काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार कम्पनी एनसेलको सेयर बिक्री रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ।
Advertisement
न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै मंसिर २५ गते दुवै पक्षलाई छलफलमा झिकाएको हो।
त्यतिन्जेल सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि नबढाउन पनि अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आजियाटाले गरेको एनसेलको ८० प्रतिशत सेयर बिक्री कानुन अनुसार नभएको भन्दै अधिवक्ता गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए।
एनसेलले पूर्वस्वीकृतिबिना सेयर खरिद बिक्री नगर्नु भनी पत्र लेख्दा लेख्दै पनि विपक्षीले सरकारलाई तिर्नु/बुझाउनुपर्ने कर पुँजीगत लाभकरसमेत छल्ने उद्देश्यबाट विदेशमा कम्पनी खोली सेयर बिक्री गरेको र उक्त कार्य गैरकानुनी रहेको भन्दै रोकायले उच्च अदालतमा रिट दायर गरेका थिए।