• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

थप २० विश्व कीर्तिमानसहित डा. उपाध्यायले बनाए १५३ विश्व कीर्तिमान


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • काठमाडौं । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका विश्व कीर्तिमानी डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याएका छन् । थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उनका कीर्तिमानको संख्या १५३ पुगेको हो ।

    Advertisement

    काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा।उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

    साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाललगायतले डा।उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उनका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताएका थिए ।

    प्रमुख अतिथि रक्षामन्त्री उप्रेतीले डा।उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उहाँले आफूलाई सधैं सकारात्मक कर्मतर्फ डोर्‍याएका कारण सबै सम्भव भएको बताए । आफूले नयाँ–नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौं भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा. उपाध्यायले बताए ।

    ‘म समाजका लागि गीत, उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै डा. उपाध्यायले श्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने सुनाए ।

    सो अवसरमा एभरेष्ट वल्र्ड रेकर्डसका मधुरा श्रेष्ठले डा।उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा. उपाध्यायलाई बधाई तथा शुभकामना सम्मान पत्र पनि अर्पण गरे । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

    यही महिना डा. उपाध्यायलाई विश्वको सर्वाधिक उचाइमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकोे प्रमाण पत्र हालै राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो । डा. उपाध्यायले विश्वमा एकैदिन सबैभन्दा बढी आर्टिकल लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन् भने सबैभन्दा धेरै भाषामा गीत लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका थिए ।

    डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ले डा. उपाध्यायका गीत प्रस्तुत गरेका थिए भने कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

    डा. उपाध्यायका ३६ बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सयौं गीतका भिडियो सार्वजनिक छन् । उनले देश–विदेशका विभिन्न संघसंस्थाबाट सयौं मानसम्मान अवार्ड र पुरस्कार प्राप्त गरेका छन् । नेपाली गीतसंगीतमा उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन् भने विश्वको टपटेनमा पर्छन् । तस्विर : महम्मद जलिम ।

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.