धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट पितृशोकमा पर्नुभएको छ ।
भट्टका पिता सकाराम भट्टको २०८० माघ ७ गते शनिबार साँझ ८ बजेतिर निधन भएपछि उहाँ पितृशोकमा पर्नुभएको हो ।
लामो समयदेखि फोक्सोका बिरामी रहनुभएका ८६ वर्षीय भट्टको निधन भएपछि माघ ८ गते आइतबार कैलालीको गोदावरीघाटमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपूर्व अत्तरिया वशन्तपुरदेखि गोदावरीसम्म शवयात्रा गरिएको थियो । शवयात्रामा समाजसेवी, व्यापारी, व्यवसायीसहित ठुलो सङ्ख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो ।
गोदावरीघाटमा शवयात्रा पुगिसकेपछि दाहसंस्कारपूर्व श्रद्धाञ्जलीसभा सम्पन्न भएको थियो ।
राजमो कैलालीका अध्यक्ष जगत् जोशीको सञ्चालनमा अघि बढेको श्रद्धाञ्जलीसभामा राजमो महासचिव मनोज भट्टले स्मृतिशेष सकारामको पार्थिव शरीरमा राजमोको झन्डा ओढाउनुभएको थियो ।
त्यसपछि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्क्षिप्त शोकमन्तव्य राख्नुभएको थियो ।
उहाँले स्मृतिशेष सकारामले जीवित रहँदा नेपालको वामपन्थी आन्दोलनमा महŒवपूर्ण योगदान पुर्याउनुभएको स्मरण गर्दै उहाँको निधनबाट मसाल र वामपन्थी आन्दोलनलाई घाटा पुगेको बताउनुभयो ।
सभामा परिवारको तर्फबाट राजमो केन्द्र्रीय सदस्यसमेत रहनुभएका जेठा छोरा नन्दराज भट्टले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
स्मृतिशेष सकारामका तीन छोरा र चार छोरी रहेका छन् । भट्ट परिवार नेकपा (मसाल) को राजनीतिलाई समर्थन गर्ने गरेको छ ।