• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संरक्षणको प्रतीक्षामा पर्यापर्यटनको अनुपमस्थल पुरैनी ताल


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ ।

    Advertisement

    ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ । चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्व राख्दछ । ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

    ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन् । कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताउनुभयो ।

    ‘तालमा धेरै चराका प्रजाति पुसदेखि देखापर्ने गर्दछन्’, उहाँले भन्नुभयो, ‘गर्मी हुने क्रमसँगै वैशाखदेखि प्रवासी चरा ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।’ दशकअघि तालमा पानी बढी हुने हुँदा चराको सङ्ख्या पनि बढी हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले हाल तालमा पानी कम हुने भएकाले चरा पनि कमै देखिने गरेको बताउनुभयो ।

    तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ । गर्मी सुरु भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उहाँले बताउनुभयो । पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको रावलले उल्लेख गर्नुभयो ।

    चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन् । ‘यो ताल चराको स्वर्ग नै हो’, उहाँले भन्नुभयो, ‘संरक्षित क्षेत्र बाहिरको सबैभन्दा बढी चरा यहाँ पाइने गरेका छन् ।’ यस वर्षको जलपक्षी गणनाका क्रममा तालमा ५५ प्रजातिका चरा देखापरेको उहाँले जानकारी दिनुभयो । चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको उहाँले जानकरी दिनुभयो ।

    सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ डगौरा बताउनुहुन्छ । ‘एकै तालमा यति धेरै चराको प्रजाति पाइनु यस क्षेत्रका लागि गर्वको कुरा हो’, उहाँले भन्नुभयो, ‘यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गरिनुपर्छ ।’

    चरा पर्यटनलाई उच्चस्तरका रूपमा हेरिने गरिएको कुरामा जोड दिँदै उहाँले चरा अवलोकन गर्न आउने पर्यटक आर्थिक अवस्था राम्रो भएका हुने गरेको बताउनुभयो । ‘चरा हेर्नकै लागि पर्यटक तालसम्म पुग्ने गर्दछन्’, उहाँले भन्नुभयो, ‘कुनैले सौखका लागि फोटो खिच्ने, कोही आत्मशान्तिका लागि चरा भएका क्षेत्रमा घुम्नका लागि पुग्ने गर्दछन् ।’

    चरा पर्यटनको विकास गरिएमा डिप्रेसनमा गएका व्यक्तिलाई फाइदा पुग्नेसँगै वैज्ञानिक अनुसन्धान गर्न सहज हुने र नयाँ प्रजातिका चरा पत्ता लगाउन सहज हुने उहाँको भनाइ छ । ‘यसका लागि चराको बासस्थानमा खलल पुर्याउनु हुँदैन’, उहाँले भन्नुभयो, सीमसार क्षेत्रको जैविक विविधता संरक्षणमा जोड दिइनुपर्छ, तालको पानीलाई एकनास बनाइराख्नका लागि संरक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्छ । तालमा क्रिडा गर्ने चरा नजिकैबाट नियाल्नका लागि अवलोकन घर निर्माण गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

    ताल क्षेत्रको जलकुम्भी हटाएर चरा बस्नका लागि आइल्याण्ड निर्माण गर्ने कार्यसँगै समुदायस्तरमा चरा संरक्षण र बासस्थान सुरक्षाका लागि जनचेतना जगाउने कार्यमा स्थानीय सरकारले दत्तचित्त भएर लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    घोडाघोडी चरा अभय–आरण्यपछि हरिहाँसको सङ्ख्या पुरैनी तालमा अधिक देखिएको उहाँले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पक्षी अवलोकनका क्रममा पुरैनी ताल पुग्नुभएका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीनवटा सर्किटमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

    कैलाली–कञ्चनपुर, पहाड र हिमाल गरी तीन सर्किटमा पर्यटकीय विकासका लागि कार्य भइरहेको छ, उहाँले भन्नुभयो, पर्यटकीय विकासमा तालतलैयासँगै जैविक विविधता संरक्षण, चराचुरुङ्गीको बासस्थान संरक्षणलाई उच्च महत्व दिइएको छ ।

    चराचुरुङ्गी पर्यटन प्रवर्द्धनका माध्यमबाट विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । प्रदेशका नौवटै जिल्लामा चरा संरक्षण कार्यक्रम समावेश गरेर कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुहुँदै उहाँले पर्यटकीय पूर्वाधार निर्माण, बासस्थान संरक्षण, जलाधार क्षेत्र संरक्षणलगायतका कार्यक्रम अघि सारिएको बताउनुभयो । इको टुरिज्मको मुख्य पाटो भनेकै चरा अवलोकन गर्नु नै हो, उहाँले भन्नुभयो, रैथाने प्रवासी चरा–मानव सम्बन्धलाई पर्यापर्यटनसँग जोड्नु आवश्यक छ ।

    घोडाघोडी सीमसार क्षेत्र र पुरैनी सीमसार क्षेत्रका मासिँदै गएका ताल संरक्षण गर्न ताल वरिपरिको क्षेत्रमा पर्खाल निर्माण गर्ने, पर्यटकको सुविधाका लागि भ्यूटावर निर्माण गर्नेलगायतका लागि आवश्यक छलफल गरी आगामी योजनामा समावेश गरिने उहाँले बताउनुभयो । पुरैनीको पुरानो क्षेत्र यकिन गरी सीमाङ्कन गर्नका लागि तत्कालै कार्य अगाडि बढाइने बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

    चराको बासस्थान सुरक्षित बनाउन कार्यक्रम अगाडि बढाउँछौँ, उहाँले भन्नुभयो, ताल क्षेत्रमा रहेको जलकुम्भी हटाएर सफा बनाउँछौँ, ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्याएरै छाड्छौँ । चराको बासस्थान भत्काउनु हुँदैन भन्नेमा सचेत रहेको उल्लेख गर्नुहुँदै उहाँले ताल र सीमसार क्षेत्रको संरक्षणका लागि प्रदेश, सङ्घीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्न आतुर रहेको बताउनुभयो ।

    तालको केही क्षेत्रमा पोखरी निर्माण गरी सहकारी संस्थासँग सम्झौता गरी माछापालनको कार्य विगतमा गरिँदै आएको थियो, उहाँले भन्नुभयो, चरा संरक्षणकर्मीको सल्लाहमा चराको बासस्थानमा खलल पुगेको भनेपछि माछापालनको कार्य बन्द गरेका छौँ, थारू भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसकै आधारमा तालको नाम पुरैनी राखिएको बताइन्छ ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.