काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ रहेकी छन्।
श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।
पीडितहरुबाट पटकपटक गरी ६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाफलबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।