• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लेनिनवाद र महिलामुक्तिको प्रश्न


  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • मीना पुन ##

    Advertisement

    लेनिनको जन्म अप्रैल २२, १८७० मा रुसमा भएको थियो । उहाँको नेतृत्वमा सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । उक्त क्रान्ति अक्टोबर क्रान्तिको नामबाट विश्वमा प्रसिद्ध छ । यस अर्थमा लेनिन विश्वका पहिलो समाजवादी राष्ट्रका संस्थापक नेता हुनुहुन्छ ।

    उहाँले आफ्नो रुसी भूमिमा माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको व्यावहारिक रूपमा स्थापना गर्नुभयो र माक्र्सवादी दर्शनशास्त्र र राजनीतिक अर्थशास्त्रलाई व्यवहारिक रूपमा विकास गर्दै अगाडि बढाउनुभयो । लेनिनले रुसमा क्रान्तिकारी पार्टी निर्माण र त्यसलाई अनुशासित प्रकारले अगाडि बढाउनमा पनि आफ्नो महत्त्वपूर्ण शक्ति लगाउनुभयो । यस सिलसिलामा सङ्गठनात्मक प्रणालीको विकासलाई पार्टी सञ्चालनको आधारस्तम्भको रूपमा अगाडि बढाउनुभयो । खास गरी जनवादी केन्द्रीयताको सिद्धान्तलाई पार्टी सञ्चालनको अनिवार्य शर्तको रूपमा विकास गर्नुभयो । आज सर्वहारा वर्गका महान् नेता कामरेड लेनिन भौतिक रूपमा हाम्रो सामु हुनुहुन्न । उहाँको जनवरी २१, १९२४ मा मृत्यु भयो तर उहाँको कार्य र महान् आविष्कार युगयुगसम्म हामीबिच रहिरहने छ ।

    अहिले लेनिनको मृत्यु भएको सय वर्ष पुग्दै छ । यो वर्ष लेनिनको शताब्दी स्मृति दिवस मनाइरहेका छौँ । आज लेनिनको शताब्दी स्मृतिदिवस मनाइरहँदा यो अवधिमा माक्र्सवादी दर्शन, राजनीति र लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा संशोधनवाद हावी भइरहेको छ । त्यसको परिणामस्वरूप क्रान्तिको विचारमा विभिन्न खाले संशोधनवाद, अवसरवाद, अराजकता र अनुशासनविहीन प्रवृत्ति व्यापक रूपमा देखा परिरहेको छ । यो अवस्थामा क्रान्तिकारी पार्टीको नीति र लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको मर्मलाई उचा राख्ने प्रणसहित लेनिन शताब्दी स्मृतिदिवस मनाइरहेका छौँ ।

    लेनिनको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिले रुसमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना भएको थियो । फलस्वरूप श्रमिक वर्गले पहिलोपटक शासनसत्ताका साथै उत्पादनका साधनको मालिक बन्ने अवसर पाए । मजदुर, किसान, महिला र पिछडिएका श्रमजीवी वर्गले पहिलोपटक पु“जीवादी शोषण तथा दासताबाट मुक्ति पाए । सर्वहारा वर्गका नेता लेनिनको नेतृत्वमा स्थापित समाजवादी व्यवस्थाले मजदुर, किसान, महिला पिछडिएको जाति सबैलाई विद्यमान पुँजीवादी शोषण, उत्पीडन र भेदभावबाट मुक्ति दियो ।

    महिलाका समस्या समाधान र उनीहरूको उन्नतिका लागि बाटा खुला भए । जीवनका हरेक क्षेत्रमा पुरुषसरह समानता र स्वतन्त्रता प्राप्त गरेपछि रुसी महिलाको जीवनमा ठुलो परिवर्तन र उनीहरूले जीवनका धेरै क्षेत्रमा अब्वल बन्दै अगाडि बढ्दै रहे ।

    समाजवादी व्यवस्थाको स्थापनापछि महिलालाई कमजोर, दोस्रो दर्जाको नागरिक बनाउने गरी निर्माण गरिएको सम्पूर्ण असमान कानुनको अन्त गरी महिला र पुरुषको बिचमा पूर्ण समानता कायम हुने गरी कानुन पारित गरियो । देवानी कानुन (सम्पत्तिसम्बन्धी कानुन), विवाहसम्बन्धी कानुन, पारिवारिक कानुनलगायतका कानुन समाजको आधारमा निर्माण भए । महिलालाई घरेलु कामबाट मुक्त गरी सम्पूर्ण रूपले उत्पादनमा भाग लिन र सार्वजनिक जीवनमा भूमिका निर्वाह गर्न सक्ने अवस्था सिर्जना गरियो । उनीहरूले घरभित्र बसेर गरिरहेका विभिन्न काम राज्यले नै लिने गरी बन्दोबस्त गरियो ।

    बालबालिकालाई अनिवार्य र नि:शुल्क शिक्षाको प्रबन्ध गरियो । प्रशस्त बालगृहको व्यवस्था गरियो । विद्यमान निरक्षरतालाई उन्मूलन गरियो । वृद्धावस्थामा जीवन निर्वाह एवम् सामाजिक सुरक्षाको प्रबन्ध गरियो । उनीहरूलाई वृद्धाश्रमको प्रबन्ध गरियो । शिक्षालाई व्यावहारिक रूपमा श्रमसँग जोडियो । महिलालाई समान कामको समान ज्यालाको बन्दोबस्त गरियो । आठ घण्टे कार्यदिवसलाई लागु गर्दै तल्लो र माथिल्लो कर्मचारीबिचको ज्यालादारको अन्तरलाई कम गरियो । महिलाले सामाजिक उत्पादन र सार्वजनिक जीवनमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि ध्यान दिँदै ठाउँठाउँमा सरकारद्वारा नै सार्वजनिक/सामूहिक भोजनगृह सञ्चालन गरियो ।

    कपडा धुने र मर्मत गर्ने पसलको बन्दोबस्त गरियो ।मजदुर महिलालाई साक्षर बनाउन छुट्टै संरचनाको प्रबन्ध गरियो । १६ वर्ष पुगेका छोराछोरीलाई अनिवार्य नि:शुल्क शिक्षाको व्यवस्था गरियो । ती सबै व्यवस्थाबाट सबैभन्दा बढी आम महिलाहरू लाभान्वित भए ।
    यी सबै व्यवस्थाले आम महिलाले घरेलु दासताबाट मुक्ति पाए र सोभियत समाजवादी व्यवस्थालाई मजबुत बनाउन उनीहरूले हरेक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सके । यसले गर्दा समाजवादी राज्यसञ्चालनको प्रशासनमा महिलाको व्यापक सहभागिता बढ्यो ।

    हजारौँ महिलाहरू गणतन्त्रको सर्वोच्च डेपुटीदेखि स्थानीय निकायसम्ममा जनप्रतिनिधि निर्वाचित भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गर्दै अघि बढिरहे । विभिन्न प्रकारका उद्योग सञ्चालनको लागि आवश्यक पर्ने कुशलता र क्षमता महिलामा अब्वल रह्यो । उच्च शिक्षा हासिल गर्नेहरूमा पुरुषकै हाराहारीमा महिला पनि रहे । लाखौँ महिलाले इन्जिनियर, प्राविधिक, डाक्टर, नर्स पास गरेका थिए । सयौँ महिला वैज्ञानिक आविष्कारक बने । साहित्यको क्षेत्रमा पनि महिलाले महत्त्वपूर्ण योगदान बढाइरहे । कृषिको विकासका लागि पनि महिलाले निकै नै योगदान पुर्‍याए । हजारौँ महिला सामूहिक फर्ममा प्रबन्धक बनेका थिए भने हजारौँहजार महिला ट्रेक्टर हार्भेस्टर तथा अन्य जटिल कृषियन्त्रका चालक बनेका थिए ।

    यसरी सोभियत समाजवादी व्यवस्थाले महिलाको जीवनमा आमूल परिवर्तन ल्याइदिएको थियो । यो उपलब्धि संसारभरका महिला मुक्ति आन्दोलनको लागि प्रेरणाको स्रोत हुन् । यसरी रुसमा महिलाले प्राप्त गरेको पूर्ण स्वतन्त्रता र सफलताले यो स्पष्ट हुन्छ कि समाजवादी व्यवस्थामा मात्र महिलाको वास्तविक रूपमा मुक्ति हुने छ ।

    आज रुसलगायत विश्वभरका समाजवादी व्यवस्थाको पतन भएको छ । महिलाले प्राप्त गरेका सम्पूर्ण उपलब्धि, उनीहरूका पक्षमा स्थापित भएका प्राय: सबै अधिकार खोसिएका छन् । त्यसको असर विश्वभरका शोषितपीडित जनता र महिलामुक्ति आन्दोलनमा परेको छ । विश्वभरि नै पुँजीवादी संस्कृति, साम्राज्यवादी विभिन्न खाले जातीय, धार्मिक, कट्टरवाद, धार्मिक रूढिवाद, पितृसत्तात्मक सोच आदिको प्रभावले महिला मुक्ति आन्दोलनलाई धेरै नै क्षति पुगिरहेको छ ।

    साम्राज्यवादी मुलुकमा उत्पन्न आर्थिक सङ्कटले श्रमिक महिला वर्ग र मजदुरलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । यसले धनी र गरिबबिचको खाडललाई झन् बढाएको छ । बेरोजगारी समस्या, ज्यालामा कटौती, रोजगारबाट व्यापक निष्काशन आदि समस्याबाट सबैभन्दा बढी श्रमिक वर्ग नै मारमा परेका छन् ।

    महिला र पुरुषको बिच तलबमा असमानता संसारभरिकै समस्या हो । अमेरिका संसारकै धनी देश हो तर पनि महिला र पुरुषबिचको असमानता, भेदभाव गोरा र काला जातिको नाममा महिलाले खेप्नुपर्ने समस्या अहिले पनि कायम छ । युरोपियन महिलाले खेपिरहेको दोहोरो शोषण अहिले पनि कायम छ । रसिया र युक्रेनबिचको युद्धको प्रभाव सबैभन्दा बढी महिला र बालबालिकामा परेको छ ।

    इजरायल र प्यालेस्टाइनबिच साम्राज्यवादी स्वार्थका कारण जबरजस्ती युद्ध भइरहेको छ । त्यसबाट हजारौँ बालबच्चा, वृद्धवृद्धा, आम महिलाले ज्यान गुमाएका छन् भने लाखौँको सङ्ख्यामा आफ्नो देश छोड्न बाध्य भएका छन् । एसियालगायत पिछडिएका देशका महिलाहरू अहिले पनि सामन्ती जर्जरताबाट माथि उठ्न सकेका छैनन् । गरिबी, हिंसा, असमानता, बेरोजगार जस्ता समस्यालाई खेप्नुसम्म खेपिरहेका छन् । गरिब मुलुकका महिलाहरू रोजगारको नाममा खाडीलगायतका देशमा बेचिएका छन् । त्यहाँ पनि उनीहरू सुरक्षित छैनन् । उनीहरूको मानव अधिकारको ग्यारेन्टी छैन । यस प्रकारको जटिल अवस्थामा यी सबै खाले चुनौतीको विरुद्ध सङ्घर्ष गर्दै महिला मुक्ति आन्दोलन अघि बढिरहेको छ । विश्वव्यापी रूपमा चलिरहेको यस प्रकारको वैचारिक, सांस्कृतिक आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै महिला मुक्ति आन्दोलनलाई विश्वव्यापी र बलियो बनाउन सकिने छ ।

    विभिन्न देशमा चलेका सदियौँ लामा सङ्घर्षबाट महिलाले केही हकअधिकार प्राप्त गरेका छन् र उनीहरूको अवस्थामा पहिलेको तुलनामा केही सुधार भइसकेको छ तर विश्वभरि र नेपालमा पनि महिलाका पूरै अधिकार प्राप्त भएको छैन र महिला र पुरुषको बिचमा समानता अझै प्राप्त भएको छैन । आज पनि महिलाले आफ्नो हकअधिकार र समानताका लागि विश्वव्यापी रूपमा सङ्घर्ष जारी राखेका छन् ।

    नेपालमा महिलामाथि भइरहेको भेदभावको विरुद्ध चलेको दशकौँ लामो सङ्घर्षको परिणामस्वरूप महिलाको अवस्थामा सामान्य सुधार भएको छ । विगतको तुलनामा राजनीतिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा सुधारात्मक स्थिति सृजना भएको छ । संविधान र कानुनमा महिला अधिकारलाई प्रशस्त स्थान दिइएको छ तर त्यसको कार्यान्वयनका पाटा निकै फितला छन् । कानुनले बाध्य पारिएका विषयहरू; जस्तै : संसद्मा ३३ प्रतिशत, राजनीतिक दलको केन्द्रीय समितिमा ३३ प्रतिशत, नगर/गाउँपालिका अध्यक्ष/उपाध्यक्षमध्ये एक जना महिला अनिवार्यलगायतका सीमित विषय मात्र व्यवहारमा कार्यान्वयन भएका छन् भने महिलाका आधारभूत अधिकारका विषय सम्पत्तिमा समान अधिकार, समान कामको समान ज्याला, स्वास्थ्यमा पूर्ण पहुँच, शिक्षालगायतका महत्त्वपूर्ण विषय संविधानको किताबमा नै सीमित छन् । उनीहरूले दैनिक जीवनमा उपभोग गर्न पाएका छैनन् । महिलामाथि भइरहेको हिंसात्मक घटना झन् झन् बढिरहेका छन् । तिनीहरूलाई रोकथाम गर्ने, निवारण गर्ने, महिलालाई न्याय दिनेबारेमा खास कुनै प्रभावकारी व्यवस्था हुन सकेको छैन । रोजगारीको नाममा खाडीलगायत विभिन्न देशमा महिला बेचिइरहेका छन् । त्यहाँ पनि महिलाको सुरक्षा छैन । कुटपिट, बलात्कारलगायतका हिंसाबाट प्रताडित छन् । उनीहरूलाई सुरक्षित स्वदेश फिर्ता गर्ने र समाजमा समानताका साथ पुनस्र्थापना गर्ने बारेमा सरकारको कुनै योजना छैन ।

    यसरी कानुनमा महिलालाई सिद्धान्तत: अधिकार प्राप्त भए पनि व्यावहारिक रूपमा त्यसको कार्यान्वयनका पाटामा हमेसा राज्य पक्षले इमानदारिता देखाउन सकेको छैन र सधैँ उदासिनता देखाउँदै आएको छ । यसरी आज पनि संविधान, कानुन र व्यवहारका बिचमा निकै गहिरो खाडल कायम छ ।

    विश्वमा चलेका आन्दोलनले उनीहरूको अवस्थामा पहिलेभन्दा कैयौँ सुधार भएता पनि नेपाललगायत संसारभरिका महिलाको पूरै अधिकार प्राप्त भएको छैन । महिला र पुरुषको बिचमा विभिन्न देशको अवस्थाअनुसार धेरै वा थोरै असमानता विद्यमान छ । त्यसमा महिलाको समस्यालाई महिलाको समस्याको रूपमा मात्र बुझ्ने र त्यसको समाधान विद्यमान व्यवस्थामा सुधार गरेर हुन्छ भन्ने भ्रमात्मक विचार संसारभरि नै हावी छन् । त्यसका विरुद्धको वैचारिक सङ्घर्षलाई माथि उठाउँदै महिलाको वास्तविक मुक्तिको आधारको बारेमा स्पष्ट हुनु आवश्यक छ ।

    महिलाहरूको समस्या वास्तवमा महिलाको मात्र समस्या होइन, यो सम्पूर्ण शोषितपीडित जनताको समस्याको एक अङ्ग हो । त्यसकारण महिला आन्दोलनलाई सम्पूर्ण शोषितपीडित जनताको समस्यास“ग जोडेर अगाडि बढाउनुपर्दछ । महिलाले खेपिरहेका समस्याको समाधान विद्यमान आर्थिक, सामाजिक व्यवस्थामा हुने परिवर्तनले मात्र सम्भव हुन्छ ।

    लेनिनको नेतृत्वमा स्थापित रुसको समाजवादी व्यवस्थाले सम्पूर्ण शोषितपीडित जनताका साथै महिलाको विद्यमान स्थितिमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । महिलाहरूको आधारभूत समस्याको समाधान गर्ने महत्त्वपूर्ण कार्य समाजवादमा नै भएको थियो । त्यसैले हामीले आम महिलाको बिचमा समाजवादी विचारको प्रचार गर्दै उनीहरूलाई समाजवादी आन्दोलनको पक्षमा गोलबन्द बनाउन लगातार र विशेष रूपले प्रयत्नरत हुनु जरुरी छ भने यसका अतिरिक्त एकातिर विद्यमान आर्थिक सामाजिक परिवर्तनको लागि सङ्घर्षलाई अघि बढाउँदै तत्कालका व्यवस्थाभित्र पनि महिलाका बढीभन्दा बढी अधिकारका लागि आन्दोलनलाई सङ्गठित गर्दै जानुपर्दछ । तत्कालीन रूपमा सफल हुने आन्दोलनले आमूल परिवर्तनको लागि हुने आन्दोलनलाई धेरै मदत पुग्ने छ ।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.