• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

७० वर्षीय पूर्वशिक्षकको पशुपालन


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • गण्डकी । कास्की जिल्ला, रुपा गाउँपालिका–६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थाल्नुभएको छ ।

    Advertisement

    एक दशकको पोखराको बसाइ त्यागी गाउँ फर्कनुभएका खड्काले भिरचोकस्थित चन्द्रप्रभा माविमा १२ वर्ष प्रधानाध्यापक र १० वर्ष देउराली स्रोत केन्द्रको स्रोतव्यक्तिसहित चार दशक शिक्षण पेसामा रहेर सेवा गर्नुभएको थियो । खड्काले दर्ता गरेको देउराली फार्ममा उन्नतजातका १७ वटा भँैसी र १५ वटा गाई छन् । फार्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुन्छ । बजारमा बिक्री गरेर मासिक रु पाँच लाख आम्दानी हुने गरेको छ । भैँसीको दूध प्रतिलिटर रु एक सय ४० र गाईको दूध रु एक सय २० का दरले बिक्री हुन्छ ।

    बिहान सबेरै स्कुटरमा दूध बोकेर बजार लैजाने र फर्कंदा गाईभैँसीलाई आवश्यक दाना चोकर बोकेर ल्याउने दैनिकी बनाउँदै आउनुभएका उहाँका कान्छा छोरा भूपेन्दबहादुर खड्का विदेश जानुभन्दा गाउँको जग्गालाई सदुपयोग गर्दै परिवारसँगै बसेर पशुपालनबाट मनग्ये आम्दानी गर्नु राम्रो भएको बताउनुहुन्छ । “गोठमा रहेका माहु, भैँसी र गाई अधिकांश ब्याउनेछन् फागुन महिनादेखि दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “गाईभैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गरी बजारमा बिक्री गरेर मासिक रु १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य छ ।”

    गाउँबाट दूध बोकेर पोखरा जानु र तीन बोरासम्म चोकरदाना बोकेर फर्कंदा ६० देखि ७० किलोमिटर स्कुटरको यात्रा कष्टकर बनेको दुखेसो सुनाउँदै बिबिएस उत्तीर्ण गर्नुभएका ३३ वर्षीय खड्काले भ्यान भए उत्पादित दूध बिक्री र पशु आहारा ओसारपसारमा सुविधा पुग्ने बताउनुभयो ।

    स्थानीय रुपाकोट रिसोर्टले दैनिक २० लिटर दूध र फार्ममा उत्पादित मल खरिद गर्ने गरेको छ । बाँकी दूधको बजार पोखरा नै हो । फार्मबाट जम्मा भएको गोबर मल बिक्रीबाट हालसम्म रु चार लाख आम्दानी भएको छ । नस्ल सुधारका लागि रु ९० हजारमा राँगो खरिद गर्दा गाउँपालिकाबाट रु ३० हजार अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।

    दूध बिक्रीभन्दा पनि फार्ममा जन्मेका पाडापाडी हुर्काउने अभियान छ । गोठमा यतिखेर २० वटा पाडी, दुईवटा पाडा र चारवटा बाच्छाबाच्छी छन् । स्थानीय खडागाउँको पानीको स्रोत सुकेपछि खरिबोटको पानी मोटरको सहायताले ल्याउँदा थप रु ६५ हजार लगानी भएको छ ।

    पाडापाडी हुर्काएबापत गण्डकी प्रदेश सरकारबाट रु ९० हजार अनुदानसमेत प्राप्त गर्नुभएको र यस वर्ष रु ५० हजार अनुदान पाउने विश्वास व्यवसायी खड्काको छ । प्रदेश सरकारले पाडापाडी हुर्काउने पशुपालकलाई प्रतिपाडी रु १० हजार अनुदानको व्यवस्था गरेको छ ।

    घाँसमा आधारित पशुपालन गर्ने लक्ष्यका साथ २७ रोपनी जग्गामा सुपरनेपिएर जातका बिरुवा, डाले र भुइँघाँस लगाएका कारण पनि पशुपालनमा सुविधा पुगेको छ । एभरेष्ट बैङ्कबाट रु ७० लाख कृषि ऋण लिएर फार्म सञ्चालन गरेको बताउँदै खड्का भन्नुहुन्छ, “गाउँको पायक पर्ने स्थानमा १८ रोपनी जग्गा खरिद गरी सुरु गरेको फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ ।” फार्ममा पाँच जनाले रोजगारी पाएका छन् ।

    उर्वर र रमणीय भोर्ले गाउँका ८० घरमध्ये अहिले चार घरमा मात्र मानिस बस्छन् । बाँकी घर रित्तिएका छन् । जग्गा बाँझो भई जङ्गलमा परिणत भएको छ । साढे दुई वर्षको अवधिमा चरनमा छवटा बाच्छीलाई चितुवाले मारेको छ । पशु बीमाको क्षतिपूर्ति पाउँदा केही हदसम्म राहत मिलेको छ ।

    सहरबाट गाउँ फर्केर पशुपालन व्यवसाय सञ्चालन गर्नु सबैका लागि प्रेरणाका स्रोत भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउनुहुन्छ । पालिकाले पशुपालन किसानको प्रोत्साहनका लागि ढुवानी, घाँसका बिरुवा, भकारो सुधार, नस्लसुधार लगायतमा अनुदानको व्यवस्था गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    सडक पूर्वाधार निर्माणसँगै पालिकालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गरी स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ पशुपालन, कृषि, मौसमी तथा बेमौसमी तरकारीखेती, मौरीपालनलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.