• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बिरालोले झैँ भित्ता नचिथोर साथी


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ वैशाख ९ गते (अप्रिल २२, १९४९) भएको थियो । नेकपाको गठन हुनु नै नेपालका लागि महत्त्वपूर्ण पाटो थियो ।

    २००६ सालमा स्थापना भएको नेकपाले २०७६ सालसम्म आइपुग्दा आठओटा महाधिवेशन सम्पन्न गरिसकेको छ । यस क्रममा प्रथम महाधिवेशन २०१० सालमा, दोस्रो महाधिवेशन २०१४ सालमा, तेस्रो महाधिवेशन २०१९ सालमा, चौथो महाधिवेशन २०३१ सालमा, पाँचौँ महाधिवेशन २०४१ सालमा, छैटौँ महाधिवेशन २०५१ सालमा, सातौँ महाधिवेशन २०६३ सालमा र आठौँ २०७६ सालमा सम्पन्न भइसकेका छन् ।

    कम्युनिस्ट पार्टीको विधानमा पाँच/पाँच वर्षमा गर्ने भनिए पनि नेकपाका महाधिवेशनन सामान्यत दश–बाह्र वर्षमा भएको पाइन्छ । महाधिवेशन निर्धारित समयमा नहुन सक्छन् भनेर नै विधानमा तोकिएको मितिभन्दा अघिपछि गर्न सकिने व्यवस्था राखिएको हुन्छ । यो प्रावधान जनवर्गीय सङ्गठनको विधानमा पनि उल्लेख हुन्छन् ।

    कम्युनिस्ट पार्टीले सकेसम्म गलत निर्णय गर्नुहुन्न । यदि गलत निर्णय गरेको छ भने त्यसलाई सच्याउनुपर्छ । यसरी गल्ती सच्याउँदै आगामी समयका लागि मार्गनिर्देशक सिद्धान्त र कार्यक्रम तय गर्ने सर्वाेच्च निकाय महाधिवेशन हो । एक महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म केन्द्रीय समिति नै सर्वोच्च निकाय हुन्छ ।

    महाधिवेशन वा केन्द्रीय समितिका कुनै पनि निर्णय सर्वसम्मत वा बहुमतबाट गरिन्छन् । त्यो निर्णय सम्पूर्ण समिति वा पार्टीसदस्यले बिनाशर्त मान्नुपर्छ तर यो प्रावधानको पटक पटक कम्युनिस्ट पार्टीभित्रैबाट उल्लङ्घन भएको पाइन्छ ।

    आठौँ महाधिवेशनको सन्दर्भमा आइपुग्दा महाधिवेशनले गरेका निर्णय नमान्ने एउटा समूह देखा पर्‍यो । उनीहरूको मतभेद पत्रपत्रिका वा सामाजिक सञ्जालमा छचल्कियो । उनीहरूले आठौँ महाधिवेशनका निर्णय मानिँदैन भन्ने सार्वजनिक अभिव्यक्ति दिए । त्यस समयदेखि यता पाँच वर्ष पूरा हुँदै छ । साथै उनीहरूले उठाएका विषय पनि पुराना हुन थालेका छन् ।

    साथीहरूले अहिले पनि नङ झर्ने गरी बिरालोले भित्ता चिथोरे झैँ नेकपा (मसाल) लाई चिथोरिरहेका छन । यसरी नङ्ग्रा नझार साथी, रगत आउला ।

    आठौँ महाधिवेशनताका उनीहरूले नेकपा (मसाल) लाई चिथोर्ने क्रममा पार्टीसङ्गठनको गोपनीयता र अनुशासनलाई उदाङ्गो पारेका थिए तर बहुसङ्ख्यक साथीहरूले आठौँ महाधिवेशनका निर्णयलाई स्वीकार गरेका छन् । त्यसले गर्दा नेकपा (मसाल) को गोपनीयता र अनुशासन अझ मजभुत भएको देखिन्छ ।

    मतभिन्नताको बहानामा पार्टीसङ्गठनका गोप्य कुरा बाहिर ल्याउनु अराजकता हो । त्यस्तो गर्नु जनवादी केन्द्रीयताको अपमान हो । यो स्वयम् आफू कहाँ छु भनेर बिर्सिएको कुरा हो । आवेगमा आएर सबै कुरा भनिदिने, नभएको पनि भनिदिने र यसरी पार्टीलाई नाङ्गेझार पार्छु भन्ने मनसायले गर्दा यस्तो अवस्था आएको हो । यो प्रवृत्तिलाई सच्याउन सके राम्रो हुन्छ ।

    यो पाँच वर्षको अवधिलाई सर्सरी अध्ययन गर्ने हो भने कैयौँ कमीकमजोरीका बाबजुद पनि नेकपा (मसाल) को सङ्गठन र सङ्घर्षका कार्यक्रम सुचारु भएका छन् । मोर्चा र जनवर्गीय सङ्गठनका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । त्यसको आधारमा विश्वासका साथ भन्न सकिन्छ, पार्टी अरू मजबुत हुँदै गइरहेको छ ।

    गत कालमा हुन नसकेका कतिपय काम अहिले सम्पन्न भएका छन् । गणतन्त्र र राष्ट्रियताको पक्षमा तथा सङ्घीयताको खारेजी विरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रम सम्पन्न भए । प्रतिगमन विरुद्धको आन्दोलन, भारतीय हस्तक्षेप, कोरोनाकालमा स्वास्थ्य सामग्रीमा भएको भ्र्रष्टाचार, एमसिसी र अमेरिकी साम्राज्यवाद विरुद्धको आन्दोलन, भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुलगायतका भूभागसहितको नक्सा राखिएकोमा विरोध, कालापानी, कञ्चनपुरलगायतका स्थानमा भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोध, मौलाउँदो भ्रष्टाचार, महङ्गी विरुद्धको आन्दोलन—यस्ता सयौँ कार्यक्रम सम्पन्न भएका छन् । देशमा मात्रै नभएर विदेशमा समेत उपर्युक्त विषयमा ऐक्यबद्धता जनाउँदै धेरै कार्यक्रम सम्पन्न भएका छन् । सयौँ कार्यक्रम विद्युतीय माध्यमबाट सम्पन्न भएका छन् । यसरी २०७६ देखि २०८० सालसम्म आइपुग्दा पार्टी र सङ्गठनका धेरै काम भएको देखिन्छ ।

    साथीहरूले भने झैँ सङ्घीयताको खारेजी पनि भन्ने र उपयोग पनि गर्ने भन्ने सवाल हो, यो कुनै नौलो कुरा होइन । सङ्घीयता उपयोगसँगै त्यसको खारेजीको आन्दोलन अगाडि बढाउने हाम्रो नीति हो । यो निर्णय अहिले हामीसँग नभएका तर साथीहरू सँगै रहँदा भएको निर्णय हो भन्ने स्मरण गर्नुपर्दछ ।

    पत्रिकामा पढेअनुसार नेकपा (मसाल) को नवौँ महाधिवेशन समयमै हुन लागेकोमा अहिले पार्टीमा नभएका कतिपय साथीहरूले बधाई तथा शुभकामना दिनुभएको छ । यसबाट यही स्पष्ट हुन्छ, दश–बाह्र वर्षसम्म हुन नसकेको महाधिवेशन अहिले पाँच पाँच वर्षमै सम्पन्न हुन लाग्नुले मसालको नीतिनियम र सिद्धान्त अझै मजबुत हुँदै गएको निष्कर्षलाई नै बताउँछ । नेकपा (मसाल) को नवौँ महाधिवेशन हुँदै छ भन्ने थाहा पाएर सफलताको शुभकामना दिनुहुने साथीलाई धन्यवाद छ ।

    एउटा प्रश्न उठ्छ, के ती साथीका कारण नेकपा (मसाल) को नवौँ महाधिवेशन झन् पर जाने थियो ? के ती साथीले नेकपा (मसाल) को नवौँ महाधिवेशन अब हुन सक्दैन भन्ने सोचेका थिए वा के ती साथीलाई मसालले नवौँ महाधिवेशन गर्न सक्दैन भन्ने लागेको थियो ? ती कामरेडको शुभकामना सन्देशमा अझै साथीहरू भड्कियुन्† महाधिवेशनको क्रममा अरू तनाव उत्पन्न होस् र हाम्रो पक्षमा अझै साथीहरू आउन् भन्ने आसय पनि थियो ।

    कम्युनिस्ट आन्दोलन पनि गतिको अवस्थामा रहन्छ । यहाँ कसैले कसैको जिम्मेवारी लिन सक्दैन । थुप्रै साथीहरू जोडिन सक्छन् र छुट्टिन पनि सक्छन तर यथार्थ के हो भने कम्युनिस्ट पार्टीको निर्णय अर्थात् सर्वोच्च निकायद्वारा गरिएको निर्णय सम्पूर्ण पार्टी कार्यकर्ताले मान्नुपर्छ । सकेसम्म टुटफुट र निष्काशनको स्थिति आउन दिनुहुन्न तर लोभलालचमा पार्टी परित्याग गर्नेको जिम्मा लिन सकिन्न ।

    नेकपा (मसाल) ले आफ्नो पाँच वर्षको उपलब्धिलाई नवौँ महाधिवेशन गरेर संश्लेषण गर्दै छ । आठौँ महाधिवेशनबाट छुट्टिएका साथीहरू अब यतै जोडिने कि मसाललाई भित्तो चिथोर्दा झैँ चिथोर्ने प्रयत्न गरिरहने ? नङ झरिसके । अब कति चिथोरिरहनु हुन्छ र ? त्यसो गर्नुभन्दा सम्पूर्ण कामरेडहरू मूल ढोकाबाटै प्रवेश गरे कसो होला ? देशको परिस्थितिले, आवश्यकताले यो माग गरेको छ ।

    मसालहरू पुन: जुट्नुपर्छ । पक्कै पनि अरू पार्टीको भन्दा नीतिगत रूपमा मसालको छुट्टै महत्त्व छ । फुट्ने, टुट्ने र चुडिने गरेकाहरू फेरि जोडिन सके नेपालको कम्युनिस्ट आन्दोलनलाई फाइदा हुन्छ ।

    अनावश्यक फुटको चक्रव्यूहमा पर्नुभन्दा सिद्धान्तनिष्ठ र मजबुत कम्युनिस्ट पार्टी रोज्नु कम्युनिस्ट पार्टीका हरेक सदस्य र शुभचिन्तकको हितमा हुन्छ ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.