• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै, प्रतिपक्षीको अडान कायमै


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ ।

    Advertisement

    दिउँसो ३ बजे बस्ने संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

    संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल हुनेछ।

    दिउँसो साढे १२ बजे प्रमुख देवराज घिमिरेले सबै दलका सचेतकहरूसँग छलफल गर्नेछन्।

    त्यसैगरी दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ ।

    दुबै सदनको संयुक्त बैठक सकिएपछि आजै साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

    प्रतिपक्षीको अडान कायमै
    यता, संसद बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग आज बिहान छलफल गरेका छन् । सरकारी निवास बालुवाटारमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले सदन अवरुद्ध नगर्न र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन अनुरोध गरेका हुन्।

    यस विषयमा अहिले बिहान बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक लेखकले बताएका छन्।

    ‘प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा अवरोध नपुर्‍याउन र सदन चलाउन सहयोग गर्नुस भनेर भन्नुभयो, उहाँले सहकारी समस्या समाधानका लागि पहल गरिरहेको र गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ’, भेटवार्तापछि लेखकले भने, ‘उहाँले राखेको प्रस्तावबारे हामी दलको बैठकमा कुरा गर्नेछौँ र त्यहीँबाट निर्णय लिनेछौँ।’

    आज बस्ने स‌ंसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान ९ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै छ।

    सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।

    छानबिन समिति नबन्दासम्म संसद्‌मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको कांग्रेसले यस विषयमा के कसरी प्रस्तुत हुने भनेर अहिले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको छ।

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.