कावासोती । नेकपा (मसाल) को तीन अभियानको समापन भएको छ ।
एक सय पैतिसौँ मजदुर दिवस र नवौँ महाधिवेशनको घोषणासभासँगै उक्त कार्यक्रम २०८१ वैशाख १९ गते बुधबार नवलपुरको कावासोतीमा सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता चन्द्र सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटा, राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराई, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विक, राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतरा, अखिल नेपाल युवक सङ्घ नवलपुरका कावा अध्यक्ष गोविन्द अम्माई, रक्तिम सांस्कृतिक अभियानका क्षेत्रीय सदस्य भक्त उचै र रक्तिमका जिल्ला अध्यक्ष तथा कावासोती–१६ का जनप्रतिनिधि कृष्ण गिरीको आतिथ्य रहेको थियो ।
सहिदको सम्मानमा एक मिनट मौनधारण तथा रक्तिमको प्रस्तुति रहेको उक्त mकार्यक्रममा वक्ताहरूले नेकपा (मसाल) ले मात्रै माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई आत्मसाथ गरेको बताउनुभएको थियो ।
