• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाङको दङ्गीशरणमा रहेको थारू सङ्ग्रहालय अनुसन्धानको केन्द्र बन्दै


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • देउखुरी (दाङ) । दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययनरअनुगमनका लागि आउने गरेका हुन् ।

    Advertisement

    घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन/अनुगमनका लागि दङ्गिशरण–३ मा रहेको थारु सङ्ग्रहालयमा जानुभयो ।

    सङ्ग्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा सबैले चाख मानेर हेरेको उहाँले बताउनुभयो  ।

    यहाँ पुग्दा थारु जातिको पहिचानलाई बचाइ राख्नलाई तयार गरिएको सङ्ग्रहालय देख्दा खुसी लागेको केसीले बताउनुभयो । लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारू समुदायका पुराना सामान, गहना र पोसाक संरक्षण गरेर राखेको देख्दा खुसी लागेको उहाँको भनाइ थियो ।

    सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि सङ्ग्रहालय अवलोकन गर्नुभयो । उहाँले थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा खुसी लागेको बताउनुभयो । थारु समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा/दुलही बोक्ने डोली सङ्ग्रह गरेर राखिएको उहाँले जानकारी दिनुभयो ।

    “घरमा हजुरआमाले आफ्ना पालका गरिने चालचलन र सामग्रीको बारेका सुनाउने गर्नुहुन्थ्यो यहाँ पुगेर सबै अवलोकन गर्न पाउँदा खुसी लागेको छ”, चौधरीले भन्नुभयो, “थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्शा कोरिएका छन् ।”

    विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा सङ्कायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने गरिएको बताउनुभयो । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरुलाई स्थलगत अध्ययन गराउने गरिएको उहाँको भनाइ थियो । आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययनरअवलोकन गराउने गरिएको उहाँले बताउनुभयो ।

    लुम्बिनी प्रदेश सरकारबाट दङ्गीशरण–३ चखौरामा रहेको थारु सङ्ग्रहालयमा पार्क निर्माणका लागि रू ५० लाख, मूर्ति निर्माण तथा खरिद गर्न रू ५० लाख, माथिल्लो तलामा थारु घर तथा विश्राम स्थल निर्माण गर्न रू ३० लाख छुट्याइएको सङ्ग्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेका छन् ।

    यो वर्ष मात्रै ३६ जना विदेशी पर्यटक सङ्ग्रहालय अवलोकनका लागि आएका चौधरीले जानकारी दिनुभयो । सातवटै प्रदेशका पर्यटक यहाँ आउने गरेका उहाँको भनाइ थियो । यस वर्ष एक लाख भन्दा धेरैले सङ्ग्रहालयको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।

    शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक तीन सयदेखि चार सयको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण नगरिकलाई रू ७०, विद्यार्थी तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रू ५० प्रवेश शुल्क लिने गरिएको छ ।

    “थारु पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको रू एक सय, सङ्ग्राहलय पछाडि रहेको जलाशयमा डुङगा चलाउन रू ५० तोकिएको छ”, उहाँले भन्नुभयो । पर्यटकीयस्थलको संरक्षण गर्नका लागि स्थानीय, प्रदेश र सङ्घ सरकार तथा पर्यटन बोर्डको पनि लगानी रहेको चौधरीले बताउनुभयो ।

    तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई रू एक सय दियो भने सङ्ग्रहालयसम्म पुग्न सकिन्छ ।

    पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारु सङ्ग्रहालयले सकारात्मक भूमिका खेलेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताउनुभयो । “संस्कृति हस्तान्तरण नहुँदा लोपहुँदै गएका छन् । यसलाई बचाउन सङ्ग्रहालयले सहयोग पुगेको छ,” उहाँले भन्नुभयो, “नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ सङ्कलन गरिएका छन् । हाम्रो पहिचान सुरक्षित हुनेछ ।”

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.