मेघराज रिष्मेली, जापान
बागलुङबजार । बागलुङको गलकोट नगरपालिकामा एक युवकको शव फेला परेको छ ।
Advertisement
गलकोट नगरपालिकाको वडा नं. ९, बडागाउँमा २४ वर्षीय नविन गौतमकोे शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको हो ।
मृतक गौतम हिड्नेक्रममा चिप्लिएर घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
बुधवार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीको टोली घटना स्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।