रामपुर । पाल्पाको रामपुरमा अखिल नेपाल महिला सङ्घको नगर समिति गठन भएको छ ।
२०८१ वैशाख २९ गते शनिबार सम्पन्न दोस्रो नगर भेलाले सो समिति गठन गरेको हो ।
भेलाले शान्ता पौडेल अध्यक्ष रहनुभएको नौ पूर्ण दुई वैकल्पिक गरी ११ सदस्यीय नगर सङ्गठन समिति गठन गरेको छ ।
समितिको सचिवमा बिस्नुमाया खाम्चा, कोषाध्यक्षमा जमुना सिग्देल तथा सदस्यहरूमा सावित्रादेवी गैरे, कुन्तादेवी गैरे, थमकुमारी गैरे, कविता आले, दिलमाया मल्ल र विमला परियार रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यहरूमा इसा सिजाली र देवी पौडेल रहनुभएको छ ।
महिला सङ्घकी जिल्ला सदस्य शान्ता पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पहिलसिंह सिँजालीले शुभकामना दिनुभएको थियो ।
भेलामा राजमो नगर अध्यक्ष रामप्रसाद गैरे, नगर सचिव भूवन सिजाली, नेताहरू रामबहादुर आले, सचिवालय सदस्य पदम पौडेल तथा अखिल नेपाल युवक सङ्घका पूर्णबहादुर आले, सूर्यप्रसाद गैरे, बाबुराम गैरेलगायतको उपस्थिति रहेको थियो ।
भेला कुन्तादेवी गैरेको अध्यक्षता, बिस्नुमाया खाम्चाको सञ्चालनमा सम्पन्न भएको थियो ।