• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सहकारीको रकम अपचलन : “थाहा छैन” लामिछाने भन्छन्– यो सरकारको जिम्मेवारी हो


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम “थाहा छैन” लामिछाने राखिदिए हुने भएको छ किनकि उनले आफूमाथि आउने कैयौँ प्रश्नको उत्तर “थाहा छैन” भनेर दिने गरेका छन् ।

    Advertisement

    चितवनमा एक जना पत्रकारले आत्महत्या गर्नुभन्दा अगाडि रविको नाम लिए । त्यस्तै, रवि बसेकै घरको छतबाट उनका ड्राइभरको मृत्यु भयो । यसबारे सोधपुछ गरिदा उनले भन्ने गरेका थिए– “थाहा छैन” ।

    रविसित दुईओटा नागरिकता र पासपोर्ट थियो । यसबारे सोधपुछ हुँदा पनि उनको भनाइ त्यही हुन्थ्यो– मलाई “थाहा छैन” ।

    यस्ता प्रकरण अरू पनि छन् । केही महिना उनी उपप्रधान तथा गृहमन्त्री हुँदा नेपालका गोपनीयता भ· हुने गरी पासपोर्ट छपाइ गर्न फास्ट ट्रयाक प्रक्रियाबाट विदेशी कम्पनीलाई ठेक्का दिइयो । केही समयपछि उनकै एक सांसदले मन्त्री बन्नका लागि कोर टिमबाट निर्णय गराएको भन्दै एक जना व्यवसायीसित तीन करोड मागे । यसबारेमा पनि उहाँको भनाइ उही थियो– “थाहा छैन” ।

    अहिले उनी फेरि सहकारीबाट रकम लिएर टेलिभिजन चलाएको प्रसङ्गमा त्यही जवाफ दिइरहेका छन्– मलाई “थाहा थिएन” ।

    यतिखेर उनीमाथि प्रश्न सोझिएको छ, सेयर सदस्य नबनिकन सहकारीबाट ऋण लिनु हुँदैन भन्ने तपाईंलाई थाहा थिएन ?

    अनि, तपाईं संलग्न टेलिभिजनले लिएको करोडौँ रकम नतिर्दा गरिब जनता रुँदै हिँडेका छन् । यसबारे तपाईं के भन्नुहुन्छ ?

    फेरि पनि उनीसित तम्तयार उही जवाफ छ– मलाई “थाहा छैन” ।

    के उपर्युक्त सबै मामिलामा वास्तवमै रविलाई थाहा नभएको हो त ? त्यस्तो होइन ।

    बुटवलमा २०५७ सालमा खोलिएको एउटा सहकारी थियो “मैत्री वचत तथा ऋण सहकारी” । २०७३ सालमा जी.बी. (गीतेन्द्रबाबु) राई त्यसमा सामेल भएपछि त्यसको नाम फेरिएर “सुप्रिम बचत तथा ऋण सहकारी” बन्यो । त्यही सहकारीबाट २०७७ फागुन ११ गते ग्लालेक्सी टेलिभिजन सञ्चालन गर्न एक करोड रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिले लियो, त्यो पनि रवि लामिछानेकै नामबाट किनकि यही प्रालिले सञ्चालन गरेको ग्यारेलेक्सी टिभी फोरकेका प्रबन्ध निर्देशक थिए, रवि लामिछाने यद्यपि ग्यालेक्सी टिभीले त्यसबाहेक पनि थप दस करोड रुपियाँ ऋण पछि पनि लिएको थियो ।

    आर्थिक समस्या भन्दै अहिले ग्यालेक्सी टिभी बन्द छ । यस टिभीले बुटवलको सुप्रिम सहकारीसित आफूले लिएको करोडौँ रकम फिर्ता नगर्दा पचार हजारभन्दा बढी सर्वसाधारणको बिचल्ली भएको छ । यता, रविले भने अहिले ग्यालेक्सी टिभीसित आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन् ।

    रविले रकम लिएको २०७७ फागुन सात महिनापछि २०७८ असोज २५ गते सो टिभीको उद्घाटन भएको थियो । उक्त टेलिभिजनमा जी.बी. राईको ८५ प्रतिशत र रविको १५ प्रतिशत सेयर थियो । त्यति मात्रै होइन, उनी त्यस टिभीका प्रबन्ध निर्देशक पनि थिए ।

    त्यति मात्रै होइन, रविको नेतृत्वमा गोर्खा नेटवर्क कम्पनीले पोखराको सूर्यदर्शन वचत तथा सहकारीबाट कम्तीमा दस करोड रुपियाँ र चितवनको साहारा चितवन सहकारीबाट १२ करोड रुपियाँ ग्यालेक्सी टिभी सञ्चालन गर्न ऋण लिएको थियो । त्यसमध्ये सूर्यदर्शन सहकारीले रविकै नाममा चेक हस्तान्तरण गरेको थियो । आज यी दुई सहकारीपीडित पनि अलपत्र अवस्थामा छन् ।

    उपर्युक्त रकम टेलिभिजनका लागि आवश्यक सामग्री खरिद गर्न, स्टुडियो निर्माण गर्न तथा अन्य पूर्वाधार तयार गर्न ल्याइएको थियो ।

    यतिखेर रविले आफूले ग्यालेक्सी टेलिभिजन छोडिसकेकाले त्यसबारे आफू जवाफदेही नहुने बताइरहेका छन् तर तथ्य बताउँछ, २०७८ असोजमा उनी १५ प्रतिशत सेयर सदस्यसहित प्रबन्ध निर्देशक हुँदा यी कारोबार भएका थिए । उनले त्यहाँको सेयर अरूलाई हस्तान्तरण गरेको २०८० भदौ ११ गते मात्रै हो ।

    यस सन्दर्भमा उनीमाथि दुईओटा गैरकानुनी विषय उठेका छन् : प्रथम– सहकारी ऐन–२०७४ को दफा ५० अनुसार सेयर सदस्य नभइकन कुनै पनि सहकारीबाट ऋण लिनु गैरकानुनी हो; द्वितीय– भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा २३ अनुसार सहकारीको रकम कुनै कम्पनीमा सार्नु गैरकानुनी हुने छ तर यस सम्बन्धमा रविको जवाफ उही छ– मलाई “थाहा छैन” ।

    दोष सरकारको टाउकोमा

    बुटवल, पोखरा र चितवनको सरकारीको रकम नतिरेको सन्दर्भमा उनले आफूले कुनै उत्तरदायित्व लिन अस्वीकार गरेका छन् । उनले त्यसको दोष सरकारमाथि थोपरेका छन् । निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्डमा पैदलयात्राको क्रममा सहकारीपीडितसित गोप्य भेट गर्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए ।

    ‘यो सरकारको जिम्मेवारी हो’ उनले पीडितसित भनेका छन्– ‘अब बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो विषय उठाउने छ ।’

    यसरी आफ्नै नेतृत्वमा सहकारीको रकम गैरकानुनी प्रकारले परिचालन गर्ने कामलाई अब उनले राजनीतिक रङ दिने प्रयास गरेको देखिन्छ । अब हेर्नुछ, प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा रवि कसरी प्रस्तुत हुने छन् तर यो निश्चित छ : सहकारीपीडितको समस्या भने ज्युँकात्यु रहने छन् ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.