काठमाडौं । संसदको हिउँदे अधिवेशनको तयारी पूरा भएको छ ।
Advertisement
सोमबार (२२ माघ) देखि सुरु हुने बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

यसैक्रममा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकस्थलको अवलोकन गरेका छन् ।
आइतबार सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको तयारीबारे संसद सचिवालयका कर्मचारीसँग जानकारी लिएका हुन् ।
