• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजधानीमा भीषण आगलागी २०० भन्दा बढी घाइते


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • केन्या । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका छन् ।

    Advertisement

    सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेख्नुभएको छ, ‘विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ ।’

    ‘फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधनहरू र व्यावसायका लागि राखिएका समानमा थप क्षति पुर्‍याएको छ’, उहाँले भन्नुभयो, ‘घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ । घटना रातिको समय भएकोले धेरै बासिन्दा घरभित्र रहेकोले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ ।

    दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको र अन्य २२२ जनालाई राजधानीका विभिन्न अस्पतालमा लगिएको सरकारी प्रवक्ताले जानकारी दिनुभयो ।

    यसअघि केन्या रेडक्रसले करिब ३०० जना घाइते भएको जानकारी दिएको थियो ।

    घटनास्थलमा उपलब्ध एएफपीका पत्रकारका अनुसार अग्निनियन्त्रकहरूले स्थानीयसमयअनुसार बिहान ७:०० बजेसम्म आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । त्यस क्षेत्रबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको थियो ।

    राजधानीको दक्षिणपूर्वी क्षेत्रमा बिहीबार राति आगलागी भएको थियो ।

    स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको तस्बिरमा धेरै घरनजिकै ठूलो आगोको गोला देखिएको छ ।

    एएफपीका एक पत्रकारका अनुसार धेरै घर र सवारी साधन जलेका छन् ।

    ‘हामी घरमा थियौं र ठूलो विस्फोटको आवाज सुन्यौं,’ आगो लागेको ठाउँको छेउछाउमा बस्ने जेम्स एनगोगेले एएफपीलाई बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘विस्फोटका कारण आएको आवाज र ठूलो कम्पनले पूरै भवन हल्लिएको थियो, यो ढल्न लागेको जस्तो लाग्यो । सुरुमा त हामीलाई के भइरहेको छ भन्ने पनि थाहा थिएन, यो भूकम्पजस्तै थियो ।’

    घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए ।

    सञ्चारमाध्यमले देखाएका भिडियो तथा तस्बीरमा प्रहरीले प्रभावित क्षेत्रलाई घेरेको छ तर केही मानिसहरूले आफ्ना सामानहरू सङ्कलन गरेको र क्षतिको सर्वेक्षण गरेको देख्न सकिन्छ ।

    ‘घटनास्थल सुरक्षित भइसकेको छ र उद्धार र अन्य हस्तक्षेप प्रयासमा सहयोग पुर्‍याउन कमाण्ड सेन्टर बनाइएको छ,’ मवौराले भन्नुभयो ।

    यसअघि, सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको थियो भने ७० जना घाइते भएका थिए ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.