मानिसहरूको छ भने काम नपाएका बेरोजगार मानिस कसरी बाँचिरहेका छन् ? बयान नै गर्न नसिकिने अवस्था छ ।

    बेरोजगारी चरम छ । अधिकांश युवाहरू वैदेशिक रोजगारीको भरमा जीवन गुजारा गरिरहेका छन् । समग्रमा नेपाली समाज अहिले पनि चरम गरिवीमा बाँच्न विवश छ तर अर्कोपट्टि भने अर्कै स्वर्ग छ । नियमित आम्दानीको स्रोत केही छैन । नेता हौँ भनेका छन् । राजनीतिलाई पेसा बनाएर हिँडेका छन् । जनताले सुन्न नसकिने पैसामा घरघरेडी जोडेका छन् । मनको गतिअनुसारको जीवनशैली बाचेका छन् । स्वास्थ्योपचार विदेशका सुविधासम्पन्न अस्पतालमा गर्छन् । आफ्ना सन्तान विदेशका महङ्गा विश्वविद्यालयमा पढ्न पठाउँछन् । उनीहरूका लागि दुनिया बेग्लै छ ।

    तिनीहरू नै स्थानीयदेखि केन्द्रीय चुनावमा करोडौँ खर्च गरी चुनाव पनि जित्छन् र जनताका प्रतिनिधि पनि बनेका हुन्छन् । यो किन यस्तो भइरहेको छ भन्दा जनताको चेतनामा यस्तै यस्तै कुरा भरिएको छ । जसरी पनि पैसा कमाउनुपर्छ । पैसा नै सबैथोक हो । पैसा भयो भने सबै चिज किन्न मिल्छ । राजनैतिक पद पनि सजिलै किन्न सकिन्छ भन्ने कुरा जनमानसमा भ्रम पैदा गरिएको छ । यसै जगमा जनतालाई भ्रममा पारी जनविरोधीहरू चुनाव जित्न सफल बनिरहेका छन् र जनतामाथि बेरोजगारी, अभाव, अज्ञानता, गरिबी, शोषण जस्ता बज्रप्रहार गरिरहेका छन् तर आफूलाई भने एक से एक राम्रो भएको भान पारिरहेका छन् ।

    यदि कसै जनताले तिमीहरूले भ्रष्टाचार गरी यो मोजमस्ती, यो आलिसान जिन्दगी बाँचिरहेका छौँ भन्यो भने उल्टै भ्रष्टाचार गरेको प्रमाण ल्याउनुस्, म राजनीति नै छोडिदिन्छु भनेर भन्ने गर्छन् । जनतासँग तिमीहरूले गरेको भ्रष्टाचारको प्रणाम खोज्ने हैसियत भएको भए तिनीहरूलाई नै भोट किन दिन्थे होला र ? जुन दिन तिमीहरूले जनताप्रतिको यो शोषण, दमन, अत्याचार गरेको प्रमाण खोज्ने जनताले हैसियत निर्माण गर्नेछन्, त्यो दिन पक्कै पनि तिनीहरूले जनतालाई प्रणाम खोज्नुहोस् भन्ने मौका नै पाउने छैनन् । त्यो दिन हामिद कार्जाईले आफ्नो देश अफगानिस्तान छोडेर भागे जस्तै भाग्नुपर्ने छ ।

    आज नेपालमा जनताका विरुद्ध जनताका दुस्मनले हद पार गर्दै छन् । जनतालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपले चरम शोषण गरिँदै छ। निमुखा जनतालाई कागजी बाघले लपेट्दै छन् । जनता चारैतिर असहजता र निस्सासिएको अवस्था छ । हामीले जनताका समस्याको बारेमा बोल्नुपर्छ । जनतालाई राहत प्रदान गर्न राज्यलाई बाध्य बनाउनुपर्छ किनकि यो देश, यो राज्य हाम्रोको हो । हामीले हाम्रा दुस्मनलाई राज्यको ब्रह्मलुट मच्चाउन दिनुहुन्न । आज जसले जे गरे पनि, जति लुटे पनि चारैतिर मौनता र सन्नाटा छाएको जस्तो देखिन्छ । यो देश र जनताका निम्ति राम्रो सङ्केत होइन । हामीले गलतका विरुद्ध र न्याय, सत्य, सुशासन र सदाचारका पक्षमा निरन्तर र लामो सङ्घर्षको उद्घोष गर्न आवश्यक छ ।

    नेपाली समाज नकारात्मक चिजलाई नै राम्रो देख्ने दिशामा अगाडि बढिरहेको त छैन ? यो आजको गम्भीर चिन्ताको विषय हो तर हामीले त्यसो हुन दिनुहुन्न किनकि नेपाली समाज शान्त, धैर्य, संयम, निडर, मिहिनेती, वीरता, सहनशीलता, इमानदारिता, अनुशासन, नैतिकवान्, स्वाभिमानी, स्वतन्त्र र एकताको सूत्रमा आबद्ध समाज हो । यहाँ विभिन्न धर्म, जातजाति, संस्कृति, वर्ग, लिङ्ग, क्षेत्र, भाषाभाषी, भेषभूषा, लवाइखवाइ, अध्ययन, श्रमदान, योगदान, भूत, वर्तमान र भविष्यको बारेमा गहन बहस र छलफल चल्छन् । यो नेपाली समाजको विविधता र सुन्दर पक्ष हो । यही हो, विविधताबिचको एकता ।

    धेरै टाढा नजाऊँ । २०६२–६३ सालको आन्दोलनपूर्वको राज्य र विद्रोही पक्षबिचको सशस्त्र द्वन्द्वलाई नेपाली समाजले कति धैर्य, सहनशील, शान्तिपूर्वक विश्व समुदायलाई नै आश्चर्यमा पार्दै कुशलतापूर्वक व्यवस्थापन गर्‍यो ? यो द्वन्द्व नेपाली समाजका लागि कम पीडादायक थिएन तर यसको सहज व्यवस्थापन गर्नु पनि कम चुनौतीपूर्ण भने थिएन, नेपाली समाजको लागि । त्यो द्वन्दको व्यवस्थापन भएपछि सबैले सोचेका थिए, अब नेपालका दुःखका दिन गए† अब नेपाल साँच्चै दिगो शान्ति, सुशासन र विकासको हब बन्ने छ । त्यो हुन सकेन । जे हुँदै छ, सो हामी भोग्दै छौँ । सबैका आँखाअगाडि देशको स्थिति छर्लङ्ग नै छ ।

    अहिले देशमा त्यो द्वन्द्वभन्दा भयङ्कर र डरलाग्दो गरी आर्थिक अराजकता व्याप्त छ । महङ्गी, बेरोजगारी, भ्रष्टाचार, व्यापारघाटा, सहकारी ठगी, तस्करी जस्ता कुराले असामान्य रूप लिए पनि यो सामान्य नै हो† यस्तो सबैले गर्छन् भन्ने स्थितिको सिर्जना हुन थालेको स्थिति देखिन्छ । यस्तो हुनु सामान्य होइन, गम्भीर र खतरनाक स्थिति हो ।

    आज समाजको गरिखाने वर्गका लाखौँ जनताले रगत र पसिना बगाएर आर्जेको बचत हिनामिना हुनुलाई सामान्य कुरा भन्न सकिन्न । यो गम्भीर अपराध हो । यसका दोषी र मतियारलाई कडाभन्दा कडा सजाय हुनुपर्दछ तर आज जनता मौन छन्, राज्य निरीह बनेको छ । किन यस्तो हुँदै छ ? के माथि उल्लेख गरिएको नेपाली समाजको सदाचारको दिव्यचक्षुमा बादल लागेको हो ?

    सदाचारको यो दिव्यचक्षुमा लागेको बादललाई शल्यक्रिया गरेर हटाई नयाँ लेन्स हाल्ने वा झन् मोतिबिन्दु हुन् दिई कहिल्यै काम नलाग्ने गरी फुट्न दिने ? सोच्न जरुरी छ । यदि हामीले यो आर्थिक अराजकताको समयमै उपचार गर्न नसक्ने हो भने नेपाली समाजको सदाचारको दिव्यचक्षु सधैँका लागि बन्द हुने छ र यसले निर्माण गर्ने नयाँ परिस्थिति कति धेरै भयावह हुने छ ? कल्पनासम्म गर्न सकिन्न । देख्दा पनि देख्दैनन् कसैले, कतै संसार नदेख्ने भयो कि ?

    हामीले माथिको कथाबाट समयमै शिक्षा लिन सक्नुपर्छ ।

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.