काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन्।
Advertisement
पुस ७ गते पोखरामा रास्वपाको आमसभामा बोल्दै गर्दा लामिछानेमाथि खोया प्रहार भएको थियो।
प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरी अनुसन्धानका लागि १० दिन हिरासतमा राखेको थियो।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। आदेशसँगै रानाभाटलाई आजै छोडिएको कास्की प्रहरीले जनाएको छ।