• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाङमा पढ्ने रहर पूरा गर्दै ५३ वर्षीया गृहिणी


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • देउखुरी (दाङ) । राप्ती गाउँपालिका–१ पाखापानीका लक्ष्मीदेवी कार्की ५३ वर्षको हुनुभयो । सानो उमेरमा पढ्न नपाएका कारण राप्ती–१ पुल्चोक भालुबाङमा रहेको श्री स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयमा कक्षा ३ मा उहाँ भर्ना हुनुभएको छ । गत वर्षदेखि उहाँले पढाइ सुरु गर्नुभएको हो ।

    Advertisement

    दुई छोरा र एक छोरीकी आमा कार्कीले सानो उमेरमा विवाह भएका कारण पढ्न पाउनुभएको थिएन । ‘सानैमा विवाह भयो, छोराछोरी हुर्काउँदै व्यापार–व्यवसाय गर्न व्यस्त भयौँ, अहिले छोरछोरी पनि हुर्किए, कमाई गर्ने भए व्यापार–व्यवसाय पनि छाडेर पढ्ने रहर पूरा गर्न थालेको छु’, उहाँले भन्नुभयो । उहाँले पढेर जागिर खानलाई नभई दुई–चार अक्षर चिनेर लेख्न सकिएला भनेर पढ्न आएको बताउनुभयो ।

    जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया रहेका उहाँले जानकारी दिनुभयो । विदेशमा रहेका छोराबुहारीलाई मोबाइलमा म्यासेज लेख्न सक्ने भएको उहाँले बताउनुभयो । ‘पढ्ने रहर धेरै थियो, समय मिलेको थिएन, अहिले फुर्सद निकालेर पढ्न आउँदा धेरै खुसी लागेको छ’, उहाँले भन्नुभयो, “दिनभरिको समय सदुपयोग भएको छ, रहरले पढ्न थालेको भएर होला रमाइलो लागेको छ ।’

    शिक्षकले राम्रोसँग सिकाउने गरेको र नेपालीभन्दा अङ्ग्रेजी सजिलो लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार समयले साथ दिएमा १० कक्षा पूरा गर्ने इच्छा रहेको छ । बर्दिया घर भएकी पार्वती मगर २७ वर्ष हुनुभयो । ५ कक्षासम्मको पढाइ पूरा गर्नुभएकी उहाँ कामको सिलसिलामा दाङ आउनुभएको छ । उहाँ पनि सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । विवाह भएर बीचैमा पढाइ छुटेकाले पढ्ने रहर पूरा हुन नसकेको उहाँ बताउनुहुन्छ ।

    गृहिणी महिला विद्यालयमा आफूजस्तै पढाइ बीचैमा छुटेका महिलालाई पढाउने थाहा पाएपछि सोही विद्यालयमा भर्ना भएको पार्वतीले बताउनुभयो । कक्षा २ मा पढ्ने छोरालाई विद्यालय पठाएर आफू पनि विद्यालय जाने गरेको उहाँले बताउनुभयो । उहाँले बीचैमा पढाइ छुटेका महिलालाई पढाइ पूरा गर्न दिएकामा विद्यालयप्रति आभार व्यक्त गर्नुभयो । समयले साथ दिएमा माध्यमिक तहको पढाइ पूरा गर्ने रहर रहेको उहाँले बताउनुभयो ।

    कक्षाकोठा अभाव
    कक्षा १ देखि ८ सम्ममा अध्ययन गर्ने गृहिणी विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको सोही विद्यालयका सहायक प्रधानाध्यापक रीमा रानाले बताउनुभयो । उहाँका अनुसार कक्षा कोठा अभाव भएका कारण ४ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । छुट्टाछुट्टै कक्षालाई एउटैमा राख्दा पढाउने शिक्षक र विद्यार्थीलाई असजिलो भएको सहायक प्रधानाध्यापक रानाले बताउनुभयो ।

    उहाँहरु सबैलाई एउटै कक्षामा राखेर पढाउने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘साना बच्चासँग राखेर पढ्दा गृहिणी विद्यार्थीले अप्ठेरो मान्ने भएका कारण उहाँहरुलाई अलग्गै राखेका हौँ, कक्षा कोठा अभाव भएकाले एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको छ ।’ गृहिणी विद्यार्थीहरुलाई विद्यालयले किताब निःशुल्क दिएको छ । विद्यालय पोसाक अनिवार्य नभएकाले उहाँहरुले आफ्नो अनुकूलको लगाउनुहुन्छ ।

    विसं २०६७ देखि गृहिणी विद्यार्थीका लागि पढाइ सुरु गरेको उहाँले बताउनुभयो । सुरु–सुरुमा ८०÷८५ जनासम्म गृहिणी विद्यार्थी आउने गरेकामा यस वर्ष अहिलेसम्म २० गृहिणी विद्यार्थी अध्ययन गर्न आउनुभएको सहायक प्रअ रानाले बताउनुभयो ।

    बिहान १० देखि अपराह्न ४ बजेसम्म पढाइ हुने सो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयका शिक्षक सबै महिलामात्रै हुनुहुन्छ । पहिले निजीमा रहेका शिक्षकलाई गाउँपालिकाले सेवासुविधा दिए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग मिलेमा विद्यालयलाई नमूना बनाउने लक्ष्य रहेको सहायक प्रधानाध्यापक रानाले बताउनुभयो । उमेर ढल्केसँगै विद्यालय आउन महिला विद्यार्थीलाई सम्मानका साथ शिक्षण सिकाइ गराउने गरेको र खाजाको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.