• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्कैको नागरिकताबाट कन्सल्टेन्सी खोलेका ज्वाइँ जेठानले ठगे ५५ जना

"तीन करोड ठगेर जेल बसे, फर्केपछि ६३ लाख ठगे "

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसी कन्सलटेन्सी खोलेर दुई व्यक्तिले लाखौं रकम ठगी गरेका छन् । प्रहरीले कन्सल्टेन्सी खोलेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ घर भई हाल ललितपुरको नख्खु मिलनटोल बस्ने बलिराम सिहंको छोरा वर्ष ३५ को रामेश्वर सिंह र सोही ठाउँका २७ वर्षीय सरोज यादव नाम बताउने राम सेवक सिंह रहेका छन्।

    राजकुमार बजगाई समेत ५५ जनालाई वैदेशिक रोजगारीको लागि युरोप मुलुक पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्छ, युरोप मुलुक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख ५५ पचपन्न हजार रुपैयाँ तलव हुन्छ भनी उनीहरुले विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको आरोप छ।

    उनीहरूले पीडितबाट पटक पटक गरी ६३ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ २३ गते ललितपुरको मिलनटोलबाट पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार अनुसन्धानको क्रममा निम्न कुराहरू खुल्न आएका छन्ः
    रामेश्वर सिंह बजाज ओभरसिसमा मिति २०७४ सालदेखि कर्मचारीको रुपमा १ वर्ष काम गरी वैदेशिक काम सिकेको।

    मिति २०७४ सालको फागुनमा भेरी ओभरसिस किनेर संचालन गरेकोमा २०० जनालाई ३ करोड ठगी गरेकोमा १ वर्ष ६ महिना जेल बसेर निस्केको।

    भेरी ओभरसिसमा विदेश जान पेश गरेकोमा सरोज यादव नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण प्रत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी विराट कन्सलटेन्सी विर्तामोड गडीमाई कन्सलटेन्सी काठमाडौं कमलमाई कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी प्रतिव्यक्ती ७ लाख सम्म रकम उठाएको।

    सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआईसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोली कारोबार रामसेवक सिंहबाट गर्ने गरेको।

    सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषा मै रहेको निजहरुलाई आफ्नो नागरिकता दुरुपयोग भै धेरै व्यक्ति ठगिएको जानकारी नभएको, उनीहरु सबै जना गाउँमा कृषि पेशा गरी बसेको।

    पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिएकोमा यस कार्यालयबाट निजहरुलाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्नो ज्वाई नाता पर्ने राम सेवक सिंह को फोटो टासी उल्लेखित व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुल्न आएको।

    निज रामेश्वर सिंहलाई २०७४ सालमा ठगी मुद्दा चली १ वर्ष ६ महिना कैद भएको।

    मिति २०७८ सालमा ठगी मुद्दामा फरार रहेको।

    मिति २०७९ सालमा सिन्धुली जिल्लामा लागुऔषध मुद्धा चली २४ दिन कैद र २००० जरीवाना भएको।

    निजहरुको साथबाट विभिन्न ब्यक्तिको नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको।

    निजहरु उपर ठगी, किर्ते जालसाजी, बैकिङ कसुर लगायतका अपराध मुद्धामा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.