नयाँदिल्ली । भारतको हरियाणा सोनिपतमा सडक दुर्घटना हुँदा चार जना नेपालीको निधन भएको छ ।
जागिरबाट फर्किरहेका ती नेपालीहरूलाई पछाडिबाट आएको कारले ठक्कर दिँदा घटनास्थलमै उनीहरूले ज्यान गुमाएका हुन् ।
जनवरी २७, २०२४ शनिबार राती १२:३० बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा दलबहादुर रायमाझी (अर्घाखाँची), कुमार खत्री (ओखलढुङ्गा), खिलाबहादुर मगर (ओखलढुङ्गा) र अर्जुन सुनुवार (सर्लाही) रहेका छन् । घटनामा ओखलढुङ्गाका दिलबहादुर मगर गम्भीर घाइते भएका छन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य पिनु थापाले दिनुभएको जानकारीअनुसार घटनाको प्रहरी रिपोर्ट र पोस्टमार्टम गराई जनवरी २९ का दिन मृतकको दाहसंस्कार गरिएको छ ।
कुमार खत्री र अर्जुन सुनुवारको दाहसंस्कार मूल प्रवाहको पहलमा गरिएको थापाले जानकारी दिनु भयो । मृतकलाई क्षतिपूर्ति दिलाउनबारे मूल प्रवाह सङ्घर्षरत रहेको थापाले बताउनुभएको छ ।





