पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले) नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् ।
Advertisement
२०८० चैत २५ गते आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री अधिकारीसँगै नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका दीपक मनाङे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मन्त्री पदको शपथ लिए।
यता, सभामुख कृष्णप्रसाद धितालको समेत समर्थन जुटाएर अधिकारी मुख्यमन्त्री नियुक्त भएलगत्तै नेपाली काङ्ग्रेसले कानुनी उपचार खोज्ने उपक्रम सुरु गरेको छ ।
गण्डकीका मुख्य न्यायाधीवक्ता चीरञ्जीवी शर्मा पौडेलले कानुनी उपचार खोज्ने प्रक्रिया सुरु भएको र गैरसंवैधानिक कदम विरुद्ध न्यायिक निरुपण खोज्न सर्वोच्च गुहार्ने बताए ।