• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शरणार्थी शिबिरमा आगलागी हुँदा हजारौं आश्रयविहीन


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • बङ्गलादेश । बङ्गलादेशको शिविरमा भएको आगलागीका कारण करिब ८०० घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका करिब चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् ।

    Advertisement

    बङ्गलादेशमा करिब १० लाख रोहिङ्ग्याहरू बसोबास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसङ्ख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

    शरणार्थी आयुक्त मिजानुर रहमानका अनुसार आइतबार बिहान देशको दक्षिणपूर्वमा रहेको एक शिविरमा बाँस र त्रिपालले भरिएको कम्प्लेक्समा आगलागी भएको हो ।

    रहमानले भन्नुभयो, कम्तीमा ७११ आश्रयस्थल पूर्ण रुपमा जलेका छन् भने ६३ वटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

    आगलागीका कारण चार हजार मानिस घरबारविहीन भएको उहाँले बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो आगजनी हो । हामीले आगलागीको अनुसन्धान गर्न आदेश दिएका छौँ ।”

    ‘भीषण आगलागीले धेरै शरणार्थी आश्रयस्थलमा क्षति पुर्याएको’ र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर) ले ‘प्रभावित मानिसहरूलाई सहयोग गरिरहेको’ बताएको छ ।

    विशेषगरी नोभेम्बरदेखि अप्रिलसम्म सुख्खा याममा बङ्गलादेशका दर्जनौं रोहिङ्ग्या शरणार्थी शिविरमा डढेलो पनि लाग्ने गरेको छ ।

    तर धेरै शिविरहरू प्रतिद्वन्द्वी रोहिङ्ग्या समूहहरूबीचको हिंसाबाट पनि प्रभावित छन् ।

    प्रहरीका अनुसार शिविरमा गत वर्ष ६० भन्दा बढी शरणार्थीको मृत्यु भएको थियो र यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो ।

    सन् २०२३ को मार्चमा विश्वकै सबैभन्दा ठूलो शरणार्थी बस्तीमध्येको एक कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार भन्दा बढी टहरा जलेर नष्ट भएका थिए ।

    दुई वर्षअघि सोही शिविरमा भएको आगलागीमा परी कम्तीमा १५ रोहिङ्ग्याको मृत्यु भएको थियो भने अन्य ५० हजार शरणार्थी घरबारविहीन भएका थिए ।

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.