• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कोरोना नेपालमा भित्रिएको मात्रै छ, फैलिसकेको छैन, गम्भीर बनौंः केसी


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुला सीमाबाट भारतमा काम गर्ने नेपाली सोझै बस्ती प्रवेश गरे नेपालका गाउँ–गाउँ कोरोना भाइरसबाट संक्रमित हुने चेतावनी दिनुभएको छ ।

    Advertisement

    सोमबार एक वक्तव्य प्रकासित गरी अध्यक्ष केसीले नेपालमा कोरोना भित्रिएको तर फैलिइनसेको अवस्थामा अझै गम्भीर बनेर यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    विकसित देशहरुलाई समेत हम्मे हम्मे परेको अवस्थामा नेपालमा कोरोना फैलिएमा त्यसले अकल्पनीय अवस्था निम्त्याउन सक्ने भन्दै लकडाउनको पूर्ण पालना गर्न, संक्रमित र आशंका गरिएका व्यक्तिहरुको उपचारमा ध्यान दिन तथा क्वारेन्टिनको उचित व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ ।

    यस्तै, केसीले दैनिक गुजारा चलाउन नसक्ने अवस्थाका व्यक्तिहरुको खानपिनको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएको छ । उहाँले संकटको बेला अनियमिमता गर्नेमाथि कडा कारबाही गर्न पनि माग गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    कोरोना भाइसर संक्रमणको भयका कारणले देश लकडाउन .(बन्द अवस्था) मा छ । सरकारले यो लकडाउन आगामी चैत्र २५ गतेसम्म बढाएको छ । कोरोना भाइसरको अहिलेसम्म औषधि पत्ता नलागेको र स्वास्थ्यसम्बन्धी अस्पताल, डाक्टर औषधि एवं स्वास्थ्यसम्बन्धी प्रविधिमा हामी सक्षम नभएको स्थितिमा कोरोना भाइरसको महामारीलाई रोक्न लकडाउन नै उपयुक्त तरिका हो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ । यसबाट जनतालाई धेरै नै समस्या परेको छ । तैपनि तत्काल यो बाहेक अर्को प्रभावकारी उपाय हामीसँग छैन ।

    कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको छ । चीन, इटली हुँदै यो अमेरिकामा व्यापक फैलिएको छ । विकसित देशहरु समेत यसरी यो महामारको चपेटामा परेको स्थितिमा हाम्रो जस्तो अविकसित देशमा यो फैलियो भने कति भयानक स्थिति हुनेछ ? त्यसबारे हामीले अनुमान गर्न सक्दछौँ । नेपालमा विदेशबाट आएकाहरुबाट कोरोना भाइरस भित्रिइसकेको छ । तर, फैलिइसकेको छैन । विदेशमा र विशेषगरी भारतमा ठूलो संख्यामा नेपालीहरु रोजगारीको लागि गएका छन् । नेपाल–भारतका सीमा खुला छन् ।

    यदि तिनीहरु सोझै गाउँ–बस्तीमा प्रवेश गर्ने हो भने हाम्रो गाउँबस्ती पुरै संक्रमित हुन सक्दछन् । त्यसो हुन नदिन उनीहरुलाई क्वारेन्टाइनमा बस्ने उचित व्यवस्था मिलाउन पर्छ । हाम्रो लागि अहिले रोकथाम नै सही उपाय हो । त्यसको लागि सरकार, स्वास्थ्यसँग सम्बन्धित निकाय, सुरक्षा निकाय र जनता समेतको एकता र प्रभावकारी परिचालनको आवश्यकता छ ।

    सरकारले केही राहत उपलब्ध गराउने कार्यक्रमको घोषणा गरेको छ । चीनले औषधि र त्यससम्बन्धी सामग्रीहरु सहयोगस्वरुप पठाएको छ । ती दुवै कुराको हामीले स्वागत गर्दछौँ । तर, सरकारले उपलब्ध गराउने राहत विशेषगरी गरीब वर्गमा नपुग्न सक्छ । त्यसमा सम्बन्धित सबैको ध्यान जानु पर्छ । कोरोनाको उपचार तथा रोकथाम सम्बन्धी सामग्रीहरु खरिदमा भ्रष्टाचार भएको भन्ने समाचारहरु आएका छन् ।

    यदि त्यसप्रकारको भ्रष्टाचार भएको हो भने त्यो अत्यन्त अमानवीय र अक्षम्य कुरा हो । त्यसबारे सरकारले तत्काल छानवीनगरी कारबाही गर्नु पर्छ । दैनिक उपभोग्य वस्तुहरुमा कालाबजारी भएको र पछिल्लो समयमा चोरीका घटनाहरु भएका समाचारहरु पनि आएका छन् । आपत र संकटको बेलामा नै त्यसप्रकारका तत्वहरु सक्रिय हुन्छन् । तिनको रोकथामका लागि पनि सरकारले विशेष ध्यान पुराउन जरुरी छ ।

    निजी अस्पतालहरुले संक्रमित भएको आशंकामा नै बिरामीको उपचार नगर्ने वा त्यससम्बन्धी कार्यमा जनताको सेवाबाट पन्छिने गम्भीर कुरा हो । डाक्टर, नर्स वा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु आफ्नो कर्तव्यबाट पलायन हुने कुरा सही होइन । उनीहरुलाई सुरक्षित वातावरण र आवश्यक सामग्री सहित आफ्नो कार्यमा उच्च मनोवलका साथ खट्ने व्यवस्था मिलाउन पर्दछ ।

    अहिले हाम्रो ध्यान कोरोना रोकथाममा नै छ । यो रोकथामबाटै समाधान नहुन सक्छ । उपचारको लागि आधारभूत कुराको व्यवस्था मिलाउन सरकारले ध्यान दिनु पर्दछ । कोरोनाको संक्रमण विश्वव्यापी समस्या हो । यसको लागि सरकार, सार्क, संयुक्त राष्ट्र संघ लगायतले स्थापना गरेका कोषहरु समेतको सहयोग लिई प्रभावकारी कदम चाल्न पर्छ । यो महामारीको असर स्वास्थ्य क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक क्षेत्रमा समेत पर्ने छ । त्यसबाट उत्पन्न स्थितिको समाधानको लागि पनि अहिलेदेखि ध्यान पुराउनु पर्दछ ।’

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.