• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

“मगरात राज्य” र मगर जातिको मुक्तिको प्रश्न


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • निमबहादुर बुढाथोकीमगर ##

    Advertisement

    सैद्धान्तिक पक्ष
    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यद्यपि बहुजातीय भएर पनि रुस, चीनमा जस्तो नेपालमा कुनै खास क्षेत्रमा खास जातिको बाहुल्यता रहेको छैन । नेपालका जाति तथा जनजातिलाई छुट्याएर हेर्दा जनजातिहरूको खास बाहुल्यता रहेको देखिन्छ । तर उनीहरूको भाषा, धर्म, संस्कृति मात्र होइन कि आर्थिक, सामाजिक, शैक्षिक एवम् राजनैतिक क्षेत्रमा समेत अत्यन्तै पिछडिएको स्थितिले उनीहरूप्रतिको राज्यस्तरको युगीन दासतालाई नै दर्शाउँछ ।

    १०४ वर्षे राणाशासन, ३० वर्षे एकदलीय निरङ्कुश पञ्चायती शासनमुनि मूलतः पञ्चहरूको खेलौना बन्दै आए पनि आफ्नो जातीय मुक्ति आन्दोलनलाई कठिन र ज्यानको बाजी थापेर आन्दोलनमा होमिएका आदिवासी जनजाति बहुदलीय व्यवस्था आएपछि सामान्यतः स्वतन्त्रताको आभास पाए । यसरी सङ्गठित हुने अवसर पाएका थुप्रै जनजातिका सङ्घसङ्गठन अहिले यो मुलकमा विद्यमान छन् र उनीहरूको सङ्गठित हुने चेतनाले उनीहरूको मुक्ति, हक–अधिकार खोजिरहेका छ । उनीहरू राज्यले दिने भाषिक, धार्मिक एवम् जातीय समानाधिकारको पक्षमा मात्र होइन, आफूमाथिको सबै खाले शोषणबाट उन्मुक्तिका लागि उनीहरू जातीय तथा स्थानीय स्वायत्त शासनको अधिकारसम्म पुग्न चाहान्छन् ।

    वास्तवमा जनजातिको एउटा भाग अझै पनि पुरानो सामन्ती एक जाति, एक भाषा एवम् घृणाबाट ग्रसित छन् तर शासनसत्तामा बस्नेहरूले त्यसैको फाइदा उठाएर राज्यले जनजातिलाई साम्प्रदायिकताको बिल्ला भिडाएर दमन गर्ने, सङ्गठित हुनबाट भड्काउने र स्वतन्त्रताबाट वञ्चित गर्ने गरेको छ । त्यसका साथै उत्पीडक जाति अर्थात् कथित खसजातिबाट विभेद र थिचोमिचो गर्नुुपर्छ भन्ने खालका जातिवादी पार्टीहरूले पनि जनजातिलाई काफी हदसम्म भ्रममा पारेका छन् ।

    अहिले पनि जनजातिलाई उनीहरूको उन्मुक्तिको दिशाबाट गलत दिशातिर मोड्ने प्रयत्न भइरहेको छ । किनकि अहिले पनि राज्यले गर्दै आएको उत्पीडनप्रतिको तीव्र घृणा र जातिवादी पार्टीहरूको उक्साहटबाट जनजातिलाई उन्मुक्ति दिने होइन बरु त्यसको बदलामा अरू उत्पीडन र हिंसाको नै शिकार बनाइरहेको अवस्था छ । यस्तो प्रकारको स्थिति पैदा भयो भने त्यसले नेपाली राजनीतिको एउटा ठुलो हिस्सा, खास गरेर साम्यवादी र समाजवादी आन्दोलनमा नै ठुलो क्षति पुर्याउने निश्चित छ । त्यसकारण मुलकमा आमूल परिवर्तन ल्याउन तथा हरेक प्रकारको शोषणबाट जनता र मुलुकलाई उन्मुक्ति दिलाउन चाहने परिवर्तनकामी शक्तिका लागि यो सवाललाई उपेक्षा गरेर छोड्ने होइन, समयमै गम्भीरतापूर्वक ठोस मार्गनिर्देशन गर्नु अति आवश्यक बनेको छ ।

    नेपालमा वर्गीय, जातीय, भाषिक, सांस्कृतिक सामाजिक, भौगोलिकलगायतका थुप्रै विविधता छन् । सामाजिक संरचना अत्यन्त जटिल प्रकारको छ । जातीय समस्या पनि विकराल छ । नेपालको यो विकराल जातीय समस्यालाई पहिले पहिले पूरै बेवास्ता गरिन्थ्यो । जातीय सवाल उठाउँदा बेवास्ता गर्ने, साम्प्रदायिक जातिवादी विखण्डनकारी भएको आरोप लगाउने गरिन्थ्यो । कम्युनिस्ट आन्दोलनमा पनि यस्तो प्रकारको दृष्टिकोण रहने गर्दथ्यो । केही आदिवासी जनजातिले जातीय कुरा मात्र उठाउथे, वर्गीय कुरालाई पूरै छाड्थे, जबकि एउटै जातिभित्र पनि विभिन्न वर्ग रहेका हुन्छन् ।

    बुर्जुवाहरूले जातीय सवाललाई उपेक्षा गर्नु वा नकारात्मक धारणा राख्नु स्वभाविकै हो तर आफूलाई कम्युनिस्ट बताउनेले त्यस्तो दृष्टिकोण राख्नु, खासगरी कम्युनिस्टका लागि वास्तवमा दुखद कुरा हो । क. माओले भन्नुभएको छ– “जातीय समस्या वर्गीय समस्याको एउटा रूप हो ।”

    नेपालको कम्युनिस्ट आन्दोलनमा पनि जातीय सवालबारे व्यापक र गम्भीर बहस र छलफल चल्यो र अहिले पनि चलिरहेका छन् । जातीय कुरा मात्र गर्ने, वर्गीय कुरा कत्ति पनि नर्गने र वर्गीय कुरा मात्रै गर्ने, जातीय कुरा गर्दै नगर्ने जस्ता दुवै प्रवृत्ति एवम् दृष्टिकोणको विकास भएर आएको छ अहिले पनि हाम्रो यो देश ।
    आदिवासी आन्दोलन जनजातिका लागि मात्रै होइन, कम्युनिस्ट आन्दोलनमा पनि गम्भीर प्रकारका प्रवृत्ति देखा पर्दै आएको छ । त्यसैले जातीय सवाललाई हेर्ने दृष्टिकोणले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराले बृहत् र विस्तृत व्याख्या गरेको मात्रै छैन, त्यसको स्पष्ट, ठोस एवम् वैज्ञानिक समाधान पनि बताएको छ ।

    हामीले चाहे त्यो कम्युनिस्ट आन्दोलनमा होस् वा आदिवासी जनजाति आन्दोलनमा होस्, मगरका कुरा, गुरुङका कुरा वा अन्य जनजातिका मुक्ति उत्थान, हक, हित र अधिकारको कुरा गर्ने सन्दर्भमा वर्गीय, जातीय र माक्र्सवादी दृष्टिकोणको विचार सिद्धान्तबाट समाधान खोज्नुपर्दछ । यो नै विश्वभरिका आदिवासी जनजाति होस वा नेपालका जाजातिको बारेमा होस्, यो नै राम्रो र सही बाटो हो ।

    नेपालमा अहिले कतिपय मानिसले जातजातिको सवाललाई वर्गीय सवालबाट अलग राख्ने प्रयास गर्दछन् वा त्यस्तो भइरहेको छ । त्यो सोचाइ गलत छ ।

    वास्तवमा जनजाति र वर्ग एकार्काेसँग गाँसिएका सवाल हुन् । जनजातिको सवाल निचोडमा लिँदा वर्गहरूको सवाल नै हो । जनजातिको सवाललाई विश्लेषण गर्ने वैज्ञानिक माध्यम, सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा नै हो । त्यसैले माओले भन्नुभएको छ– “जातीय सङ्घर्ष वर्गसङ्घर्षको सवाल हो ।”

    हामीले दह्रो गरी पक्रनुपर्ने वा मनमा राख्नुपर्ने एक मात्र सिद्धान्त यही हो । चाहे विश्वको जुनसुकै कुनामा होस्, चाहे नेपालमा होस, चाहे सामन्ती, अर्धसामन्ती, पुँजीवादी र साम्राज्यवादी मुलकमा होस्, जातीय प्रश्नलाई माक्र्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट बुझ्नैपर्छ । यसरी यो सिद्धान्तलाई ग्रहण गर्नुपर्छ ।

    मानव समाजको विकास
    जब पृथ्वीमा मानव समुदायले जन्म लियो, तब उसको बाच्ने आधार नै धर्ती र माटोसँग जोडिएर आयो । प्रारम्भिक कालमा प्रकृति अर्थात् भौतिक वातावरणद्वारा मानव समुदायमाथि पूर्ण रूपले नियन्त्रण गरिएको हुन्थ्यो । त्यस बेला मानिस प्रकृतिको दास नै थियो । उतिखेर मानिसको बथान हिँडडुल, घुमफिर गर्दै जाँदा प्राृकतिक रूपले त्यो क्षेत्रमा पाउन सकिने सिकार तथा खाद्य सामग्रीहरू मानव भोजनको रूपमा ग्रहण गर्नुपर्ने अवस्था थियो । मानव समूहले जुन क्षेत्रमा घुमफिर गर्दथ्यो, त्यही क्षेत्रमा पाइने जङ्गली जीवजन्तुको शिकार गर्ने र फलफूल, कन्दमुल तथा खाद्यान्न सामग्री सेवन गर्ने परम्परा बसेको हुनुपर्छ । किनकि त्यति बेला अहिलेको युगमा जस्तो यातायातको सुविधा थिएन । एक ठाउँमा उत्पादिन वस्तु अन्य टाढा टाढाको स्थानसम्म ओसारपसार गर्नु सम्भव थिएन । त्यति बेलाको पुरानो जमानामा प्रकृति र वातावरणसँग मिलेर अनुकूल परिस्थिति कायम गरेपछि मात्र मानव जीवन सफल बन्न सक्दथ्यो । अहिलेको स्थितिमा भने प्रकृतिमाथि मानिसले विजय प्राप्त गर्दै प्रकृतिलाई आफ्नो नियन्त्रणमा लिन धेरै हदसम्म सफल भएको छ तर अझै पनि प्रकृतिलाई पूर्ण नियन्त्रणमा भने लिन सकेको छैन र त्यसो गर्न सम्भव पनि छैन ।

    अहिलेभन्दा प्राचीनकालमा मानव जीवन प्राकृतिक वातावरणसँग अत्यन्त नजिक गाँसिएको थियो । प्रकृतिले जुटाइदिएका वस्तुहरू उपभोग गर्नु नै मानव समुदायका लागि एक मात्र बाच्ने आधार थियो । मानव इतिहासमा एक जमाना यस्तो पनि थियो कि मानिसहरू आफ्नो वंश वा कबिला समूहको रूपमा खुला आकाश, खुल्ला धर्तीमा खुल्ला रूपले हिँडडुल, घुमफिर गर्दा उनीहरूको खास भौगोलिक सिमान थिएन । त्यति बेला त्यस्तो हुनै सक्दैनथ्यो । त्यति बेलाको मानव समूहले खुला धर्तीमा आफ्नो समूदायसहित बथानका बथान आहाराको खोजीमा फिरन्ते जीवनशैली बिताउन बाध्य हुन्थे । संसारका सम्पूर्ण मानव समुदाय खुला धर्तीमा घुमफिर गर्दा वा फिरन्ते जीवन बिताइरहँदाको युगसम्म कुनै पनि भूमि कसैको अधिनमा थिएन ।

    संसारभरिका विभिन्न ठाउँँमा छरिएर रहेका यस्ता कैयौँ मानव बथानमा त्यहीँको हावापानी र वातावरणको प्रभाव थियो । उनीहरूको खानपान रीतिरिवाज, भाषा, भेषभूषा र बौद्धिक चिन्तनमा तत्कालीन प्राकृतिक प्रभाव स्वाभाविक रूपले पर्न गयो । त्यसको असर शारीरिक बनोट र रूपरङमा समेत पर्न गयो ।

    त्यसैले होला, कुनै ठाउँको मानिस गोरो, कुनै ठाउँको मानिस कालो र कुनै ठाउँको मानिस गहुँगोरो रङका भए भने कुनै पुड्का, कुनै अग्ला र कुनै मध्यम उचाइका भए । संसारका सम्पूर्ण मानव समुदायले डुलुवा जीवन बिताइरहेको त्यस अवस्थाको पुरानो युग पार गर्दै आउने सिलसिलामा पछि आएर जससङ्ख्या वृद्धिको क्रम बढ्दै गयो । त्यो स्वाभाविक पनि थियो ।

    समयको गति र परिवर्तनसँगै वंशबाट कविला र जनजाति आदिमा मानव समूह विकसित हुँदै आयो । एउटा समूह वा बथानलाई अन्य समूह वा बथानसँग अलग रहनुपर्ने अवस्था भयो । त्यसैअनुसार अन्य फरक भाषा र परम्परा भएको बथानले घुमफिर गर्ने क्षेत्रमा नजाने, आफ्नो बथानले घुमफिर गर्ने क्षेत्रमा अरूलाई आउन नदिने चलन विकसित भएको हुनुपर्छ तैपनि यति बेलासम्म आइपुग्दा घुमफिर गर्ने आ आफ्नै क्षेत्र मोटामोटी कायम भए जस्तो देखिएता पनि स्पष्ट भौगोलिक सीमाना भने छुट्टिसकेको थिएन । एउटा समूहले घुमफिर गर्ने क्षेत्रमा अर्काे समूहको अतिक्रमत र हस्तक्षेप भई नै रहन्थ्यो । जब डुलुवा जीवनबाट स्थायी बसोबासको जीवन सुरु भयो, तब आफ्नो समूहले बसोबास गर्ने जमिन स्वाभाविक रूपले कब्जा गर्नुपर्ने भयो र कब्जा पनि गरिए । यसरी मानव समुदायको स्थायी बसोबासको थालनी सबै क्षेत्रमा एउटै रफ्तारले भने हुन सकेन । कैयौँ भूभागमा मानिसले स्थायी जीवनको सुरुवात धेरै पहिले गरिसकेका थिए भने कतिपय ठाउँमा पछि मात्र सुरुवात भए ।
    आज झैँ पनि संसारको कैयौँ पिछडिएका जातिहरू फिरन्ते जीवनभन्दा मािथ उठ्न नसकेको उदाहरण हाम्रा अगाडि थुप्रै देख्न सकिन्छ । बढी उब्जाउ र

    मलिलो क्षेत्रमा बसोबास गर्ने मानव समुदायले बाँच्नका लागि प्रकृतिसँग त्यति धेरै जुध्नुनपर्ने हुँदा र आराम गर्ने मौका मिल्ने हुँदा संसारको विषयमा सोच्ने, विचार गर्ने र नयाँ नयाँ विषयामा अनुसन्धान गर्ने अवसर पाए । विभिन्न क्षेत्रमा प्राचीन मानव सभ्यताको विकास देखिन सक्यो । कैयाैँ नयाँ नयाँ वैज्ञानिक आविष्कारहरू भए । फलामको खोजी भयो र हातहतियारको रूपमा यसको प्रयोग गर्न जाने । सुरुको फिरन्ते कृषिबाट पछि स्थाथी कृषिप्रणाली सुरुवात गरियो तथा जङ्गली जीवजन्तुलाई पक्रेर घरपालुवासमेत बनाइयो । यसरी मानव सभ्यताको विकासक्रम इतिहासमा एकै प्रकारले समान ढङ्गबाट भइरहेको होइन ।

    कुनै भूभागमा बसोबास गर्ने मानव समुदाय अत्यन्त विकसित सभ्यताको स्तरमा पुग्न सफल भए भने कुनै भूभागमा बसोबास गर्ने मानव समुदाय वा समूह अत्यन्त पिछडिएको अवस्थामा अति नै पुरानो जीवनशैली जिउने तरिकामा भर पर्ने स्थिति पनि देखिन आयो । यसबाट हामीलाई के थाहा हुन्छ भने मानव समूहको विकासको सिढी एकैनासको थिएन । यसको तह र स्तर अत्यन्तै फरक फरक थियो । केही भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानव समुदायको संस्कृति र सभ्यता विकसित बन्दै गयो भने केही क्षेत्रमा बसोबास गर्ने मानव समुदायको संस्कृति र सभ्यताको विकास ढिलो र मन्द गतिमा हुन थाल्यो । अझै पनि विकट, दुर्गम र मानव बस्तीका लागि प्रतिकूल भौगोलिक क्षेत्रमा मानव सभ्यताको विकास हुन सकिरहेको छैन ।

    नेपालका जनजातिले संसारका सभ्य र विकसित मानव समुदायको भन्दा पछि स्थायी बसोबास र कृषिप्रणाली सुरु गरेको हुनुपर्छ । त्यसैले संसारका विकसित मानव सभ्यताको प्रभाव पनि यस क्षेत्रमा विस्तारै र अति ढिलो परेको हुनुपर्दछ । अहिलेसम्म पनि नेपालका राउटे, चेपाङ, कुसुन्डा जस्ता आदिवासी जनजातिहरू सामाजिक विकासको दृष्टिले साह्रौ पिछडिएको अवस्थामा रहेका छन् ।

    अब हामी मगर र “मगरात” को कुरा गरौँ ।
    मगरहरू शिल्पी, परिश्रमी, कूटनीतिज्ञ, योद्धा, खानीकर्मी, सेवा, प्रहरी गुप्तचर र व्यापार साथै कृषि पशुपालन उद्योगतिर लागेका छन् । मगरका ४०० भन्दा बढ्ता थर छन् तापनि मूलतः घर्ती, थापा, पुन, राना, आग्री, आले, गुरुङचन, रोका, बङसाली, बुढा एसमाली, मास्की, हिस्के, थुसिङ, गाता सिंठारी आदि मानिन्छन् । यी जातिका धेरै उपजातहरू छन्, जो ठुलासाना पनि ठानिन्छन् । मगरहरू धामीझाक्री, तन्त्रमन्त्र, र भुतप्रेत लागो, भागोमा विश्वास गर्दछन् ।

    मारुनी नाच र कोरो (कौडा) नाच मगरका मूलनाच मानिन्छन् । आफ्नै जातमा थर भने अलग पारेर मगरको फुपूचेला र मामाचेलीबिच विवाहवारी हुन्छ ।

    भुसाल पुरेतले विवाहकर्म गराइदिन्छन् । कुनैले ब्राह्मण पुरोहित पनि राख्दछन् । डोल्पाका काइके मगरले बौद्धधर्म र अन्य मगरहरू आफ्ना पितृसँग सम्बन्धित धर्म मान्दछन् ।

    डोल्पाका काइके मगरहरू सप्तऋषिका सन्तान मानिन्छन् । त्यो कुरा से–फोक्सुन्डो ताल (सप्तऋषि दह) भन्दा आग्नेयतर्फको क्रख्या गाउँले पुष्टि गर्दछ । यस जातिले नवजात शिशुको ९–११ दिनमा नामकरण गर्छ । छोरीको ५ महिनामा छोराको ६ महिनामा पास्नी गर्ने चलन छ । ५, ७, ९, ११ जस्ता विजोर वर्ष मानेर छेवर गर्ने मगर जातिमा १७ वर्षभन्दा माथि उमेर भएपछि विवाह गर्ने चलन छ । मगर जातिको परिवारभित्र मृत्यु परेमा कर्म नचलेको भए गाड्ने, कर्म चलेको भए विधिपूर्वक दाहसंस्कार वा जलाउने गर्दछन् ।

    मगर जातिका मानिसलाई ब्रिटिस गोर्खाभर्तीमा मन पराइन्थ्यो । इमानदार, लडाकु जातिका नामले यिनीहरूलाई भारतीय सैनिकको रूपमा पनि भर्ती लिने गरिएको छ । सेनामा काम गर्नु मगर जातिले पहिलो प्राथमिकताभित्र पर्ने रोजगारी देखिएको छ ।

    नेपालमा विभिन्न आदिवासी जनजातिमध्ये सबैभन्दा ठुलो जनसङ्ख्या भएको आदिवासी मगर हो । मगर जाति नेपालको हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको जाति हो । मगरको कतिपय थर, उपथर† जस्तै ः बुढाथोकी, राना, थापा, पोखरेल आदि अन्यजातिसँग मिल्न गएको र अन्य जातिभन्दा लचिलो भएकाले गर्दा पनि उनीहरूको जनसङ्ख्या कम हुन सक्ने आँकलन गरिएको छ ।

    मगरहरू हिन्दु धर्ममा परिवर्तन हुन चाहेनन् । थापा, राना, बुढा, घर्तीहरू मगर नै रहे भने जजसले हिन्दु धर्मको ग्रहण गरे, उनीहरू थापाक्षेत्री, रानाक्षेत्री, र बुढाक्षेत्री आदि भए (हडसन, सन् १८५७, पृ. १४३, बुढामगर (२०४९, पृ. ९) । विद्वान हड्सनको यो भनाइले मगरहरू हिन्दु धर्म ग्रहण गरेर क्षेत्री बनेका र मगरको जनसङ्ख्या घटेको तथ्यलाई मान्न सकिन्छ ।

    नेपालको प्रायः धेरैजसो ठाउँ या भूगोलमा मगरको बसोबास छ । नेपालका अन्य आदिवासी जनजातिको उपस्थिति मगरको जस्तो जताततै छरिएर रहेको पाइन्न । राई, लिम्बु, याख्खाहरू पूर्वका केही क्षेत्रमा मात्रै सीमित छन् । याक्खा र याक्थुडा अरुणपारि पल्लोकिराँत या लिम्बुवानमा सघन रूपमा बसोबास गर्दछन् भने अरू किराँतीहरू वल्लोकिरातको तामाकोशी, सुनकोशी र दुधकोशी, माझकिराँत क्षेत्रमा बसोबास गरेको पाइन्छ । त्यसैगरी थारूहरू मूलतः तराईमा पाइन्छन्, हिमालमा पाइन्नन् र अन्य थकाली, शेर्पा, तामाङ पनि निश्चित पहाडी तथा हिमाली भूभागमा मात्र बसोबास गरेको पाइन्छ तर मगरहरू हिमालदेखि पहाड पूर्वदेखि पश्चिम, जहाँतहीँ बसोबास गरेको र छरिएर रहेको पाइन्छ । यद्यपि मगरहरूको पनि नेपालको पश्चिम क्षेत्र धौलागिरी र कालीगण्डकीको सेरोफेरोमा सघन बस्ती छ ।

    मगरहरू किन यसरी छरिएर रहे ? उनीहरूलाई कसरी त्यहाँ पुर्याइयो ? के कारणले छरिन बाध्य भए ? यो पनि एउटा खोजीको अर्काे विषय बन्न सक्ला ।
    राजनीतिक रूपमा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा मगरलाई सेनाको रूपमा जहाँ जहाँ लगे, त्यहाँ त्यहाँ मगरले आफ्नो बसोबास गरेको हुनाले पनि मगरहरूको बसाइँ विस्तार भएको भन्न सकिन्छ । लडाइँ र सेनाको सामरिक महत्त्व राख्ने पूर्वका केही गढीहरू, जस्तै : सिन्धुलीगढी, उदयपुरगढी, चौदन्डीगढी जस्ता ठाउँमा मगरको बस्ती हुनुले पनि मगरहरू लडाइँको मोर्चामा आबद्ध भएर पूर्वतिर सर्दै गएको तथ्यलाई मान्न सकिन्छ ।

    नेपालमा मगर जातिको आगमन जस्तै उनीहरूको नाम कसरी मगर रहन गयो भन्ने बारेमा पनि विद्वान्हरूमा फरक फरक मत पाइन्छ । यसको बारेमा विभिन्न किंवदन्ती पाइन्छ ।

    मगरलाई विभिन्न ठाउँमा विभिन्न नामले पुकारिने गरिन्छ । जस्तो कि पूर्वी नेपलाको इलाम, पाँचथरमा ‘महर’ भन्ने गरिन्छ । त्यस्तै, सिक्किममा च्याङ भनिन्छ (जर्ज एल ह्यारिस एन्ड अर्दर† सन् १९०३, पृ. ५०, बराल† २०३९, पृ. २५) । नेपालको लागि पहिलो ब्रिटिस मिसनरी कर्कप्याट्रिक (सन् १९६९, पृ. १०३) ले मगरलाई मुग्गर भनेका छन् । रोल्पा, रुकुम र प्युठानतिर मगरहरूले एकआपसमा ‘परे’ भने र सम्बोधन गर्ने गर्दछन् भनेर बालाराम घर्तीमगरले केशरजङ्ग बरालमगरसँगको अन्तर्वार्तामा भनेको कुरा बराल (२०३९, पृ. २५) ले उल्लेख गरेका छन् । जुम्ला, डोटी र कुमाउँ भेगतिर मगरलाई ‘महर’ भन्ने गर्दछन् । पहिले पहिले मगरलाई प्रजा जाति पनि भन्ने गरेका पाइन्छ (रेग्मी, सन् १९७६, पृ. ७) । ‘महर’ शब्द कालान्तरमा अपभ्रंश भई मगर भएको हो भन्ने तर्क पनि पाइन्छ ।

    गण्डकी प्रदेशलाई ‘महर्लोक भनिन्थ्यो । महर लोकका बासिन्दा महर भनिएको र पछि अपभ्रंश भएर मगर भएको हुन सक्छ । यो तथ्यलाई जुम्लेली राना पुन्य मल्लको कनकपत्र १२२५ ले पनि पुष्टि गरेको छ । त्यो कनकपत्रमा पनि महाराजा जिका महर, महतो, मगर राजाहरूको उल्लेख भएको र मगरात प्रदेशलाई महरलोक भनेर उल्लेख गरिएको हुनाले मगरात प्रदेशलाई महरलोक भनेर उल्लेख गरेका पाइन्छ भनेर एमएस थापामगरले आफ्नो पुस्तक प्राचीन मगर र आख्खा (२०४९) लिपिमा उल्लेख गरेका छन् । यसर्थ कनकपत्र अनुसार ‘महर’ शब्द अपभं्रश भएर मगर बन्न गएको हो ।

    मगरात र मगर जातिको सम्बन्ध
    नेपाली बृहत् शब्दकोशमा मगर तथा “मगरात” शब्दको अर्थ उल्लेख गरिएको छ । मगर भन्नाले नेपालको मध्यपश्चिम पहाडी क्षेत्रमा बस्ने भोटबर्मेली भाषिक समूहको एक जाति मगरातका आदिवासी भनिएको छ । त्यस्तै “मगरात” लाई विशेष रूपमा मगरको बसोबास तथा प्राचीन राज्य भएको क्षेत्र भन्ने बताइएको छ । त्यसैले मगर शब्दको अर्थ र श्रोतको बारेमा स्पष्टता छैन । किराँतहरूको मौखिक परम्परा मुन्धुममा मगरलाई दश जातिमध्ये एउटा जाति, जो पश्चिमतिरबाट विकसित हुँदै आएको भनिएको छ । मगरहरू पश्चिमको बाटो हुँदै विस्तारै नेपालको केन्द्रीय पहाडतिर बसाइँसराइ सर्दै आए । कल्हान्सको राजतरङ्गिनीअनुसार एक जना मध्यकालीन कस्मिरी शासक, जसले गण्डकी क्षेत्रमा शासन गर्दथ्यो, लाई मगर मुखिया अरिमुडीले लडाइँमा हराइदिए ।

    त्यसैगरी पौराणिक कथाअनुसार बलिहाङ भन्ने शक्तिशाली मगर पाल्पाका मुखिया राजा या प्रमुख थिए । १२ ओटा सुन्दर राज्यहरूको सङ्घ बाह«मगरात थियो । त्यसको क्षेत्र आजको तनहुँदेखि रोल्पासम्म फैलिएको थियो । तेह्रौँ शताब्दीपछि खसहरूले त्यसलाई कब्जामा लिए । दुई शताब्दीपछि मगर राज्य ठकुरी राज्यमा परिवर्तन भयो ।

    सेन ठकुरीले दक्षिण र खस ठकुरीले पश्चिमबाट मगरलाई आक्रमण गरे । यसरी मगरात राज्य खसराज्यमा विस्तार भयो । त्यति बेला मगरहरू (जो सेनाको उच्च ओहदामा थिए) ले आफूलाई जात बदलेर क्षेत्री जातिमा परिणत पनि गरे । मगरमा क्षेत्रीय विविधता पनि छ । तार्कोटे मगर भोटिया मगर हुन् ।

    धौलागिरीको दक्षिणी भागतिरको उच्चपहाडी भागमा बस्ने मगर प्रायः पुनमगर छन् । उनीहरू प्रायः गोठाला, ग्वाला वा गाई, भेडा पालेर जीविका गर्दथे ।

    उनीहरूको पुर्खालाई खर्पा खे भन्ने गरिन्छ (गुरुङ, सन् १९९५, पृ. ४३) ।

    अठाह्रौँ शताब्दीका राजा पृथ्वीनारायण शाहलाई मगर, गुरुङ र खस सेनासँग ठुलो विश्वास थियो । यी दुवैलाई मिलाएर उनले सैनिक बल बनाएका थिए ।

    मगर र मगरातको ऐतिहासिक प्रमाणको रूपमा गोरखाका भुसाल मगरसँग मगर राजाका केही पुराना लिपि र ताम्रपत्र छन् भन्ने भनाइ छ । नेपालका केही क्षेत्र थिए, जहाँ भुसाल मगरले परम्परागत नीतिनियमअनुसार विवाद समाधान गर्दथे । उनीहरूले यो अधिकारबारे कसैले राणालाई सुनाइदिएपछि राणा सरकारले त्यो अधिकार भुसाल मगरबाट खोसेर लिएका थिए भनी डोरबहादुर विष्ट (सन् १९६४, पृ. ६४) ले लेखेका छन् ।

    पृथ्वीनारायण शाहको राज्यविस्तारभन्दा अगाडि मगरको राज्य मगरातमा मगरको स्वतन्त्र र छुट्टै राज्य थियो ।

    पृथ्वीनारायण शाह गोरखाली थिए । उनी नेपाललाई एकीकरण गरी काठमाडौँलाई राजधानी बनाउनुभन्दा पहिले गोरखामा बस्थे । उनले नेपाललाई एकीकरण गर्नपूर्व गोरखा मगरात राज्य थियो र मगरातको स्वतन्त्र अस्तित्व थियो । गोरखाका घलेमगर राजालाई षड्यन्त्रपूर्वक सत्ताच्यूत गरेर द्रव्य शाहले गारखामा शाह वंशको राज्यसत्ता स्थापना गरेको कुरा इतिहासमा पढ्न पाइन्छ ।

    शाह वंशकोे उदय गोरखाबाटै भएको र पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा ‘मगरातको राना मै हुँ’ भन्नुले पनि मगरात अर्थात् मगर जातिको स्वतन्त्र राज्य थियो भन्ने (दिव्य उपदेश, २०७०, पृ. ५९) बुझिन्छ । अहिलेसम्म लेखिएको इतिहासमा पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गर्नुपूर्व मगर राज्यको विस्तृत व्याख्या र विवरण कसैले लेखेको पाइँदैन ।

    नेपालको प्राचीन तथा मध्यकालीन राजनीतिक इतिहासमा मगर जातिको सन्दर्भमा एक मत पाइदैन । लिच्छविपछि नेपाल एकीकरणअघि सम्मको समयलाई नेपालको इतिहासमा मध्यकाल (इसाको नवौँदेखि अठाह्रौँ शताब्दी) मानिएको छ । यसमा मध्यकालको पूर्वाद्र्ध इसाको नवौँदेखि बाह्रौँ शताब्दीलाई नेपालको इतिहासमा अन्धकार युग भनिएको छ । राजा शिवदेवको समयमा (संवत् ११५६ तिर) ‘मग्वर’ विषयमा श्री साहेब राने (रानामगर) विषयाधिपति भएको उल्लेख पाइन्छ । इसाको एघारौँ बाह्राैँ शताब्दीतिर मुस्लिम आक्रमणबाट बच्न गण्डकी प्रदेशमा प्रवेश गरेका हिन्दु राजपुतले (भारतीय ठकुरी) विस्तारै मगरातका मगर, गुरुङ शासकलाई विस्थापित गराउने क्रम बढ्दै गयो । इसाको चौधौँ शताब्दीको प्रारम्भतिर दिल्लीका सुल्तानले चितौरगढमा आक्रमण गरेपछि राजपुतहरूको अर्काे समूह पनि गण्डकी प्रदेशमा भित्रिएको थियो । इसाको चौधौँ शताब्दीतिर हालको पाल्पा जिल्ला बल्डेङगढी क्षेत्रका बलिहाङ रानामगरले ससाना मगर राज्यलाई एकीकरण गरी शक्तिशाली बलिहाङ राज्यको स्थापना गराएका थिए ।

    संवत् पन्ध्राैँ शताब्दीको उत्तराद्र्धमा आएर पश्चिमको खसानमा बाइसी र गण्डकी प्रदेश अर्थात् मगरातमा चौबिसी राज्यको उदय हुन गयो । मगरातमा धुर्काेट (संवत् १४६५), खाँची (संवत् १४९२), गुल्मी (संवत् १८९३), अर्घा (संवत् १४९०), पाल्पा (संवत् १५५०), मुसिकोट (संवत् १५५०) र इस्मा (संवत् १५५०) राज्य स्थापना भएपछि यी राज्यहरू मिलेर संवत् १६०० तिर बलिहाङ राज्यको अस्तित्व समाप्त (पूर्ववत २०६७, पृ. १६९) पारिदिए । चौबिसी राज्यहरूमा शक्तिशाली मानिएको पर्वतको अन्तिम राजा कीर्तिबम मल्लको समयको एउटा राजकीय कागजमा ‘भुज्यालको बिर्ता’ (सामन्ती मगर राज्यलाई दिइने गरेको कर) उल्लेख गरिएको र संवत् १८४६ को एउटा लालमोहरमा निसीभुजी (हाल भुजेल जातिको उद्गम भूमिको दाबी तर त्यस क्षेत्रमा भुजेल जाति नभएर भुजी ठाउँको वासिन्दा भुजेलको रूपमा बुझिने) लाई पराजित गरी १२ हजार (दण्ड) तोकेको कुरा उल्लेख भएकाले पुरानो निसीभुजी राज्यका मगरको राजनैतिक तथा प्रशासनिक प्रभाव नेपाल एकीकरणको समयसम्म पनि रहेको कुरालाई प्रमाणित गर्दछ ।

    बागलुङको निसीभुजीका भुजेलमगर (भुजेल जाति भनी प्रतिष्ठान ऐन–२०५८ ले परिचान गरेको) शासकले संवत् १४९३ मा आनन्द बमलाई आफ्नो राज्यको राजा बनाएदेखि पर्वतका अन्तिम राजा कीर्तिवम मल्लसम्मका राजाहरूबाट राज्यकर (सिर्ती) लिँदै आएको बुझिन्छ । गोरखालीको एकीकरण अभियानका विरुद्ध पनि निसी भुजीका भुजेल मगरहरूले विद्रोह गरेकाले कुरा वि.सं. १८४६ असोजको एउटा पत्रमा “निसीभुजीलाई षतम गरी बाह्र हजार दण्ड दुई हजार रुपैया बुझाई दश हजार रुपैया सरकार चढाई पठाउँला” भन्ने उल्लेख भएबाट स्पष्ट (श्रेष्ठ, २०५९, पृ. ३३) हुन्छ । निसीभुजीमा मगर राजाको वंश रजौटाको रूपमा नर पुन अझै भएको कुरा योगी नरहरिनाथ र गुरुङ (संवत् २०२०, पृ. २९) ले उल्लेख गरेका छन् ।

    प्राचीन तथा मध्यकालमा बाह्रमगरात तथा अठारमगरातमा मगर राजाहरूले राज्य गर्दथे भने त्यसपछि बाइसी/चौबिसी राज्य तथा वल्लोकिरात, माझकिराँत र पल्लोकिराँत जस्ता राज्यहरू (घर्तीमगर, संवत् २०६१, पृ. ४२) थिए । मगरात राज्यहरू बाइसी/चौबिसी राज्यहरूको निर्माणसँगै विघटन भएको देखिन्छ भने निसीभुजी राज्यलगायतका अन्य केही राज्य आधुनिक नेपालको निर्माणमा पछि पनि अस्तित्वमा रहेको देखिन्छ ।

    चौबिसी राज्यलाई परिभाषित गर्ने क्रममा बानियाँ क्षेत्री (संवत् २०६३) ले मगर, गुरुङलगायतका थुमहरूलाई विस्थापित गरेर सेन, मल्ल र शाह वंशका शासकले स्थापना गरेको राज्यलाई चौबिसी राज्य भनिन्छ भनेका छन् । इतिहाकार सुवेदी (संवत् २०६३) अनुसार पाल्पा मगरातअन्तर्गत अनेक थुममा शासन गर्ने मगर मुखिया थिए । पाल्लामा सेनवंशीय राजाको राज्य स्थापना हुनुपूर्वको कालसम्म बल्ढेङगढी राज्य शक्तिशाली थियो । त्यस बल्ढेङगढी राज्यका संस्थापक बलिहाङ राना मगर थिए भने अन्तिम राजा रणवीर रानामगर थिए ।

    भान्सि राई (इस्वी १९९१) अनुसार पहिलेदेखि नै नेपालका धेरै भूभागमा मगरको बसोबास रहँदै आएको छ । पश्चिम नेपालको भूभागको मूल भूमिमा नेपालको एकीकरणभन्दा अगाडि नै यी क्षेत्रहरूमा मगरको मौलिक र व्यवस्थित बस्ती रहेका थिए । त्यसैले भूमि वा जमिनसँग नजोडिएको जातीय अस्तित्वको कुनै अर्थ रहँदैन ।

    मगर जातिको अस्तित्वलाई मगर जातिले बसोबास गर्दै आएको भूभागलाई अलग्याएर छुट्टै राज्य मगरात राज्य बनाएर बुझ्ने गल्ती गर्नुहुँदैन तर अहिलेको अवस्थामा त्यस्तै गलत चिन्तन, गलत विचारतिर अघि बढिरहेको देखिन्छ । यस्तो अहिलेको परिस्थितिमा हामी सही बाटो छोडेर गलत बाटोमा हिँडेका हुन्छौँ ।

    यसले मगरको वास्तविक मुक्ति हुन सक्दैन । अहिले देशैभरि जहाँ जहाँ मगरको बस्ती बसोबास छ, त्यहाँ मगरको सिङ्गो पुर्खादेखि जातीय विकास र अस्तित्व जोगाउन आजको युगसम्म हाम्रो सामुन्ने ल्याइपु¥याउन योगदान र मदत मिलेको छ ।

    अन्तराष्ट्रिय क्षेत्रमा पनि जातीय अस्तित्वका लागि प्यालेस्टाइन, गोर्खाल्यान्ड, बोडोल्यान्ड, कस्मिर, चेचेन्या, झारखण्ड, आदिमा यी सवाल उठ्ने गरेका छन् ।

    भारतमा लामो समयदेखि सङ्घर्षरत जनताले मध्यप्रदेशबाट छत्तिसगढ, उत्तर प्रदेशबाट उत्तराखण्ड र विहारबाट झारखण्ड अलग्गिएर हालै स्वायत्तता प्राप्त गरेका छन् । सोभियत रुसमा समाजवादी व्यवस्था पतन भएपछि थुप्रै गणराज्य अलग भएर स्वतन्त्र राज्य बनेका छन् । त्यो विकसित राष्ट्रको हकमा हो तर हाम्रो नेपालमा जातीय हिसाबमा पनि भौगोलिक रूपमा पनि त्यो व्यावहारिक छैन । नेपाल जस्तो सानो मुलुकमा जातिजनजातिको राष्ट्रको रूपमा विकास नभइसकेको अवस्थामा हामी मगरात, तमुवान, ताम्सालिङ भन्न थाल्यौँ भने फेरि हामी पृथ्वीनारायण शाह कालभन्दा अघि पश्चगामी दिशामा पुग्छौँ । हामी त नेपालका १२५ भन्दा बढी जनजाति र जातिहरूको भाषा, संस्कृति, आर्थिक, राजनैतिक, हरेक क्षेत्रबाट विकास गरेर, जो अझै पनि पिछडिएका र फिरन्ते अवस्थामा रहेका राउटे, चेपाङ, कुशुन्डा जस्ता जनजातिलाई पनि राज्यको मूलप्रवाहमा ल्याई उनीहरूको विकास गर्दै अग्रगामी दिशामा बढ्दै जाने कुरामा ध्यान दिनुपर्छ । त्यसरी नै सम्पूर्ण जनजातिको मुक्तिका लागि सङ्घर्ष गर्नुपर्छ ।

    हामीले नेपालका जनजातिहरू मगर, गुरुङ, राई, लिम्बु, राउटे, कुशुन्डा आदिका समस्या वा अन्य समुदायका समस्याको न्यायपूर्ण र प्रगतिशील समाधानका लागि सङ्घर्ष वा आन्दोलन गर्ने बेलामा बेग्लाबेग्लै जातिहरू मगर, गुरुङ, राई, लिम्बु, तामाङ राज्य बनाउने सवालमा पृृथक राष्ट्रको रूपमा हेरेर लेनिनको प्रसिद्ध भनाइ “राष्ट्रको आत्मनिर्णय अधिकारको आधारमा वा “जातीय राज्य” को आधारमा उनीहरूको बेग्लाबेग्लै राज्यको रूपमा स्वीकार गर्ने गल्ती गर्नुहुँदैन । राष्ट्रको बारेमा त्यो कुरा सत्य हो तर जनजाति (मगर, गुरुङ, राई, लिम्बु, तामाङ आदि) को बारेमा होइन । किनकि नेपालको परिस्थितिमा (मगर, गुरुङ, थकाली, छन्त्याल) जनजातिको अर्थ स्वतः राष्ट्र हुन्न र एउटा राष्ट्रभित्र कैयौँ जातिजनजातिहरू हुन्छन् ।

    स्टालिनले इटलीको उदाहरण दिँदै भन्नुभएको छ– आधुनिक इटली राष्ट्र रोमन, ग्रीक, अरब आदि जातिबाट विकास भएर बनेको थियो । फ्रान्स राष्ट्र पनि त्यही किसिमले कैयौँ जातिबाट बनेको थियो ।” यो कुरालाई अझ स्पष्ट पार्दै स्टालिन लेख्छन्– “एउटा राष्ट्र जातीय होइन तर जनताको ऐतिहासिक रूपले निर्मित समुदाय हो ।” त्यसकारण सङ्कीर्ण जातिगत आधारमा एउटा जातिबाट अर्काे जातिलाई पृथक बनाउने प्रकारका सबै दृष्टिकोणको विरोध गर्नुपर्दछ ।

    हाम्रो आन्दोलनको उद्देश्य विभिन्न जातिलाई एकार्काेबाट अलग पार्ने र फुटाउने होइन, प्रगतिशील आधारमा उनीहरूका बिचको एकतालाई उच्च धरातलमा निर्माण गर्नु हो र हुनुपर्दछ । नेपालका जनजाति (गुरुङ, मगर, राई, लिम्बु, छन्त्याल, भोटे, शेर्पा, थकाली आदि) लाई आफ्नो हक, अधिकार र विकासका लागि जो जसको, जुन ठाउँमा घनीभूत (सघन) रूपमा बसोबास गरेका छन्, त्यहाँ अहिलेको अवस्थामा राज्यले स्थानीय स्वशासन दिनुपर्छ । स्थानीय स्वशासन भनेको आफ्नो प्रशासन वा सरकार बनाउने अधिकार वा आफ्नै शासन हो । कुनै देशको केन्द्रीय सरकारले कुनै समूह वा समुदाय वा जातिलाई कुनै भूभागमा आफ्नै शासन चलाउने अधिकार प्रदान गरेको हुन्छ तर रक्षा, अर्थ, विदेश मामिला केन्द्रीय सरकारको मातहतमा रहेको हुन्छ । यस्तो अधिकारलाई स्वायत्तता भनिन्छ । यसको मुख्य उद्देश्य कुनै जाति वा समुदायलाई समानता र समान अधिकार प्रदान गर्नु तथा आफ्नो विकास आफैले गर्न पाउने पूर्ण अवसर दिनु हो ।

    यो अधिकारप्राप्त जातिले आफ्नो शासन वा प्रशासन आफैले सञ्चालन गर्दछ ।

    चीनमा क्षेत्रीय÷जातीय स्वायत्तताको व्यवस्था थियो । त्यहाँ विभिन्न जातिको समानताको आधारमा एकीकरण गर्ने उद्देश्यले स्थानीय स्वायत्त शासन लागु गरिएको थियो । चीनमा अल्पसङ्ख्यक जातिलाई स्वायत्तता प्रदान गरिएपछि ती जातिका जनताले आफ्नो विकास गरेको मात्रै होइन, देशकै राजनीतिमा पनि सक्रिय भूमिका खेलेको पाइन्छ । चीनमा यस्ता थुप्रै स्वायत्त क्षेत्र, प्रोभिन्स, काउन्टी र प्रिफेक्चर स्थापना गरिएका छन् । त्यति मात्रै होइन, अझै अनौठो वा महŒवपूर्ण कुरो के छ भने कुनै जातिको बाहुल्य भएको क्षेत्रमा पनि अर्काे जातिको स्वायत्त शासन हुन सक्छ† जस्तै : चीनको भित्री मङ्गोलिया स्वशासित क्षेत्रमा मङ्गोलियनहरू त्यस क्षेत्रको कुल जनसङ्ख्याको केवल १० प्रतिशत छन् तापनि त्यस क्षेत्रमा सम्पूर्ण निकायमा ५० प्रतिशतभन्दा बढी स्थान मङ्गोलियन जातिले नै ओगटेका छन् । त्यसकारण मूल नीति वा स्वायत्तता त्यो जातिको बाहुल्यतालाई हेरेर होइन कि त्यस जातिको संरक्षण र संवद्धर्नन गर्ने उद्देश्यले बनाएको वा दिइएको हुन्छ ।

    त्यसैले हामीले नेपालमा पनि कुन बाटो हिँड्ने भन्ने कुरा पहिचान गर्न अलिकति इतिहासतिर फर्कनुपर्ने हुन्छ । हाम्रा अग्रजहरूकै ठुलो बलिदानबाट २००७ सालको परिवर्तन भएको थियो । पछि काङ्ग्रेसले गलत बाटो लिँदा २०१७ सालमा महेन्द्रले राजनैतिक “कू” गरेका थिए । थुप्रै सङ्घर्षपछि नयाँ परिवर्तनका लािग २०४६ साल पर्खिनुप¥यो । पञ्चायत अन्त्य गरेर बहुदल ल्याउन हाम्रा अग्रजले गरेको सङ्घर्ष, उहाँहरूले गरेको लामो समयको भूमिगतकालीन आन्दोलनको फलस्वरूप मुलुकमा बहुदल आएको हो । मुलकले चाहेको परिर्तनका निम्ति बहुदल मात्रै काफी थिएन र परिवर्तनको राजनीति गर्ने दलका नेताहरू जनतालाई थप स्वतन्त्र बनाउन चाहान्थे तर २०४६ सालपछि एमाले र काङ्ग्रसले गलत बाटो लिँदा नेपाली जनताले पुनः ठुलो सङ्घर्ष गर्नुप¥यो ।

    २०५२ माओवादीले गलत बाटो लिँदा कथित जनयुद्ध ग¥यो । त्यसले नेपालका विभन्न जनजातिलाई हाम्रो सत्ता आएपछि मगरात राज्य, तमुवान राज्य, ताम्सालिङ राज्य, नेवा राज्य, लिम्बुवान, खम्बुवान, राज्य दिन्छु भनी मगर, गुरुङलगायतका जनजातिलाई युद्धमा सामेल गर्याे । धेरै संरचना ध्वस्त भए । धेरै मगर, गुरुङलगायत जनजाति सहिद भए ।

    २०६२–६३ सालमा नेपालका जिम्मेवार सात राजनैतिक दल र माओवादीसहितको ठुलो जनआन्दोलनले राजतन्त्र फालेर गणतन्त्र ल्यायो । त्यो एउटा महान् परिवर्तन थियो । जनताले त्यो परिवर्तनको नेतृत्व गर्ने राजनीतिक दललाई त्यसको जस दिइसकेका छन् ।

    हामीले नयाँ संविधान ल्यायौँ । गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको व्यवस्था गर्याेँ तर त्यसको ठिक ढङ्गले कार्यान्वयन हुन नसक्दा नगारिकमा असन्तुष्टि बढेको छ ।

    समय गतिमा हुन्छ । गतिले नयाँँ परिस्थितिको सिर्जना गर्छ र उक्त परिस्थितिले नयाँ एजेन्डाको माग गर्छ । यो नै परिवर्तनको नियम हो । जनताका तात्कालिक एजेन्डा बोक्ने देशभक्त, जनतान्त्रिक, प्रगतिशील शक्तिको बाटोमा हिँड्ने राजनैतिक दल वा पार्टीको अहिलेको आवशयकता हो† जसले अहिलेको समावेशी समानुपातिकको मुद्दा नछोडोस्† भौगोलिक र जातीय विविधताको मुद्दा बोकोस्, किसान–मजदुर जनजातिका मुद्दा उठाओस् । समाजमा रहेका सम्पूर्ण असमानता विरुद्ध उभियोस्† राजनीतिक स्वायित्व र समृद्धिबाट मात्रै यो सङ्कटको निकास निस्कन सक्छ ।

    यति बेला पश्चगामी शक्तिहरूले यो लोकतान्त्रिक व्यवस्थाको विकल्प खोजिरहेका छन् तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । जनतालाई आदिवासी जनजातिलाई अधिकारसम्पन्न गराएर मात्रै लोकतन्त्र बलियो हुन्छ । त्यसैले जनजातिको हकमा पनि अहिले केही हदसम्म भए पनि हरेक तहमा समावेशी समाुनपातिक व्यवस्था गरेका छौँ । अझै स्थानीय तहले जनजातिका अत्यधिक बहुसङ्ख्यामा बसोबास गर्ने स्थानमा जनजातिलाई जातीय स्वायत्त शासन वा जातीय अग्राधिकार दिने व्यवस्था गर्नुपर्छ । त्यसबाट जब जनजातिको अवस्थामा सुधार हुँदै जान्छ । उनीहरूमाथिको शोषण, उत्पीडन कम हुँदै जान्छ । त्यो अवस्थामा अन्य जाति र जनजातिबिचको अन्तर समाप्त हुँदै जान्छ र सबै जातजाति आपसमा विलय हुँदै जान्छन् । त्यो अवस्थामा जनजातिको पनि बेग्लै अस्तित्वको अन्त हुन्छ । समाज र इतिहासको विकासक्रममा सबै जातजातिको विकास त्यही दिशातर्फ गइरहेको हुन्छ ।

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.