• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लिखतसम्बन्धी कसुर जालसाजीबारे


  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
  • सञ्जीवकुमार श्रेष्ठ ##

    Advertisement

    कानुनको अज्ञानता क्षम्य नहुने—कानुनको सिद्धान्त हो यो । यसको अर्थ कानुन सबैले जानेको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

    कसैले जानेको छैन, थाहा थिएन भनी कुनै पनि कसुरबाट उन्मुक्ति पाउन सकिदैन । त्यसैले कानुनको विषयमा सबैले जान्न, बुझ्न र पढ्न पाउनुपर्छ भन्ने सोचमा कानुनको विषयमा जानकारी होस् भनस् कोरिएको लेख हो ।

    हाम्रो देशको मुल कानुन संविधान हो । उक्त संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसद्ले यो कानुन बनाएको हो । मुलुकमा कानुन तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसुर निवारण र नियन्रण गर्न र तत्सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसुरसम्बन्धी संहिताको व्यवस्था गर्न वाञ्छनीय भएकोले यो मुलुकी अपराध संहिता–२०७४ बनाएको हो भनी प्रस्तावना लेखिएको छ।

    यस लेख कोर्नुभन्दा पहिला मैले लिखतसम्बन्धी कसुरमा, कीर्तेसम्बन्धी कसुरको बारेमा कानुनी लेख लेखिसकेको छु । सोही लिखतसम्बन्धी कसुरमध्यमा जालसाजी पनि पर्दछ । हेरौँ, अब जालसाजी भनेको के हो ? के कस्तो कार्य गर्दा जालसाजी कसुर हुन्छ ? उक्त कसुर गरेमा के कस्तो सजाय, जरिवाना र क्षतिपूर्ति भराउनुपर्छ र मतियारसमेतलाई के कति सजाय हुन्छ ?

    कसैले यस दफा विपरीत कुनै जालसाजी कार्य गर्न र अरूलाई गराउनुहुँदैन । जालसाजी कसुर भनेको कसैले अन्य व्यक्तिको हक मेट्ने, हदम्याद जाने तथा तारेख जाने कसैको हानिनोक्सानी गराई अरू कसैलाई क्षति वा लाभ पुर्‍याउने नियतले गर्ने कार्य, जुन जानी जानी नभए वा नगरेको कुरा गरेको हो भनी वा झुटा मिति, अङ्क वा व्यहोरा उल्लेख गरी लिखत बनाए त्यस्तो लिखतमा सहीछाप गरे वा गराएमा वा आफ्नो हक नभएको कुरामा हक भएको देखाई कुनै काम गरेमा जालसाजीको कसुर मानिने छ ।

    यदि कुनै व्यक्तिले उक्त जालसाजी कसुर गर्ने वा गराएमा निज व्यक्तिलाई तीन वर्षसम्म कैद वा तिस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायसमेत हुने छ भने कसैले कुनै व्यक्तिसँग जालसाजी गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई तीन वर्षसम्म कैद वा तिस हजार रुपैयाँसम्म जरिवाना साथै उक्त मासिसकेको सम्पत्तिको बिगोबमोजिमको थप जरिवानासमेत हुने छ ।

    कसैले जालसाजी गरी कुनै व्यक्तिको सम्पत्ति प्राप्त गरेको रहेछ भने निज जालसाजी गरी लिएको कसुरदारले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नुपर्ने छ र त्यस्तो सम्पत्ति जालसाजी गरी लिएको कसुरदारले मासिसकेको रहेछ भने कसुरदारको अन्य जायजेथाबाट जालसाजी गरी मासेको सम्पत्तिको बिगो धनीलाई कानुनबमोजिम भराइदिनुपर्ने छ ।

    जो कसैले पनि जालसाजी लिखत सद्देसरह व्यवहारमा ल्याउनुहुदैन । यदि कसैले जालसाजी लिखत हो भन्ने थाहा पाई वा थाहा पाउनुपर्ने मनासिब कारण भई त्यस्तो लिखत सद्देसरह व्यवहारमा ल्याएमा उक्त कसुरदालाई जालसाजी गरेसरहको सजायसमेत हुने छ ।

    कीर्ते वा जालसाजी कागज हो भनी थाहा पाई वा जानी जानी साक्षी बस्ने वा लिखत लेख्ने व्यक्तिलाई कीर्ते कसुरको मतियार मानिने छ ।

    उक्त कागज किर्ते वा जालसाजी गर्ने मतियारलाई पाँच वर्ष कैद र सत्तरी हजार रुपैयाको आधा सजाय हुने छ ।

    क्षतिपूर्ति हकमा कसुरदारबाट कोही कसैलाई हानिनोक्सानी भएकोमा कसुरदारबाट त्यस्तो हानिनोक्सानी भएको व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने छ ।

    उजुर गर्ने हदम्यादको सन्दर्भमा सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्षभित्र उजुर गर्नुपर्ने छ भने अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले छ महिनाभित्र उजुर गर्नुपर्ने छ भने उजुरी अवधि नाघेपछि कहिँ कतै उजुर लाग्ने छैन ।

    मुलुकी अपराध संहिता–२०७४ को भाग˗२, फौजदारी कसुरहरू परिच्छेद˗२५ मा लिखतसम्बन्धी कसुरबारेमा उल्लेख गरिएको छ, जसमध्ये जालसाजीसम्बन्धी कसुर सजायको बारेमा दफा २७९ देखि २८३ सम्म दफाबार उल्लेख छ ।

    दफा २७९. जालसाजी गर्न नहुने : (१) कसैले जालसाजी गर्न वा गराउन हुँदैन ।

    (२) उपदफा (१) को प्रयोजनको लागि कीर्ते मानिने कसुरबाहेक कसैको हक मेट्ने, हदम्याद, तारेख जाने, कुनै किसिमले हानिनोक्सानी गर्ने वा कसैलाई क्षति वा लाभ पुर्‍याउने नियतले जानी जानी नभए वा नगरेको कुरा भएगरेको हो भनी वा झुटा मिति, अङ्क वा व्यहोरा उल्लेख गरी लिखत बनाएमा वा त्यस्तो लिखतमा सहीछाप गरे वा गराएमा वा आफ्नो हक नभएको कुरामा हक भएको देखाई कुनै काम गरेमा जालसाजीको कसुर गरेको मानिने छ ।

    (३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तिस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

    (४) कसैले जालसाजी गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त बिगोबमोजिमको थप जरिवानासमेत हुने छ ।

    (५) कसैले जालसाजी गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नुपर्ने छ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसुरदारको अन्य जायजेथाबाट त्यसको बिगो धनीलाई भराइदिनुपर्ने छ ।

    दफा २८०. जालसाजी लिखत सद्दसरह व्यवहारमा ल्याउन नहुने

    (१) कसैले जालसाजी लिखत हो भन्ने थाहा पाई वा थाहा पाउनुपर्ने मनासिब कारण भई त्यस्तो लिखत सद्देसरह व्यवहारमा ल्याउन हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जालसाजी गरेसरहको सजाय हुने छ ।

    दफा २८१. मतियार मानी सजाय हुन
    (१) कीर्ते कागज हो भनी जानी जानी साक्षी बस्ने वा लिखत लेख्ने व्यक्तिलाई कीर्ते कसुरको मतियार मानिने छ ।

    (२) उपदफा (१) बमोजिमको मतियारलाई दफा २७६ को उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुने छ ।

    दफा २८२. क्षतिपूर्ति भराइदिनुपर्ने
    यस परिच्छेदबमोजिमको कसुरबाट कसैलाई हानिनोक्सानी भएकोमा कसुरदारबाट त्यस्तो हानिनोक्सानी भएको व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने छ ।

    दफा २८३. हदम्याद
    सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्ष र यस परिच्छेदअन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

    बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.