खुम रायमाझी, कुवेत ।
Advertisement
कुवेतका राजा अमिर शेख नवाफ अलअहमद अलजबर अलसबाहको निधन भएको छ ।
८६ वर्षीय अमिरको डिसेम्बर १६, २०२३ का दिन निधन भएको हो ।
कुवेतको रोयल फ्यामिली (अमिरी दिवान) ले राजा अमिरको निधनप्रति समवेदना व्यक्त गरेको छ ।
कुवेतका सबै टेलिभिजन च्यानलले नियमित कार्यक्रम स्थगन गरेका छन् । उनीहरूले कुरानको पाठ प्रसारण गरेका छन् ।
अमिर सेप्टेम्बर २९, २०२० देखि कुवेतको सोह्रौँ राजा बनेका थिए । उनका भाइ शेख सबाह अलअहमद अलजबर अलसबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि उनी राजगद्दीमा बसेका थिए ।
अब उनका भाइ ८३ वर्षीय शेख मेशाल अलअहमद अलजाबेरले शासन सम्हाल्ने कुवेत सरकारले घोषणा गरेको छ ।