काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मल्टिडेमिनेस्नल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन माली (मिनुस्मा) मा तैनाथ रहेको श्री ईओडी गुल्म (शान्ति सेना) नवौं डफ्फा स्वदेश फर्किएको छ ।
Advertisement
सेनानी प्रज्वल थापाको नेतृत्वमा ५९ जना नेपाली शान्ति सैनिकहरू हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा सोमबार स्वदेश फिर्ता भएका हुन्।
संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिशनमा तैनाथ ईओडी गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरु मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भईसकेका छन्।
उक्त मिशनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरु निकट भविष्यमा स्वदेश फिर्ता हुने क्रममा रहेका जंगी अड्डाले जनाएको छ।