• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : सांसद विश्वकर्मा (भिडियोसहित)


  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

    Advertisement

    राष्ट्रियसभाको सोह्रौँ अधिवेशनको पहिलो दिन २०८१ वैशाख २८ गते शुक्रबार मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘सडकमा सहकारीपीडित, मिटरब्याजपीडित, लघुवित्तपीडितको आन्दोलन चल्यो तर सरकारले उनीहरूको माग सम्बोधन गर्न सकिरहेको छैन । यो सरकारका गृहमन्त्रीबारे पनि चर्चापरिचर्चा छ’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा आफै सचेत भएर गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने हो ।’

    उहाँले यस्तो अवस्थामा देशका महान्यायाधीवक्ता र प्रहरीका प्रमुखले सफाइ दिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

    ‘तर उल्टै महान्यायाधीवक्ता, प्रहरीका प्रवक्ताहरूले गृहमन्त्रीलाई क्लिनचिट दिने नाटक गरिँदै छ । यो कुनै पनि प्रजातान्त्रिक मुलुकलाई सुहाउने विषय होइन’ सांसद विश्वकर्माको भनाइ थियो ।

    आफूलाई लोकतान्त्रिक मात्रै नभएर कम्युनिस्ट बताउने सत्तासिनको आलोचना गर्दै उहाँले भन्नुभयो– ‘हामी आफूलाई लोकतान्त्रिक, गणतान्त्रिक त्यसमाथि आफूलाई कम्युनिस्ट भन्छौँ । हामीले के गरिरहेका छौँ ? त्यसबारे विचार गरौँ ।’

    सांसद विश्वकर्माले भन्नुभयो– ‘यसलाई आत्मसीक्षा गरेर अगाडि बढ्न सकेनौँ भने यसको परिणाम राम्रो आउँदैन । यो निश्चित छ ।’
    नोट प्रकरणमा अडिग बढौँ

    मन्तव्यको क्रममा सांसद विश्वकर्माले सयको नोटमा देशको नेपालको पूर्ण नक्सा राख्ने विषयमा अडिग रहन सरकारसित आग्रह गर्नुभयो ।
    ‘हामीले सयको नोटमा नेपालको पूर्ण नक्साको चित्र राख्दा छिमेकीको टाउको दुखेको कुरा आयो । उसलाई साह्रै टाउकोदुखाइ भएर प्रतिक्रियासमेत आएको छ’ उहाँले भन्नुभयो– ‘सधैँ नेपालमा केही नयाँ भयो भने छिमेकीको टाउको दुख्छ, पेट दुख्छ ।’

    उहाँले परम्परादेखि भारतले आफूलाई बडे भाइ र नेपाललाई छोटे भाइ ठान्ने मानसिकताको परिणामस्वरूप अहिले यस्तो प्रतिक्रिया आएको विश्लेषण गर्नुभयो ।

    ‘यो छोटे भाइ र बडे भाइको अवधारणामा अझै सुधार आएको छैन । यो गलत छ’ उहाँले भन्नुभयो– ‘सरकारले यस सम्बन्धमा दह्रो भएर सामना गर्नुपर्दछ ।’

    उहाँले अगाडि भन्नुभयो– ‘सरकारले दह्रो भएर जवाफ दिनुपर्दछ, हामी छोटे भाइ र बडे भाइ होइनौँ बरु समान भाइ हौँ । आकारमा सानो वा ठुलो भए पनि अलग राष्ट्रियता भएपछि हामी सबै समान हौँ । यो अन्तर्राष्ट्रिय मान्यता हो ।’

    सङ्घीयताको विरोध राष्ट्रियता पक्षमा
    सांसद विश्वकर्माले मन्तव्यको क्रममा यसअघि मन्तव्य राख्ने सांसदहरूले सङ्घीयतालाई यसका विरोधीले किनारा लाउँछन् कि भन्ने प्रसङ्गमा टिप्पणी गर्नुभयो ।

    ‘सङ्घीयताका विरोध गर्नेहरू सबै एउटै डालेमा हाल्ने जस्ता छन् कि छैनन् ? तपाईंहरूले विचार गर्नुहोला’ उहाँले भन्नुभयो– ‘कतिपयले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयतालाई एउटै कुम्लोमा राखेर विरोध गर्दछन् । यता, सङ्घीयता नचाहने हामी पनि हौँ तर हामीले गणतन्त्र, लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता जोगाउन सङ्घीयताको विरोध गरेका छौँ ।’

    मन्तव्यको क्रममा उहाँले सङ्घीयता एउटा शासकीय प्रणाली मात्रै भएको बताउँदै नेपालको सन्दर्भमा सङ्घीयता अनुपयुक्त भएको बताउनुभयो ।
    उहाँको निष्कर्ष थियो– ‘हाम्रो देशलाई सङ्घीयता चाहिन्न भन्ने पक्षमा हामी छौँ ।’

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.