काठमाडौं । चिलीको भल्पराइसो क्षेत्रको जंगलमा लागेको आगलागीमा परी हालसम्म ४६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
Advertisement
बीबीसीका अनुसार भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन्।
अधिकारीहरूका अनुसार आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र प्रभावित भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो।
मृतकको संख्या अझै बढ्न सक्ने आशंकाबीच राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन्।