काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अअदालतमा बुधबार मुद्दा दायर गरेको हो।
वडाअध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ।
घुस मागेको विशेष सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडाअध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ।