• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बौद्धिक अराजकता वा एमालेपरस्त सोचाइ


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • वासुदेव पोख्रेल ##

    Advertisement

    २०८१ वैशाख २० गते नेकपा (मसाल) ले एउटा वक्तव्यमार्फत इलामको उपनिर्वाचनमा एमालेको तर्फबाट विजयी उम्मेदवार सुहाङ नेम्वाङलाई बधाइ दिएपछि भाइ विमल पोख्रेलले ऊक्त वत्तव्यलाई इङ्गित गरेर लगातार दुईओटा स्टाटस लेखेका छन् । उक्त दुवै स्टाटसको आसय एमालेको राजनीतिक विश्लेषणको सवालमा नेकपा (मसाल) ले गरेको विश्लेषण गलत सावित भएको, उनले गरेको विश्लेषण सही भएको र उनको लाइनमा मसाल आएको भन्ने छ ।

    मैले अलि ढिलो गरी ती स्टाटसहरू पढेँ अनि नेकपा (मसाल) को वक्तव्य पनि दोहोर्‍याई तेहेर्‍याई पढेँ । यसरी पढ्दा न त भाइले भने जस्तो नेकपा (मसाल) ले एमालेप्रति गरेको राजनीतिक विश्लेषण बदलिएको पाएँ, न भाइको लाइनमा मसाल आएको पाए बरु नेकपा (मसाल) ले आफ्नो इतिहास कालदेखि नै बिनापूर्वाग्रह सहीलाई सही र गलतलाई गलत भन्दै आएकोअनुरूप नै त्यो वक्तव्य रहेको पाए । त्यति मात्र होइन, धेरै खराबको बिचमा एउटालाई छान्नुपर्दा खराबमध्ये कम खराबलाई छान्नुपर्छ भन्ने स्वाभाविक मान्यताअनुसार नेकपा (मसाल) ले जातिवादी, राजावादी र भ्रष्ट तथा अमेरिकापरस्त तत्त्वको तुलनामा एमालेका उम्मेदवार विजय हुनु सही भएको बताउँदै उनलाई बधाइ दिएको पाएँ तर भाइको स्टाटसबाट पाठक वर्गमा नेकपा (मसाल) ले जारी गरेको वक्तव्यबारे भ्रम उत्पन्न हुन गएको ठानी यो सानो टिप्पणी लेख्दै छु ।

    भाइले आफ्नो स्टाटसमा लेखेका छन्– मलाई “एमालेपरस्त भनेर आरोप लगाइयो” । अर्को ठाँउमा उनले लेखेका छन्– “एमाले प्रतिगामी थिएन, होइन झ् त्यो पूरै गलत विश्लेषण थियो भन्ने कुरा (नेकपा मसालको) आजको वक्तव्यले पुष्टि गर्‍यो ! यही कुरा मैले विगत दुई वर्षदेखि गर्दै आएको छु ।”

    नेकपा (मसाल) को वक्तव्यले “एमाले प्रतिगामी थिएन, होइन ! त्यो पूरै गलत विश्लेषण थियो भन्ने कुरा पुष्टि” गरेको छ कि छैन ? त्यो कुरा त त्यो वक्तव्यको पूर्ण पाठलाई राम्रोसँग पढे पछि नै थाहा हुने छ तर त्यो कुरा जे भए पनि स्वयम् भाइको एमाले “प्रतिगामी थिएन, होइन” भन्ने कुरा “विगत दुई वर्षदेखि गर्दै आएको छु !” भन्ने स्वीकारोक्तिबाट उनीमाथि “एमालेपरस्त” आरोप लाग्ने गरेको कुरा सही हुन गएको त छैन ? के त्यसरी थुन्सेले ढाकेर राखेको बिरालो स्वयम् “म्याउँ” गरेको त छैन ?

    उनले गत वर्षमा माओवादी र नेपाली काङ्ग्रेस मात्र होइन, नेकपा (मसाल) लाई पनि नेकासित गठबन्धन गरेको कुराका लागि आलोचना गर्दै आएका छन् तर यस अवधिमा एमालेले गरेका कैयौँ गल्तीका लागि एमालेको खासै आलोचना गरेका छैनन् । के त्यसबाट पनि स्वयम् उनले उल्लेख गरे जस्तै उनी एमालेपरस्त भएको आरोप सही सावित हुँदैन र ?

    उनले यो दाबी गरेका छन्, मसालले एमालेका विजयी उम्मेदवारलाई बधाई दिएको हुनाले एमालेबारे त्यसले (मसालले) गर्दै आएको आलोचना गलत सावित भयो र उनको विचार सही सावित भयो । त्यस सिलसिलामा उनले यो पनि लेखेका छन्– “ढिलै सही, लाइन मिल्दै छ ।”

    त्यस सिलसिलामा उनले पार्टीभित्र उनीमाथि “एमालेपरस्त” भनेर आरोप लगाएको कुराको उल्लेख गर्दै यो पनि लेखेका छन्– “मैले भन्दै आए, यस्ता नक्कली आरोप समयले चिहानमा पुर्‍याउछ । ती नक्कली आरोप समयले चिहानमा पुर्‍याएको छ” तर स्वयम् उनको नै स्वीकारोक्तिबाट उनीमाथि लगाइएको भनिएको त्यो आरोप सही सिद्ध हुन गएको छैन र ?

    भाइले एमालेका उम्मेदवार विजय भएकोमा बधाई दिएको कुराको आधारमा उनले मसालसित “ढिलै सही, लाइन मिल्दै छ” भनेर लेखेका छन् ।

    उनले मसालको वक्तव्यमा एमालेका उम्मेदवारलाई बधाई दिएको अंशतः पढेछन् तर नेकपा (मसाल) को वक्तव्यको तलको अंश पढ्न छुटाए जस्तो छ । त्यो वक्तव्यमा स्पष्टसित र किटानीपूर्वक लेखिएको छ ः “एमालेका उम्मेदवारलाई बधाई दिने बेलामा ओलीको नेतृत्वमा एमालेले प्रतिगमनका पक्षमा काम गरेको तथा त्यसको चरित्र अधिनायकवादी प्रकारको भएको कुराप्रति पनि हाम्रो ध्यान छ । त्यसको त्यस प्रकारको भूमिका र चरित्रप्रतिको हाम्रो सम्झौताहीन प्रकारको सङ्घर्षको अडानलाई कायम राख्दै कोशी प्रदेशमा जातिवादका विरुद्ध त्यसले लिएको अडानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।”

    उक्त भनाइबाट नेकपा (मसाल) ले “एमालेले प्रतिगमनका पक्षमा काम गरेको तथा त्यसको चरित्र अधिनायकवादी प्रकारको भएको” कुरा स्पष्ट गर्दै त्यसका विरुद्ध “सम्झौताहीन प्रकारको सङ्घर्षको अडानलाई कायम राख्ने” कुरा प्रष्ट पारेको छ । त्यसबाट पनि भाइले दाबी गरे जस्तो नेकपा (मसाल) को एमालेप्रतिको पहिलेको नीतिमा कुनै परिवर्तन भएको देखिँदैन । यहाँ एउटा कुरा यो पनि उल्लेखनीय छ, नेकपा (मसाल) का दस्तावेज पढ्दा त्यसले एमालेलाई प्रतिगामी वा फ्रतिक्रियावादी शत्ति भनेको पाइदैन । त्यसले खालि उसको तात्कालिक नीति प्रतिगमनउन्मुख भएको र त्यसको कार्यशैली अधिनायकवादी प्रकारको भएको भनेर बताउँदै आएको छ ।

    जे होस्, एकातिर नेकपा (मसाल) को वक्तव्य र अर्कातिर भाइको स्टाटस दुवैमाथि विचार गर्दा उनी स्पष्टसित लामो समयदेखि नै एमालेको पक्षमा उभिँदै आएको र मसालले एमालेको उम्मेदवार उपचुनावमा विजयी भएको र त्यसले जातिवादका विरुद्ध अडान लिएको कुरालाई समर्थन गरे पनि एमालेले प्रतिगमनका पक्षमा काम गरेको र त्यसको अधिनायकवादी चरित्रका विरुद्ध सम्झौताहिन प्रकारले सङ्घर्ष गर्ने उसको नीति रहेको कुरा दिनको उज्यालो झैँ प्रष्ट देखिन्छ ।

    उनले एमालेको प्रतिगामी नीतिका विरुद्ध उभिएका नेकपा (मसाल) माओवादी वा नेका र उनीहरूसमेतको गठबन्धनको लगातार विरोध गर्दै आउनुका पछाडि पनि उनले स्वयम् स्वीकार गरे जस्तै एमालेप्रतिको पक्षधरताले नै काम गरेको त होइन ? त्यो प्रश्न उठाउने ठाउँ छ ।

    भाइले लेखेका छन : “काङ्ग्रेससितको चुनावी गठबन्धन मसालको लागि इतिहासकै सबैभन्दा प्रत्युत्पादक मात्रै होइन, गण्डकी काण्डले पार्टी पूरै बदनाम हुन पुग्यो ।” उनको त्यो भनाइले बताउँछ– काङ्ग्रेससितको गठबन्धनलाई उनले “इतिहासकै सबैभन्दा प्र्रत्युत्पादक” बताएका छन् ।

    त्यस सन्दर्भमा दुईओटा कुरा उल्लेखनीय छन् : प्रथम– मार्क्सवादी–लेनिनवादी सिद्धान्तले आवश्यकताअनुसार दुस्मनभन्दा दुस्मन शक्तिसँग पनि संयुक्त मोर्चा वा कार्यगत एकताको नीति अपनाउनुपर्ने कुरामा जोड दिन्छ । त्यही नीतिअनुसार स्टालिनले हिटलरका विरुद्ध पश्चिमी साम्राज्यवादी शक्ति र माओले जापानी साम्राज्यवादका विरुद्ध च्याङकाइसेकसित संयुक्त मोर्चाको नीति अपनाएका थिए । के ती कार्य पनि “इतिहासकै सबैभन्दा प्रत्युत्पादक थिए ? हो । ट्राटस्की र वाङमिङहरूले संयुक्त मोर्चाका ती नीतिलाई गद्दारी बताएका थिए ।

    द्वितीय– २०४६ साल र २०६२–६३ सालमा पनि नेपालका वामपन्थीले नेकासित संयुक्त मोर्चाको नीति अपनाएका थिए । अवश्य पनि त्यस प्रकारका नीतिहरू ‘प्रत्युत्पादक’ बन्न गएका थिए तर कसका लागि ‘प्रत्युत्पादक’ बनेका थिए ? जनता वा प्रजातन्त्रका लागि होइन, प्रतिक्रियावादीका लागि नै किनभने २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त भएको थियो भने २०६२–६३ सालको आन्दोलनको परिणामस्वरूप संविधान सभाको चुनाव भएको थियो र राजतन्त्रको पनि अन्त भएको थियो । अहिले पनि मसालले काङ्ग्रेससमेत सित गरेको गठबन्धनको नीतिको परिणामस्वरूप ओलीका दुई दुई पल्टको संसद्लाई विघटन गर्ने र देशमा अधिनायकवादी शासन कायम गर्ने प्रयत्नहरू असफल भएका थिए । त्यसैले सबै प्रतिक्रियावादी वा प्रतिगमन पक्षधर शक्तिले त्यो गठबन्धन नीतिको विरोध गरेका थिए ।

    भाइको पनि लामो समयदेखि त्यही प्रकारको विरोधको स्वर रहन गएको छ । पक्कै पनि काङ्ग्रेससमेत सितको त्यो संयुक्त मोर्चाको नीति यदि कसैका लागि ‘प्रत्युत्पादक’ थियो भने त्यो ओलीको प्रतिगामी कदमका लागि नै ‘प्रत्युत्पादक’ रहेको थियो । के त्यसैले उनले त्यो गठबन्धन नीतिफ्रति आक्रोश व्यत्त गरेका हुन् ?

    उनले आफ्नो स्टाटसमा कथित गण्डकी काण्डको पनि विरोध गरेका छन् । जसलाई उनले “गण्डकी काण्ड” बताएका छन्, त्यो हो– त्यहाँ एमाले नेतृत्वको सरकारलाई हटाउनका लागि राष्ट्रिय जनमोर्चाले खेलेको भूमिका । उक्त भूमिकाले पार्टीको बदनाम नभई गलत राजनीतिको विरुद्ध मसालले जस्तोसुकै जोखिम पनि मोल्न सक्छ भन्ने अर्को एउटा नजिर स्थापित भएको छ र त्यसले आफ्नो इतिहासदेखि नै खेल्दै आएको निष्ठाको राजनीतिको परिचय दिएको छ तर भाइको एमालेप्रतिको पक्षधरताका कारणले नै त्यहाँ एमालेको सरकारलाई हटाइएकाले उनले “गण्डकी काण्डले पार्टी पूरै बदनाम” भएको मनगढन्ते आरोप लगाएका त होइनन् ?

    भाइले यो कुरामा पनि विशेष जोड दिएका छन्– “हामीले दिएका सुझावलाई रद्दीको टोकरीमा मिल्काइयो । वामपन्थी गठबन्धनको नीति कायम राखौँ भन्दा भन्दै पार्टी काङ्ग्रेससँग मिलेर चुनावमा होमियो ।”

    उनको यो भनाइबाट के बुझिन्छ भने एउटा कम्युनिस्ट पार्टीले खालि वामफन्थी शक्तिसित मात्र संयुत्त मोर्चा वा गठबन्धनको नीति अपनाउनुपर्दछ तर उनको त्यो सोचाइले मार्क्सवादी–लेनिनवादी सिद्धान्त, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास र स्वयम् नेपालका वामपन्थी शक्तिको राजनीतिक इतिहाससित पनि मेल खादैन ।

    संयुक्त मोर्चाको सिद्धान्त भनेको नै आवश्यकताअनुसार दुस्मन शक्तिसित पनि एकता गर्न सकिने सिद्धान्त हो† जस्तो कि माथि नै भनियो, स्टालिनले विझिन्न साम्राज्यवादी शक्तिसित वा माओले च्याङकाइसेकसित जुन संयुत्त मोर्चा बनाएका थिए, तीमध्ये सबै दुस्मन शक्ति थिए र कोही पनि वामपन्थी शक्ति थिएनन् । जुन बेला २०४६ साल वा २०६२–६३ सालमा नेकासित कार्यगत एकता गरियो, त्यो पनि वामपन्थी शक्ति थिएन । भाइको झनाइअनुसार ता ती सबै संयुक्त मोर्चा वा कार्यगत एकताका नीति गलत हुन जान्छन् ।

    संयुत्त मोर्चाको सन्दर्भमा माओको एउटा प्रसिद्ध भनाइ छ ः दुस्मन शक्तिसित कुनै बेला एकता गरे पनि उनीहरूसितको सङ्घर्षको पक्ष नै प्रधान हुन्छ र मिक्रशत्तिसित आवश्यकताअनुसार सङ्घर्ष गर्नु परे पनि तिनीहरूसित एकताको पक्ष नै प्रधान हुन्छ । माओको त्यो भनाइले पनि दुस्मन शक्तिसित पनि आवश्यकताअनुसार कार्यगत एकता वा संयुक्त मोर्चाको नीति अपनाउन सकिन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।

    नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी प्रजातान्क्रिक त्रान्तिको चरण हो । त्यसैले क्रान्तिको यो चरणमा आवश्यकताअनुसार पुँजीवादी शक्तिसित पनि एकता गर्नुपर्ने आवश्यकता हुन्छ । क्रान्तिको यो चरणमा वामपन्थी शक्तिसित मात्र एकता गर्नुपर्छ भन्ने सोचाइ “वामपन्थी” सङ्कीर्णवादी सोचाइ हो । वामपन्थीसित मात्र एकता गर्ने नीति लिएको भए स्टालिनले हिटलरलाई र माओले जापानलाई पराजित गर्नु सम्भव हुने थिएन भने नेपालमा २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था तथा २०६२–६३ सालको आन्दोलनद्वारा राजतन्त्रलाई समाप्त गर्नु पनि सम्भव हुने थिएन । त्यही प्रकारले वामपन्थी शक्तिका बिचमा मात्र एकता कायम गरेको भए ओलीको प्रतिगमनलाई पनि पराजित गर्न सम्भव हुने थिएन ।

    भाइको मुख्य कमजोरी बौद्धिक अराजकता नै हो । त्यसले गर्दा उनले एकातिर मार्क्सवादी–लेनिनवादी सिद्धान्त र अर्कातिर, वस्तुगत स्थितिसमेत माथि विचार नगरिकन स्वेच्छाचारी प्रकारले आफ्ना विचार प्रकट गर्दछन् । त्यसैले उनका विचार वस्तुपरकभन्दा बढी हवाई प्रकारका नै हुने गर्दछन् । त्यस प्रकारका विचारले बौद्धिक मनोरञ्जन दिन त सक्दछन् तर तिनीहरूले सिद्धान्त र वस्तुगत स्थिति दुवैसित मेल खादैनन् र परिणामस्वरूप तिनीहरूले प्रतिगमनको नै बढी सेवा गर्ने गर्दछन् ।

    अन्त्यमा, कुनै पनि विषयलाई हेर्ने कुरामा फरक दृष्टिकोण हुनुलाई अन्यथा लिनु हुँदैन तर अध्ययन, प्रक्रियागत छलफल, विषयलाई वस्तुगत परिस्थिति र व्यवहारसित दाजेर हेर्ने द्वन्द्ववादी तरिका आदिद्वारा त्यसमा एकरूपता कायम गर्दै जान सकिन्छ । ठिक त्यस्तै प्रकारले काम गर्दै जाँदा प्रत्यक मानिसमा केही न केही कमीकमजोरी देखा पर्दै जान्छन् । तिनलाई पनि सल्लाह सुझाव, आलोचना आत्मआलोचना, व्यवहार आदिद्वारा सुधार गर्दै लैजान सकिन्छ ।

    हामी आशा गर्दछौँ, भाइले पनि आफ्नो आगामी भूमिका र व्यवहारद्वारा हाम्रा यी सबै उनीप्रतिका विश्लेषण र आशङ्कालाई स्वयम् आफैले स्टाटसमा लेखे जस्तै “चिहान” मा पुर्ने छन् र आफूलाई एउटा अनुशासित र असल कम्युनिस्ट कार्यकर्ताको रूपमा विकास गर्ने छन् ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.