काठमाडौं । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही स्थानका ४१ वर्षीय हरिमायां रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन रोकाय रहेको प्रहरीले जनाएको छ ।
यस्तै, गोरखा नगरपालिका–७ कै १८ वर्षीय दिवश रोकाय बेपत्ता छन् ।
आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।