• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • भैरहवा (रुपन्देही) । भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुनुहुन्छ । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उहाँ दैनिक देखिनुहुन्छ । कहिले दर्शकदीर्घाबाट, कहिले विशिष्ठ व्यक्ति बस्ने प्यारापिटबाट उहाँ खेल नियालिरहेको भेटिनुहुन्छ । आफ्नै नगरमा राष्ट्रिय प्रतियोगिता भइरहेको छ, यहाँ नआएर भयो त ?, बुधबार हर्षित मुद्रामा भेटिनुभएका श्रेष्ठले भन्नुभयो ।

    Advertisement

    नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको अहिले भैरहवामा जमघट भएको छ ।

    भैरहवामै राष्ट्रिय टोलीका खेलाडी पाएपछि यहाँका प्रंशसक पनि हौसिएका छन् । दर्शक नै नपाउने सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले दर्शकले भरिभराउ छ । भैरहवामात्र होइन, रुपन्देहीका ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न र राष्ट्रिय खेलाडीलाई भेट्न दर्शक भैरहवा आइपुग्ने गरेका छन् ।

    खेल सुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रंशसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन् । खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन् ।

    दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ ।

    सिद्धार्थ क्रिकेट रङ्गशाला दर्शक र राष्ट्रिय खेलाडीको मिलन गराउने माध्यम बनेको छ । पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको प्रधानमन्त्री कप प्रतियोगिताले भैरहवा क्रिकेटमय भएको छ । खेलाडी पनि काठमाडौँ बाहिर नयाँ खेलमैदान पाएपछि दङ्ग छन् ।

    त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी विनोद भण्डारी केही वर्षयता नै सिद्धार्थ रङ्गशाला परिवर्तन भएको प्रतिक्रिया दिनुभयो । म करिब अढाइ वर्षअघि यहाँ घरेलु प्रतियोगिता खेल्न आएको थिएँ, यो अढाइ वर्षमा यहाँ धेरै परिवर्तन भइसकेको छ, भण्डारीले भन्नुभयो, पिच राम्रो बनेको छ, ‘आउटफिल्ड’ एकदमै राम्रो बनेको छ, दर्शकका लागि ‘स्टेण्ड’ पनि बनिसकेको रहेछ, यो यही रोकिनु भएन अझै अगाडि बढ्नुपर्छ । उहाँले अहिले काठमाडौँमा मात्र अन्तर्राष्ट्रिय खेल भइरहेको अवस्थामा अब भैरहवा पनि यस्तो खेल खेलाउन सक्षम रहेको बताउनुभयो । भण्डारीले भैरहवाको पिच खेल्न योग्य रहेको बताउनुभयो । गत पुस २८ गतेदेखि प्रधानमन्त्री कप सुरु भएदेखि नै भैरहवाको पिचले घाम हेर्न पाएको थिएन । यसले गर्दा यहाँ रन धेरै बन्न सकेको थिएन । पिच राम्रो हुनलाई पानी र घाम हुनुपर्छ यसले ब्याटरहरूलाई रन बनाउन सहयोग गर्छ । आर्मीका कप्तान विनोद भण्डारीका अनुसार सिद्धार्थ रङ्गशालाको पिचले घाममात्र पाएको भए यहाँ उच्च अङ्क बन्ने थिए ।

    आर्मीका कप्तानको जस्तै धारणा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका सशस्त्र प्रहरीका रोहित पौडेलको पनि छ । उहाँले पनि भैरहवाको खेलमैदान राम्ररी तयार गरेको प्रतिक्रिया दिनुभयो । विशेषगरी आउटफिल्ड खेल्नका लागि साह्रै राम्रो छ, पिचले घाम पनि पाएको छैन, यस्तो अवस्थामा पनि यति राम्रो विकेट तयार गर्नुभएको ”, पौडेलले भन्नुभयो, आउने दिनमा यहाँ अझै राम्रा खेल हुँदै जाउन्, हामी यहाँ नेपालका लागि खेल्न चाहन्छौँ ।

    पौडेल पिच तयार भइसकेको अवस्थामा रङ्गशालालाई विस्तारै विकसित गरी लैजान सकिने बताउनुहुन्छ ।

    “सिद्धार्थ क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका खेल हुने पिच छ”, उहाँले भन्नुभयो, “अब यसलाई ‘अपडेटेड’ गरेर यहाँको समिति कसरी अगाडि बढ्छ, त्यो महत्त्वपूर्ण पाटो हो ।”

    सिद्धार्थ रङ्गशालामा अहिले छवटा पिच रहेका छन् । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार त्यसमध्ये तीनमा रातो माटो तीन वटामा पहेँलो माटो प्रयोग गरिएका पिच छन् । आठ वर्षअघि गुरुयोजनासमेत तयार भएको रङ्गशालामा अहिलेसम्म करिब रु १० करोड खर्च गरिसकिएको उहाँले बताउनुभयो । आफ्नै एकेडेमीसमेत तयार पार्ने लक्ष्यसहित रुपन्देही क्रिकेट सङ्घले अहिले तीन सिमेन्ट पिच र दुई टर्स पिच निर्माण गरिसकेको छ ।

    करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालाको आठ वर्षअघि गुरुयोजना तयार भए पनि अहिलेसम्म करिब १० प्रतिशत मात्र काम हुनसकेको नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको भनाइ छ । तत्कालीन समयमा रु ३८ करोड लागत अनुमान गरिएको थियो । अहिले यसलाई पुन:मूल्याङ्कन गरी अगाडि बढ्नुपर्ने उहाँको धारणा छ ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.