• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ काठेखोलामा उद्योगग्राममार्फत प्राङ्गारिक मल उत्पादन


  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । जिल्लाका १० पालिकामध्ये उद्योगग्राम स्थापनामा काठेखोला अघि छ । ‘एक पालिका एक उद्योगग्राम’ सञ्चालन गर्ने सरकारको योजना रहे पनि बागलुङका केही पालिकाले जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन् ।

    Advertisement

    काठेखोला गाउँपालिकाले उद्योगग्राम सञ्चालन गरी सोहीमार्फत पहिलोपटक प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ । बागलुङको काठेखोला–७ रेशमा रहेको औद्योगिकग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलोपटक प्राङ्गारिक मल बनाउन थालिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

    ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक दर्जन युवाले जङ्गलमा खेर गइरहेको पात, पतिङ्गर र झाडी सङ्कलन गरी पराङ्गारिक मल बनाउन थालिएको छ ।

    पहिलो चरण्मा दुई हजार पाँच सय केजी मल बनाउन थालेका छौँ । उक्त मललाई रेशको चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ’, वडाध्यक्ष लामिछानेले भन्नुभयो ।

    जङ्गलको झाडी र पतिङ्गर सङ्कलन गरेर औद्योगिक ग्राममा जम्मा गरी कृषि प्राविधिकको सल्लाहमा प्राङ्गारिक मल बनाउन प्लाष्टिकका ठूला थैलोमा प्याकिङ गरिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आगमी दुईदेखि तीन महिनाभित्र प्राङ्गारिक मल तयार भइसक्नेछ ।

    प्राङ्गारिक मल उत्पादनमा रेश वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गरिएको हो ।

    आद्यौगिकग्राममा पहिलो उद्योगका रूपमा प्राङ्गारिक मल उद्योग खोल्ने तयारीअनुसार परीक्षणका लागि मल उत्पादन गर्न सुरु गरिएको जनाइएको छ ।

    उद्योगग्राममा आवश्यक टहरा निर्माण, सडक पुर्याउने, विद्युतीकरण गर्नेलगायत काम गत वर्ष नै सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

    गाउँमा खेर गइरहेको पतिङ्गरलाई मल बनाउन सकिने भएपछि आयातित मलको प्रयोग घटाउने र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले प्राङ्गारिक मल उत्पादन गरी अग्र्यानिक कृषि उपज बढाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।

    दुई वर्षदेखि काठेखोला–७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको जनाएको छ ।

    आवश्यक उपकरण सञ्चालनका लागि विद्युतीकरण गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्याइसकिएकाले बनेका संरचनामा प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।

    काठेखोला गाउँपालिकाले उद्योग ग्रामका लागि रु ५० करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स–साना उद्योगहरूको योजना पालिकासँग रहेको बताउँदै वडाध्यक्ष लामिछानेले पालिकाको औद्यिगिकग्राम भए पनि वडास्तरीय स–साना उद्योग स्थापना गर्न थालिएको जानकारी दिनुभयो । उहाँले प्राङ्गारिक मल बनाउन थालेको औद्योगिकग्राममा चिया प्रशोधनसमेत गरिने बताउनुभयो ।

    वडाध्यक्ष लामिछानेका अनुसार अहिले रेशमा ३० हजार चियाका बिरुवा उत्पादनका लागि हुर्किरहेका छन् भने पाँच हजार चियाका बिरुवाले उत्पादन दिन थालिसकेका छन् । जङ्गल सफाइ हुने र जङ्गलको झाडीले मलसमेत बन्ने भएपछि यहाँका किसानलाई उत्पादनसँग जोड्न थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल बनाउन खटिनुभएका स्थानीय भूमिश्वर थापाले बताउनुभयो । उहाँले अस्थायी रूपमा रोजगारी पाएको भन्दै काम सिकेपछि विस्तारै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । युवालाई गाउँमै रोजगारी दिनका लागि औद्योगिकग्रामले ठूलो सहयोग मिल्ने उहाँको भनाइ छ ।

    तीन करोड बजेटमध्ये हालसम्म रु दुई करोड कार्यान्वयनमा गइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । औद्योगिकग्राम निर्माणपश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयलाई समेत पालिकाले प्रोत्साहन गर्नेछ । पहिलोपटक उद्योगग्राममा उत्पादन हुने दुई हजार पाँच सय केजी प्राङ्गारिक मल रेशका वडावासी किसानलाई सुपथ मूल्यमा प्रदान गरिने छ ।

    बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.