जनकपुरधाम । बारा प्रहरीले एकजना हत्या आरोपीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
Advertisement
बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।
कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपी सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् ।
बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेका अनुसार दुवै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।
गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।